काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोल नेकपा एमालेको उपमेयरमा लड्ने भएकी छिन् । उनलाई पार्टीले उपमेयरको टिकट दिएको हो । एमाले सचिवालयको शनिबार बसेको बैठकले महानगर र उपमहानगरको उम्मेदवारहरु टुंगो लगाएको छ ।
जसअनुसार काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाइएको छ । डंगोल पूर्व मिस नेवाः हुन् । उनले मेयरमा उम्मेदवारी दिने घोषणा गर्दै घोषणा पत्र समेत सार्वजनिक गरेकी थिइन् । तर, एमालेले उमेदवार बनाएपछि अब उनका लागि पार्टी नै होमिने छ । उनी युवा उमेदवार हुन् ।