सेनाले चीनबाट जहाजमा ल्यायो स्वास्थ्य सामग्री

काठमाडौं । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री आज काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सको जहाजले १८.८४ टन सामान मंगलबार बिहान काठमाडौं ल्याएको हो । पिपिई, एन ९५ मास्क तथा टेस्ट किटहरु यस पटक ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले सामान ग्वाङ्जाओबाट नेपाल ल्याइएको हो । सेनाले यसअघि स्थलमार्गबाट शनिबार १० कन्टेनर सामान ल्याइसकेको थियो ।

ग्वाङजाओको विमानस्थल व्यस्त भएपछि ती सामान स्थलमार्गबाट भित्र्याइएको बताइएको थियो । कन्टेरनबाट ८ टन सामान ल्याइएको छ । सेनाले कोरोना भाइरस महामारीसँग जुध्न आवश्यक सामान खरिद गर्न चीनसँग १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलरको सम्झौता गरेको छ ।