काठमाडौं । सरकारले नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंगलबार दिउँसो ३ गते संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संविधान र कानूनको व्यवस्थाबमोजिम आगामी मंगलबार दिउँसो ३ बजे बस्ने संघीय संसद्को बैठकमा राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने जानकारी दिइन् ।
सरकारको नीति तथा कार्यक्रम १ जेठमा आउने
