काठमाडौं । चीनको वुहानमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहानस्थित विमानस्थलमा पुगेको छ ।
१८५ जना नेपाली विद्यार्थीलाई बोकेर जहाज नेपाली समय अनुसार राती २:१५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।
वुहानमा चीनका विभिन्न शहरबाट नेपाली आएर विमानस्थलमा जुटेका थिए ।
त्यसमध्ये केही विद्यार्थीलाई ज्वरो आएका कारण चीनले उतै रोकेको छ ।
ज्वरो नआएका विद्यार्थीमात्र नेपाल आउन पाउने भएका छन ।
विमानस्थलमा उनीहरुको पहिलो चरणको स्वास्थ्य परीक्षण भइसकेको पछि नेपालीलाई नेपाल ल्याउन लागीएको छ ।
पहिलो चरणमा १८५ विद्यार्थी स्वस्थ्य परिक्षणमा सफल भएका छन् ।
नेपाल ल्याउन लागिएको मध्ये १४३ पुरुष छन ।
वुहान आसपासका सहरबाट विमानस्थल आएका हुन्।
चीनको चीङचउ, चीङमन, वनसी, शयान, यिथाङलगायत सहरबाट बसमा नेपालीहरु वुहान अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।
नेपाल आइसकेपछी उनीहरु दुई साता क्वारेन्टाइनमा बस्नु पर्छ ।