हेटौंडामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

हेटौंडा । हेटौंडामा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार हेटौँडा नारायणगढ सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरमा शनिबार दिउँसो यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा लमजुङ सुन्दरबजार नगरपालिका–८ बस्ने ३२ वर्षीय हरि गौलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटना गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका ८ जनाको चुरेहिल अस्पतालमा उपचार जारी छ । बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको बताइएको छ ।