सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटनामा चालकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटनामा परि चालकको मृत्यु भएको छ । जिल्लाको बलेफी – ४ मा जन्ती बोकेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा आठ जना घाइते भएको प्रहरीले जनाएको छ । बा २ ख ५६१४ नम्बरको बस दुर्घटना शनिबार राति नौ बजे दुर्घटनामा परेको थियो । चालक बलेफ(६ का राजु तामाङको मृत्यु भएको छ ।घाइतेको खाडीचौर र धुलिखेल अस्पतालमा उपचार जारी छ । बलेफी – ५ का सन्तोष भूजेलको बिहेको जन्ती लिएर बस काभ्रेको भुम्लु जाँदै गर्दा दुर्घटनामा परेको हो ।