काठमाडौं । सरकारले नेपालमा बालबालिकालाई लक्षित गरी ४ पुसबाट कोरोनाविरुद्धको खोप वितरण थाल्ने भएको छ । पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान चलाउने तयारी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यसको तयारी समेत पुरा भएको छ । नेपालमा १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिका खोप लगाउन योग्य अवस्थामा छन् । पहिलो चरणमा १७ लाख बालबालिकालाई लगाउने भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो चरणमा अमेरिकी कम्पनीद्वारा निर्मित मोडर्ना खोप बालबालिकालाई दिइने छ । यस पटक विद्यालयहरुमै खोप केन्द्र सञ्चालन गरिने छ । तीन चरणमा गरी ३५ लाखभन्दा बढी खोप आइसकेको छ । सोही मोडर्ना खोप १७ लाख बालबालिकामा लगाइने छ । पहिलो चरणमा हिमाल र पहाडका ५७ जिल्लामा मोडर्ना खोप लगाउन लागिएको हो । यसअघि अमेरिकी खोप फाइजर आउँदा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो ।