काठमाडौं । दक्षिण कोरियालाई सानदार गोल अन्तरमा हराएको ब्राजिल फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । उसले गत राती कोरियालाई ४–१ गोलअन्तरले हरायो पहिलो हाफमा नै ४ गोलको अग्रता बनाएको ब्राजिलले त्यसपछि भने गोल थप्न सकेन । खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गरी टिमलाई अग्रता दिलाए , त्यसको केही समयपछि नेइमारले पेनाल्टीमा गोल गरी अग्रता दोब्बर बनाए ।
२९औं मिनेटमा एभर्टन स्ट्राइकर रिचार्लिसनले गोल गरे । ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे । दोस्रो हाफमा कोरियाले एक गोल फर्कायो । ७६औं मिनेटमा कोरियाका सब्स्टिच्युड खेलाडी पायक सुंग होले बक्स बाहिरबाट शानदार गोल गरे । ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्नुपर्नेछ ।