शनिबारीय तस्वीर कथा, गाउँमा रोपाई-शहरमा पूजापाठ

बागलुङको जैमिनी नगरपालीका-९ पैयुथन्थापमा पर्ने रुम्टाफाँटमा रोपाइँका लागि गोरुले जोत्दै । पछिल्लो समयमा कृषिमा यान्त्रीकरण भएपछि हलगोरुको माध्यमवाट धान रोपाइँ गर्ने किसानहरु कम हुँदैछन् । तस्बिर \ तारानाथ आचार्य \रासस

३१ जेठ, काठमाडौं । मनसुन सुरु भएसँगै नेपालको ग्रामिण भेगमा धान रोपाई सुरु भएको छ । यता आज शनिबारको दिन शहरी इलाकामा भने मानिसहरु मन्दिरहरुमा पूजापाठमा व्यस्त छन् । यी र यस्तै तस्वीर समेटिएको शनिवारीय तस्वीर कथा यहाँ प्रस्तुत गरिएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटेपरी फत्तेपुरमा राप्ती नदीबाट उत्खनन् गरी भण्डारण गरिएको नदीजन्य पदार्थ । तस्बिर\ भेषराज बस्नेत /\रासस
अछामको रामारोशन गाउपालिका-२ का किसानहरु धान रोपाइँ गर्दै । यो वर्ष समयमै वर्षा हुदा अछामका किसानहरु खुशी भएका छन् । तस्बिर : सुशील भण्डारी / रासस
तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरस्थित चुनपहरा जोगाउन मर्स्याङ्दी नदी किरनारामा गरिएको तटबन्ध र हालै कालोपत्र गरिएको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा सडक । चुनपहरामा हिमाल आरोहण गर्नका निम्ति पहिलो चरणको प्रशिक्षण अन्तर्गतको चट्टान आरोहणको केन्द्र हो । तस्बिर : मिला दरै / रासस
भिरालो पाखामा गुजुमुज्ज परम्परागत ढुङ्गे घरहरु रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ को पाउद्वार गाउँ । पाउद्वार गाउँ खोपारा–खयर पदमार्गमा समेटिएको छ । तस्बिर : सन्तोष गौतम/ रासस
काठमाडौँको बुढानिलकण्ठस्थित बुढानिलकण्ठ मन्दिरमा शनिबार बिहान पूजाअर्चना गर्न आएका भक्तजन । तस्बिर: हरिराम भेटुवाल / रासस