काठमाडौं । एक महानगरपालिकासहित देशभर ६८३ स्थानयि तहको नतिजा सार्वजनिक भएको छ । शनिबार बिहानसम्म मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ६८३ स्थानको परिणाम सार्वजनिक भएको छ । वैशाख ३० मा ७५३ स्थानीय तहमा एकै पटक स्थानीय तहको निर्वाचन भएको हो । परिणामअनुसार ३०४ स्थान जितेर कांग्रेस पहिलो स्थानमा छ । दोस्रोमा रहेको एमालेले १८६, माओवादी केन्द्रले ११६ पालिका प्रमुख जितेको छ । जनता समाजवादी पार्टीले २३, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको छ ।
राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतले २७ स्थानमा जितेका छन् । मतगणनामा प्रमुखतर्फ कांग्रेस १९, एमाले १७, माओवादी ७, जसपा ११, एकीकृत समाजवादी २, लोसपा ६ र अन्य दलले ५ स्थानमा अग्रता लिएको आंकडा छ । उपप्रमुखतर्फ कांग्रेस २७९, एमाले २१२, माओवादी १२०, जसपा २५, एकीकृत समाजवादी २१, लोसपा ९ र अन्यले १७ पालिकामा जितेका छन् । काठमाडौं, भरतपुर, पोखरासहित ५ महानगर र ६५ गाउँपालिकाको परिणाम बाँकी छ ।