स्याङ्जा । शनिबार स्याङ्जामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीलाई उदृत गर्दै राससले जनाए अनुसार शनिबार ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जिप दुर्घटनामा परेको हो ।
बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नंको जिप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा बिरुवा–३ खालीका २६ वर्षीय बेलबहादुर थापा (चालक) र सोही ठाउँ बस्ने ३२ वर्षीय भेषबहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । जिप सडकबाट झन्डै ५०० मिटर तल खसेको छ। घटनास्थलबाट प्रहरीले शव उठाई परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको छ ।