काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा जारी आन्दोलनबारे कानुन व्यवसायीसङ्ग छलफल गर्ने भएका छन् । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई प्रधानमन्त्रीले शुक्रबार बालुवाटार बोलाएका हुन् ।
शुक्रबार बिहान साढे १० बजेका लागि प्रधानमन्त्री देउवाले कानुन व्यवसायीसङ्ग छलफल गर्नेछन् । दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री देउवालाई प्रधानन्यायाधीश जबरालाई पदमुक्त गर्न भूमिका खेल्न आग्रह गर्ने तयारी गरेका छन् ।
बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई गत सोमबार बुझाएको धारणापत्र प्रधानमन्त्रीलाई पनि बुझाउने भएको छ ।