मिर्चैया । सिरहामा गोली प्रहारबाट एक औषधि व्यवसायी घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ४ मा अज्ञात समूहले शनिबार बेलुकी गोली चलाएको हो ।
घटनामा मेडिकल सञ्चालक अन्दाजी ४२ वर्षिय सामसागर साफी घाइते छन् । साफीमाथि दुइटा गोली लागेको प्रहरीले जनाएको छ । उनको बायाँ तीघ्रा र बायाँ हातमा गोली लागेको छ । साफीको मंगलम् अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको समेत प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको छ ।