सिजनको पहिलो टिम पुग्यो सगरमाथा चुचुरो, कामीरिताले चढे २५ औं पटक

file

काठमाडौं । जारी आरोहण सिजनको पहिलोटोली सगरमाथाको चुचुरोमा पुगेको छ । यो सगरमाथाको आरोहणमार्गमा डोरी टाँग्ने शेर्पा विशेषज्ञहरुको टोली हो । पर्यटन विभागका अनुसार वसन्त ऋतुका लागि अब सगरमाथा आरोहणको ढोका खुलेको छ । सेभेन समिट ट्रेक कम्पनीले उल्लेख गरे अनुसार शुक्रबार साँझ ६ बजे एक दर्जन आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ ।

यो टोलीमा कीर्तिमानी आरोही कामिरिता शेर्पा रहेका छन् । उनले यो अभियानको नेतृत्व गरेका थिए । उनी २५ औं पटक चुचुरोमा पुग्न सफल भएका हुन् । सन् १९९४ मा पहिलो पटक सगरमाथाको चुचुरो टेकेका उनी त्यसपछि लगातार सगरमाथा पुगिरहेका छन् । अब मौसम सफा भएमा धमाधम आरोही चुचुरोतर्फ लाग्नेछन् ।