काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई सहजै हराएको छ । सोमबार राति सम्पन्न खेलमा मुम्बइले हैदराबादलाई ७ विकेटले हराएको हो । १७४ रनको लक्ष्य मुम्बइले सूर्यकुमार यादवको शतक मद्दतमा १७.२ ओभरमा तीन विकेट मात्र गुमाएर पूरा गर्यो । सूर्यकुमार ५१ बलमा १२ चौका र ६ छक्कासहित १०२ रनमा अविजित रहे । तिलक बर्माले ३७ रन बनाए । ओपनर इशन किसन र रोहित शर्मालाई भने मुम्बइले सस्तैमा गुमाएको थियो । इशन किशन ९ र रोहित ४ रनमै आउट भएका थिए । हैदराबादका भुवनेश्वर कुमार, मार्को जानसेन र प्याट कमिन्सले एक–एक विकेट लिए ।
त्यसअघि मुइईमा ब्याटिङ गरेको हैदराबादले ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८, प्याट कमिन्सले ३५, नितिश रेड्डीले २० रन जोडे । अन्य ब्याट्सम्यान चल्न सकेनन् । मुम्बइका हार्दिक पन्ड्या र पियुस चावलाले तीनरतीन, अंशुल कम्बोज र जस्पृत बुम्राहले एक–एक विकेट लिए । यो जितसँगै मुम्बइ ८ अंकका साथ अंकतालिकाको नवौं स्थानमा छ भने पराजित भएको हैदराबाद १२ अंकका साथ चौथो स्थानमा छ ।