काठमाडौं । सबैभन्दा धेरै विश्वकप उचाल्ने टीम ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको छ । स्वीट्जरल्याण्डविरुद्ध कठिन जित निकाल्दै ब्राजिलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । कासेमिरोको निर्णायक गोल मद्दतमा स्वीट्जरल्याण्डलाई ब्राजिलले १–० गोलले हरायो । पहिलो खेलमा सर्वियालाई २–० ले पराजित गरेको ब्राजिल लगातार दुई जितपछि समूह जी बाट नकआउट चरणमा प्रवेश गरेको हो ।
समूहमा उसले अझै एक खेल खेल्न बाँकी छ । ब्राजिलले अब समूहको अन्तिम खेल क्यामरुनसँग खेल्नेछ । सोमबारै भएको खेलमा क्यामरुन र सर्वियाले ३–३ को बराबरी खेल्दै अंक बाँडेका थिए । पहिलो खेलमा क्यामरुनलाई हराएको स्वीट्जरल्याण्डले भने अन्तिम १६ मा पुग्न समूहको अन्तिम खेल पर्खनुपर्छ । स्वीट्जरल्याण्डले समूहको अन्तिम खेल सर्वियासँग खेल्दैछ ।