सकियो मतदान, शान्तिपुर्ण वातावरण

२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदानको समय सम्पन्न भएको छ । प्रहरीका अनुसार देशभर सामान्य घटनाबाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । निर्वाचन आयोगले साझ ६:१५ बजे अध्यावधिक विवरण सार्वजनिक गर्ने भनेको छ । प्रारम्भिक तथ्यांक अनुसार देशभर ५५ प्रतिशत भन्दा माथी मत खसेको अनुमान छ । आज बिहान ७ बजेबाट मतदान सुरु भएकोमा ५ बजे मतदानको समय सकिएको हो ।