विश्वकप : पोर्चुगल अन्तिम १६ मा पुग्दा उरुग्वे दवावमा

काठमाडौं । पोर्चुगल विश्वकप फुटबलको प्रिक्वाटरफाइनल प्रवेश गरेको छ । बुर्नो फर्नान्डेजको दुई गोल सहयोगमा पूर्व च्याम्पियन उरुग्वेलाई हराउँदै पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । सोमबार राती सम्पन्न खेलमा दुवै टिमले उत्कृष्ट फुटबल खेले पनि नतिजा पोर्चुगलको पक्षमा आएको हो । ५४औं मिनेटमा बुर्नो फर्नान्डेजले गरेको क्रस उरुग्वेका गोलरक्षक सर्जियो रोचेटलाई छक्याउँदै गोल भएको हो ।

इन्जूरी समयमा पोर्चुगलले पेनाल्टी पायो । भिडियो असिस्टेन्ट रेफ्रीले उरुग्वेका जोसे जिमिनेजले बक्सभित्र ह्याण्ड गरेको भन्दै दिएको पेनाल्टीलाई बुर्नोले गोलमा परिणत गरे । हारसँगै दुई पटकको विश्वकप विजेता उरुग्वे भने दवावमा आएको छ । नकआउट चरण पुग्न उरुग्वेले समूहको अन्तिम खेलमा घानालाई हराउनै पर्नछ । उसले अर्को खेलमा पोर्चुगलबाट दक्षिण कोरियाको समेत हारको कामना गर्नु पर्नेछ ।