हुम्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झर्यो, जनजीवन कष्टकर

हुम्ला । शुम्लामा हिमपातका कारण तापक्रम झर्ने क्रम जारी छ । यहाँ शुक्रबार बेलुकादेखि लगातार हिमपात जारी छ । हुम्ला सदरमुकाम सिमकोट हिउँमा पुरिएको छ । यहाँ एक फिट जमेको हिउँका कारण स्थानीयलाई घरबाट बाहिर निस्कन समस्या भएको राससले लेखेको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेको छ । जाडो अत्यधिक भएपछि मानिसहरुलाई सास्ती बढेको हो ।

हिमपातका कारण नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी गराएका छन् । जिल्लामा यस वर्षकै ठूलो हिमपात भएको छ । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेको खबर छ ।