२०५ जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार२४ घण्टामा तीन हजार ९० जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षा गर्दा २०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार १९९ जनाको आरटी पीसीआर परीक्षण गर्दा १५२ जनामा र एक हजार ८९१ जनाको एन्टिजेन परीक्षण गदाए ५३ जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ५१ जना सङ्क्रमणमुक्त भएका छन् । सोही समयमा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यसैगरी, २४ घण्टामा एक लाख ८२ हजार ९८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मुलुकमा हाल एक हजार ३८५ जना सक्रिय सङ्क्रमित छन् ।