काठमाडौं । नेपालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई नेपालमा निम्ता गरेको छ ।
नेपालले आगामी चैतमा आयोजना गर्न लागेको सगरमाथा संवादका लागि उनीहरुलाई निम्तो दिएको हो ।
नेपालले पहिलोपटक ‘सगरमाथा संवाद’ आयोजना गर्दैछ ।
जलवायु परिवर्तनको असरबारे विश्वमञ्चलाई जानकारी गराउने उद्देश्यले सगरमाथा संवाद आयोजना गर्न लागिएको हो ।
परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले समाजिक सञ्जाल ट्वीटर मार्फत भारतीय र पाकिस्तानी प्रधानमन्त्रीलाई सगरमाथा संवादमा भाग लिन निम्तो पठाइएको जानकारी दिए ।
नेपालले १ सय ५० भन्दा बढी विदेशी पाहुनालाई सगरमाथा संवादमा भाग लिन निम्तो दिएको हो ।
विभिन्न देशका प्रमुख, व्यापारी र विज्ञहरुको सहभागितामा सगरमाथा संवाद आयोजना हुनेछ ।
आगामी अप्रिल २ र ४ तारिखमा सगरमाथा संवाद कार्यक्रम राखिएको छ । जलवायु परिवर्तनका कारण सबैभन्दा पिडित हिमाल भएका मुलुक बनिरहेका छन् ।