सिन्धुपाल्चोकमा खुकुरी प्रहारबाट दुई जनाको हत्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । राससका अनुसार आइतबार बेलुका चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरेको अवस्थामा स्थानीय ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङमाथि खुकुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले घटनाको पुष्टी गरेको छ । हत्याका आरोपी विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी गराएका छन् । घटनाको थप अनुसन्धान भइरहेको समेत उनले बताएका छन् ।