शिशुलाई स्वीकार गर्न बाध्य पारिएको घटनाबारे बेलायतका प्रधानमन्त्रीद्वारा राज्यको तर्फबाट क्षमा याचना

Britain's Prime Minister Keir Starmer and Britain's Chancellor of the Exchequer Rachel Reeves listen as Britain's Defence Secretary Dan Jarvis speaks in Berkshire, west of London, on June 30, 2026, following the publication of long-delayed Defence Investment Plan (DIP). Outgoing Prime Minister Keir Starmer announced on June 30, his long-delayed plan for funding Britain's future defence needs, with increased money for drones and autonomous systems. (Photo by Stefan Rousseau / POOL / AFP)

लन्डन, १९ असार (रासस–एएफपी) । बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले अविवाहित आमाहरूबाट जन्मिएका अनुमानित एक लाख ८५ हजार शिशुहरूलाई जबरजस्ती धर्मपुत्र वा धर्मपुत्रीका रूपमा स्वीकार गराइएको घटनाको लागि औपचारिक रूपमा माफी मागेका छन् । उनले यसलाई ‘देशको इतिहासमा कलङ्क’ भनेका छन् ।


उनले यो घटना सन् १९४९ देखि १९७६ सम्म इङ्ल्यान्ड र वेल्समा स्थानीय निकाय, स्वयंसेवी तथा धार्मिक संस्था, स्वास्थ्य र सामाजिक सेवाहरूमा प्रणालीगत रूपमा गाँसिएको बताउँदै आमाबाट छुट्टिनुपरेका सन्तानसँग माफी मागेका हुन् । “जुन आमाहरूलाई अयोग्य ठानियो, जसलाई आफूले अत्यन्त चाहेका बच्चाहरूको हेरचाह गर्नबाट रोकियो र जसले यो क्षति दशकौँदेखि बोकेका छन्, उनीहरूप्रति हामी अत्यन्त दुःखी छौँ,” स्टार्मरले बेलायतको संसद्मा सम्बोधनको क्रममा भने ।


धर्मपुत्र वा धर्मपुत्री राख्न बाध्य पारिएका यी घटनाहरूमा धेरै किशोरी आमाहरूलाई सामाजिक, संस्थागत र पारिवारिक दबाब दिएर बच्चा त्याग्न बाध्य पारिएको थियो । उनीहरूलाई शिशुलाई धर्मपुत्र वा धर्मपुत्रीका रूपमा हस्तान्तरण गर्नु नै एकमात्र विकल्प हो भन्ने विश्वास दिलाइएको थियो ।

“लाज तपाईंको होइन। लाज कहिल्यै तपाईंको थिएन। लाज हाम्रो हो,” स्टार्मरले पीडितलाई सङ्केत गर्दै भने । प्रधानमन्त्रीले माफीको लागि अभियान चलाउने जीवित मानिसहरूको प्रशंसा गर्दै उनीहरूले ‘दर्दनाक अनुभवहरू साझा गर्न देखाएको असाधारण साहस र सत्यका लागि पटक–पटक लडेको’ बताए ।


“त्यागिएका सन्तान, हजारौँ आमा, बच्चा र परिवारसँग जे भयो, त्यो कहिल्यै नहुनुपथ्र्यो,” डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्रीको कार्यालयमा बाँचेकाहरूको समूहसँग भेटपछि उनले भने । उनले भने, “यो हाम्रो इतिहासमा कलङ्क हो। धेरै जवान, असहाय र सहयोगविहीन आमाहरूलाई जबरजस्ती, धम्की वा भ्रममा पारेर आफ्ना बच्चाहरू गुमाउन बाध्य पारियो ।”

“जवान आमाहरूलाई भनियो कि उनीहरूले अनैतिक काम गरे र उनीहरूको बच्चा उनीहरूबिना नै सुन्दर जीवन बाँच्न सक्छन् । तर यो उनीहरूमा जीवनभरको पीडा बन्यो र यसले ठूलो प्रभाव पार्‍ यो । उनले भने, “राज्यले आफूले उपलब्ध गराएको कोष र वैधानिकता दिएको प्रणालीको जिम्मेवारी लिन्छ, जसले यस्ता अभ्यासहरूलाई सम्भव बनायो । यो प्रणालीगत असफलताका लागि म साँच्चै माफी माग्छु ।”