संखुवासभा । संखुवासभामा सेफ्टी ट्याङ्की भत्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहामा सेप्टि ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको राससले लेखेको छ । दुर्घटनामा सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको ज्यान गएको छ ।
गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न जिल्ला अस्पताल सङ्खुवासभा लगिएकोको थियो । उनीहरुको आइतबार बेलुकी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि स्थानीयले उद्धार गरी सदरमुकाम लगेका थिए ।