काठमाडौं । वैकल्पिक खेलाडी डोनयल मालेन चम्किएपछि नेदरल्याण्ड्स युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । उनले दुई गोल गरे । म्युनिखस्थित एलिएन्ज एरेनामा मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३–० हरायो । खेलको २०औं मिनेटमै गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । त्यसपछि मालेनले अन्तिम १० मिनेटमा दुई गोल गरे । उनले ८३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
मालेनले इन्जुरी टाइमको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । बेल्जियम,स्लोभािकयालाई युक्रेनलाई पछि पार्दै समूहमा समूह विजेता बन्दै नकआउट चरण पुगेको रोमानियाले त्यही प्रदर्शन दोहोर्याउन सकेन । नेदरल्याण्ड्सले अब सेमिफाइनल प्रवेशका लागि टर्कीसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।