श्रीलंकाले उघारिदियो बुर्का, मदरसा समेत बन्द हुने

Photo : telegraph.co.uk

कोलम्बो । नेपालको छिमेकी मुलुक श्रीलंकाले मुस्लिम महिलाले अनुहार र शरिर छोप्न लगाउने बुर्का हटाउने निर्णय गरेको छ । केही वर्ष पहिले श्रीलंकामा अनुहार छोप्ने प्रचलन नभए पनि अहिले धार्मिक अतिवाद बढेको निष्कर्षमा त्यहाँको सरकार पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । श्रीलंकाले १ हजार बढी मदरसालाई समेत बन्द गर्ने भएको हो । यसका लागि श्रीलंकाले सुरक्षालाई प्रमुख कारण भनेको छ ।

त्यहाँका सार्वजनिक सुरक्षा मन्त्री सारथ वीरासेकाराले बुर्कामा प्रतिबन्ध र मदरसा बन्द गर्ने प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको जानकारी गराए छन् । बुर्काले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारेको सरकारको निष्कर्ष छ । सन् २०१९ मा श्रीलंकामा भएको आतंकवादी हमलापछि बुर्कामा अस्थायी प्रतिबन्ध लागेको हो । मदरसा भने देशको शिक्षा नीति अनुसार नचलेको, दर्ता हुन नमानेको जस्तो आरोपमा बन्द गर्न लागिएको हो । श्रीलंकामा झन्डै ९ प्रतिशत जनसंख्या मुस्लिम रहेको तथ्यांक छ । एजेन्सी