काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल नयाँपाटीमा टिपले किचेर दुई बालिकाको मृत्यु भएपछि सो क्षेत्र दिनभर असान्त बनेको छ । स्थानीयले प्रशासनको वेवास्ता र टिपर चामलको लापरवाहीको विरोधमा दिनभर जसो विरोध गरिरहे । बुधबार बिहान दिदीबहिनी सृष्टि र श्रेया घिसिङलाई बुबासँगै विद्यालय जाने क्रममा टिपरले किचेको थियो । स्थानीयका अनुसार टिपरले ब्याक गरेर बाइकमा सवार उनीहरुलाई किचेको हो ।
सृष्टि नौ वर्षकी थिइन् । उनी वल्र्ड युथ इन्टरनेशनल स्कूलमा कक्षा तीनमा पढ्थिन् भने चार वर्षकी श्रेया एलकेजीमा पढ्ने विद्यार्थी हुन् । छोरीहरुलाई स्कुल पु¥याउन हिँडेका उनीहरुका बुबा रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा गम्भीर अवस्थामा उपचार जारी छ । यउो घटनापछि टिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ । बा ४ ख ६९६८ नम्बरको टिपरको ठक्करबाट स्कुल जाने बेला बालिकाको ज्यान गएपछि स्थानीय निकै आक्रोशित बनेका हुन्
।