काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र१–०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।
उनका अनुसार मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् । गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।