काठमाडौं/गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान स्थित श्री सुन्ताखान माध्यमिक विधालयको वार्षिक उत्सव तथा अभिभावक दिवस काठमाडौं क्षेत्र ३ का सांसद माननीय कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
सोमबार सम्पन्न कार्यक्रमको सभापतित्व विधालय व्यवस्थापन समिति अध्यक्ष उद्दव बिष्टले गरेका थिए।
कार्यक्रममा गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे,
जिल्ला समन्वय समिति सदस्य उद्दव भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा नं ३ वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,पुर्व प्रधान अध्यापक ध्रुव प्रसाद भण्डारी, सहयोगी मा विका प्रधानाध्यापक निर्माण न्यौपाने,विद्यालयका प्रधानाध्यापक झलक प्रसाद खनाल,लगायत विधालयका संस्थापक,समाजसेवी,शिक्षा प्रेमी,सहयोगी संस्थाहरु,अभिभावक तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो।

वि.स.२००८ साल फागुन १० गते स्थापित विधालयको ६९औं वर्षको अवधिमा पहिलो पटक वार्षिकोत्सब तथा अभिभावक दिवस मनाइएको हो।वार्षिकोत्सको अवसरमा शैक्षिक तथा समग्र विद्यालयको गतिविधिमा पुर्व निर्धारित मापदण्ड अनुसार शैक्षिकसत्र २०७६ को उत्कृष्ट मध्ये उत्कृष्ट शिक्षक तथा कर्मचारी सम्मानले शिक्षक राजेन्द्र बिष्टलाई सम्मानित गरिएको थियो भने,पुर्व प्रधान अध्यापक ध्रुव प्रसाद भण्डारीलाई निजले विद्यालयको हीतमा गरेको अतुलनीय योगदानको सम्मान सहित सेवा निवृत्त भइ गएकोले ससम्मान विदाई गरेको थियो।गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको थियोे।
कार्यक्रममा बिष्टलाई गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे,जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्दब भण्डारी,विधालय व्यवस्थापन समितिका अध्यक्ष उद्दब बिष्टले संयुक्त रुपमा सम्मान गरेका थिए।कार्यक्रममा विधालयका भुतपुर्व प्रधानाध्यापक धुर्ब प्रसाद भण्डारीलाई समेत सम्मान गरिएको थियो।
विधालयको शैक्षिक तथा हाल सम्मको समग्र प्रगति प्रतिवेदन प्रधान अध्यापक झलक प्रसाद अधिकारीले प्रस्तुत गरेका थिए।कार्यक्रममा प्रमुख अतिथि माननीय राई तथा विषेश अतिथि उद्दव भण्डारीले विद्यालयको युवा नेतृत्वले पछिल्लो समयमा गरेको समग्र सुधार र प्रगतिको लागि बधाई दिंदै अझै प्रगति र उत्थानको शुभकामना दिएका थिए।
करिब ४०० जनाको संख्यामा अभिभावक ,अतिथिहरू,स्थानीय ब्यक्तिहरू साथै विधार्थिहरुको उपस्थितिले वार्षिक उत्सब कार्यक्रम भव्यताको साथ सम्पन्न गर्न पाएकोमा र निमन्त्रणा स्वीकार गरि बालबालिकाको हौसला बढाउन सहयोग गरेकोमा अध्यक्ष विष्टले सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा समेत सबैको साथ सहयोगको निरन्तरताको अपेक्षा रहेको उल्लेख गरेका थिए ।