संसदमा आज पनि विपक्षी दलको विरोध, भोलीसम्मका लागि स्थगित

प्रतिनिधिसभामा विपक्षी दलको अवरोध काठमाडौँ, १४ जेठ स‌ङ्घीय संसद भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०सहितका विपक्षी दलका सांसदहरु उभिएर अवरोध जनाउनुहुँदै । तस्बिरः किरणराज विष्ट\रासस

१४ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ः३० बजे बस्नेगरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयले सूचनामार्फत प्रतिनिधिसभाको बैठक बिहिबार दिनको १ः३० बजे बस्ने गरी तय भएको जनाएको छ । आज बिहान ११ः०० बजेका लागि तय भएको बैठक दुई घण्टा ढिला गरी १ः०० बजे सुरू भएको थियो । ‘भिजिट भिषा’ का विषयमा अनियमितता भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षीलगायत दलले विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो ।

निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले सूचना प्रकाशित गरी आजै पुनः ३ः३० बजे बस्ने जानकारी गराएको थियो । सभामुख देवराज घिमिरेले सहमतिका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । छलफलमा सहमति नजुटेपछि बैठक बिहीबारका लागि तय भएको हो । आजको बैठकमा सभामुखले विपक्षी दलका नेताहरुलाई बोल्न नदिएको र सत्ता पक्षका नेतालाई बोल्ने समय दिन नपाएको बताएपछि विपक्षीले आलोचना गरिरहेका छन् ।