काठमाडौं । नेपालमा हुस्सु र कुहिरोका कारण हवाई उडान दैनिक जसो प्रभावित बनेको छ । शुक्रबार पनि पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु–कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसले त्रिभुवन विमानस्थलसहित देशका विभिन्न स्थानमा विमानस्थलहरुमा भिजिविलिटी कम हुन पुगेको छ ।
देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेकाले चिसो बढिरहेको छ। आज काठमाडौं उत्यकाको तापक्रम ५.२ डिग्री सेल्सियसमा झरेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।