काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार शोक सन्देश जारी गर्दै भारतका जनप्रिय र दूरदर्शी नेताका रूपमा डा सिंहले पुर्याएको योगदानको स्मरण गरेका छन् ।
उनले भनेका छन्, “डा. सिंह भारतका दूरदर्शी नेताका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको निधनले भारतले एक असल मार्गदर्शक गुमाएको छ।” राष्ट्रपति पौडेलले भारत सरकार, भारतीय जनसमुदाय तथा शोकाकुल परिवारजनप्रति आफ्नो गहिरो समवेदना व्यक्त गरेका छन् । नेपाल र भारतबिचको मैत्री सम्बन्धलाई थप बलियो बनाउन डा। सिंहले खेलेको भूमिकाको चर्चा गर्दै राष्ट्रपति पौडेलले उनको योगदान चिरकालसम्म स्मरणीय रहने बताए ।