काठमाडौं । सुडानमा सेनाको एक जहाज दुर्घटनामा परेको छ । दूर्घटनामा कम्तिमा १८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । पश्चिमी डार्फुर राज्यमा जहाज दुर्घटनामा परेको थियो ।
चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको र त्यसमा तीन जना न्यायाधिस समेत रहेका थिए ।
प्रान्तीय राजधानी एल जेनिनाको एयरपोर्टबाट उडेको पाँच मिनेटमै जहाज दुर्घटना भएको समाचारमा जनाइएको छ ।
जातीय समूहहरू बीच झडपप्रति संकटमा रहेका क्षेत्रमा राहत सहयोग पुर्याउन यो जहाज प्रयोगमा आइरहेको थियो ।
समाचार अनुसार ज्यान गुमाउनेमा सात चालक दलका सदस्य, तीन न्यायाधीश र आठ सर्वसाधारण नागरिक छन् । त्यसमध्ये चार जना बालबालिका हुन् ।
एजेन्सी