अमेरिकामा रहेका नेपाली विद्यार्थीको समस्या : अर्को महिनादेखि घरभाडा तिर्नै गाह्रो

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका कोरोना भाइसरको संक्रमणले यतिबेला अमेरिका ठप्प छ । दिन दुगुना रात चौगुना फैलदो संक्रमणले सम्पूर्ण अमेरिकाबासीको दैनिकी अस्तब्यस्त बनेको छ । महिना दिन भन्दा बढी घर भित्रै थुनिएर बस्नुपर्दा यहा रहेको नेपाली समुदायमा निकै छटपटि र अत्यास बढिरहेको छ । अझ अध्ययनका लागि अमेरिका आएका नेपाली विद्यार्थीहरुले भने बढी मार खेपिरहेका छन्… Continue reading अमेरिकामा रहेका नेपाली विद्यार्थीको समस्या : अर्को महिनादेखि घरभाडा तिर्नै गाह्रो

शेर्पा किदुगले बुधबार निशुल्क तरकारी र फलफुल बाँड्ने

न्यूयोर्क/अमेरिका शेर्पा किदुगले बुधबार निशुल्क तरकारी र फलफुल बाँड्ने भएको छ । ज्याक्सन हाइट वरपर बस्ने नेपाली समुदायलाई केन्द्रित गरी किदुगको भवनमा बुधबार १:३० देखि ३ बजेसम्म सागसब्जी र फलफुल बितरण गरिनेछ । किदुगले ग्रो एनवाइसीसंग मिलेर खानेकुरा वितरण गर्न लागेको हो । किदुगले पहिलो पटक गर्न लागेको यस बितरण कार्यक्रमका लागि न्यूयोर्क सिटी डिस्ट्रिक… Continue reading शेर्पा किदुगले बुधबार निशुल्क तरकारी र फलफुल बाँड्ने

‘अस्पतालबाट चाँडै घर फर्कनुस् है आमा’

कल्पना घिमिरे ‘आज तीन दिन भैसक्यो आमासंग गफगर्न नपाएको, कति फोन गरेँ घण्टी गइरहन्छ आमाको फोन उठ्दै उठ्दैन’ अस्पताल पुगेको २ दिन सम्म त आमाले फोन उठाउनुहुन्थ्यो । अब त फोन उठ्न पनि छोड्यो’ उषा दिदीको छटपटि झन् झन् बढ्दै थियो ‘मैले अस्पताल पुर्याएर ठूलो गल्ती गरें, बरु घरमै राखेर स्याहार गरेको भए आमालाई छिटो… Continue reading ‘अस्पतालबाट चाँडै घर फर्कनुस् है आमा’

क्वारेन्टाइनका लागि निशुल्क होटलको ब्यवस्था

न्यूयोर्क/अमेरिका कोभिड १९ को बिरामी भएर अस्पताल भर्ना भएका बिरामीलाई क्वारेन्टाइनको ब्यवस्था गरिएको छ । न्युयोर्कमा कोरोना भाईरसका कारण क्वारान्टाईनमा बस्नु पर्ने भएमा निशुल्क होटल ब्यवस्था गरिएको छ । अधिकारले आज एक सुचना जारी गरी क्वारेन्टाइनमा बस्नु पर्ने बिरामीका लागि होटलको नाम र ठेगाना सार्वजनिक गरेको छ । कोभिड १९ पोजेटिभ देखिएपछि परिवारका सदस्यबाट अलग्गै… Continue reading क्वारेन्टाइनका लागि निशुल्क होटलको ब्यवस्था

काेराेना: पोजेटिभ सोचौं, आत्मबल उच्च राखौं

कल्पना घिमिरे छिनछिनमा ‘न्यूजब्रेक एप’ हेर्यो, खुइया श्वास तान्यो । अम्मम ! अमेरिकामा आजमात्रै १ हजार २ सय ३२ ले ज्यान गुमाए ? संक्रमण कहिले रोकिएला ? कोठाभित्रै थुनिएर बढ्दो मृत्युको तथ्याङ्क हेरेरै दिन बितिरहेको छ । कोरोना भाइरस अमेरिका भित्रिएको महिना दिन भन्दा बढी भयो । आज ‘कन्ट्रोल’ होला कि, भोली पो होला कि… Continue reading काेराेना: पोजेटिभ सोचौं, आत्मबल उच्च राखौं

अब आँफैले आँफैलाई ‘लकडाउन’ गरौं

कल्पना घिमिरे महिना दिन भयो । दिमाग पुरै कोरोनाले कब्जा गरेको छ । खाना खाँदा, सुत्दा, उठ्दा, साथीभाइसंग फोनमा कुराकानी गर्दा, टीभी हेर्दा जे सुकै गर्दा होस अन्य विषयले मेरो मन मष्तिस्कलाई आकर्षित गर्न सकेन । मोवाइल समात्यो संक्रमित र मृत्यु हुनेको तथ्याङ्क हेर्यो, दिन दुगुना रात चौगुना बढेको बढ्यै छ । छटपटि त्यो भन्दा… Continue reading अब आँफैले आँफैलाई ‘लकडाउन’ गरौं

अस्पतालबाट डिस्चार्ज भए मोक्तान

न्युयोर्क /अमेरिका कोरोना भाइरस संक्रमणका कारण अस्पताल भर्ना भएका भिडियोग्राफर शम्भु मोक्तानको स्वास्थ्यमा सुधार देखिएपछि आईतबार बिहानअस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोनाको संक्रमणको लक्षण देखिएपछि उनी झण्डै एक साता अघि ज्याक्सन हाईटस्थित एल्मर्स्टअस्पताल भर्ना भएका थिए । उपचारपछि आफु कोरोनाभाईरस जोखिम मुक्त भएको उनले बताएका छन् । मोक्तानले शनिवार साँझ फेसबुक स्टाटस लेख्दै आफु जोखिम मुक्त भएको बताएका… Continue reading अस्पतालबाट डिस्चार्ज भए मोक्तान

कोरोना भाइरसका कारण अमेरिकामा २३७ को मृत्यु, न्यूयोर्कमा मात्रै ४२ को मृत्यु, ८३१० संक्रमित

कल्पना घिमिरे न्युयोर्क/अमेरिका यो समाचार तयार पार्दै गर्दा अमेरिकामा कोभिड १९ (कोरोनाभाइरस)बाट १८ हजार ८ सय ३९ संक्रमित भएका छन् । आज मात्रै ४ हजार ४ सय ८८ संक्रमित भएका हुन् । जसमध्ये २ सय ३७ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमण देखिएका १ सय २५ जना उपचार पछि घर फर्किएका छन् ।… Continue reading कोरोना भाइरसका कारण अमेरिकामा २३७ को मृत्यु, न्यूयोर्कमा मात्रै ४२ को मृत्यु, ८३१० संक्रमित

एकल महिला समुहले क्वारेन्टाइनका लागि भवन उपलब्ध गराउने

काठमाडौं मानव अधिकारको लागि महिला एकल महिला समूहले आवश्यक परेमा सरकारलाई छहारी भवन उपलब्ध गराउने भएको छ । एकल महिला समूहका संस्थापक अध्यक्ष लिली थापा र अध्यक्ष कुन्दा शर्माले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी क्वारेन्टाइन सेवाका लागि एकल महिला समुहको छहारी भवन उaपलब्ध गराउने जानकारी दिएका हुन् । रक्षामन्त्री पोख्रेल कोभिड–१९ संक्रमण, रोकथाम तथा… Continue reading एकल महिला समुहले क्वारेन्टाइनका लागि भवन उपलब्ध गराउने

कोरानाको कारण नेजाको अबिधेशन स्थगित

न्यूयोर्क/अमेरिका आगामी मे महिनामा न्यूयोर्कमा हुन लागेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौँ अधिवेशन तथा १४ औं बार्षिक साधारण सभा केही समयका लागि स्थगित गरिएको छ । पछिल्लो समय अमेरिकामा फैलिएको कोरोनो भाइरसका कारण दैनिक जनजीबन नै अस्तब्यस्त बन्न थालेपछि यस्तो अवस्थामा अधिवेशन गर्न नसकिने निर्णय गर्दै केही समयलाई स्थगित गरिएको हो । नेजाको… Continue reading कोरानाको कारण नेजाको अबिधेशन स्थगित

‘सम्भोग सिरम’ पद्धती लागु गरे कोरोना निको हुन्छ : डा. अर्टुरो

न्युयोर्क/अमेरिका कोरोना भाईरसको प्रकोपले संसारभर त्रास फैलाईरहँदा अमेरिकाको बाल्टिमोर स्थित जोन हप्किन्स युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले कोरोनाको उपचारमा नयाँ आशा ब्यक्त गरेका छन् । विश्वभर ५ हजार ८ सय ८८ को ज्यान लिइसकेको र ८० हजार मानिस मृत्युसँग पौठाजोरी खेल्न वाध्य पारेको कोरोना संक्रमणको उपचारमा सताप्दी पहिला प्रयोग गरिएको उपचार बिधी अपनाउदा बिरामीलाई बचाउन सकिने बिचार ब्यक्त… Continue reading ‘सम्भोग सिरम’ पद्धती लागु गरे कोरोना निको हुन्छ : डा. अर्टुरो

२१४७औं झिवा ल्होछार मनाइयो

न्युयोर्क/अमेरिका अमेरिकामा बसोबास गरिरहेका तोक्पेगोला (ढोक्प्या) समुदायले न्युयोर्कस्थित क्विन्स प्यालेसमा २१४७ औं झिवा ल्होछार मनाएका छन् । तोक्पेगोला समाज सेवा समिति काठमाडौंको प्रवास शाखा ढोक्प्या किदुक उत्तर अमेरिकाको आयोजनामा झिवा ल्होसार मनाइएको हो । ढोक्प्या किदुक उत्तर अमेरिका न्युयोर्कका अध्यक्ष गोवा ढोक्प्याको अध्यक्षतामा गत साता ‘भाषा, धर्म र संस्कृतिको संरक्षण गरौं, आफनो पहिचान कायम राखौ’… Continue reading २१४७औं झिवा ल्होछार मनाइयो

न्यूयोर्कमा वालुङ समुदायको लोसार

न्यूयोर्क/अमेरिका वालुङ समुदाय युएसएले न्यूयोर्कमा ल्होसार मनाएको छ । गत साता आयोजना गरेको कार्यक्रममा बिभिन्न समुदायका ब्यक्तिहरुको उपस्थिति थियो । टिबेट र नेपालको सिमानामा बसोबास गर्नेहरु नै वालुङ समुदाय हो । नेपालको ताप्लेजुङको वालुङ गाउँपालिकामा वालुङ समुदायका मानिसका बसोबास गर्ने गर्छन् । वालुङमा नेपालकै दोश्रो ठूलो गुम्बाको रुपमा रहेको ऐतिहासिक गुम्बा डिकी छ्योलिङ गुम्बा छ… Continue reading न्यूयोर्कमा वालुङ समुदायको लोसार

प्रवासी नेपाली एकता मञ्चको सदस्यता सबै नेपालीले लिन पाउने

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका प्रवासी नेपाली एकता मञ्चले अमेरिकामा बसोबास गरिरहेका सबै नेपालीले आफ्नो संस्थाको सदस्यता लिन पाउने जनाएको छ । यो संस्था कुनै पनि पार्टीको भातृ संगठन नभएकाले अमेरिकी नेपाली समाजका सबैले यसमा सहभागी हुन पाउने बताइएको हो । ११ महिना अघि अमेरिकी कानुन अनुसार दर्ता गरिएको सामाजिक संस्था भएकाले बिना कुनै पुर्वाग्रह संस्थाको सदस्यता… Continue reading प्रवासी नेपाली एकता मञ्चको सदस्यता सबै नेपालीले लिन पाउने

सेन्ससमा सबैलाई सहभागी हुन अधिकारको आग्रह

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका नेपाली समुदायको हकहितमा कार्यरत सामाजिक संस्था अधिकारले ११० औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । अधिकारले आफ्नो १५ औं बार्षिकोत्सबका अवसरमा शनिबार ज्याक्सन हाइटस्थित पी एस ६९ स्कुलमा नेपाली समुदायको बाक्लो उपस्थितिका बिच नारी दिवस मनाएको हो । ‘सबैको सरोकार, सबै समान’ भन्ने नाराका साथ मनाइएको दिवसमा यसपाली अमेरिकी जनगणना(सेन्सस २०२०)मा सबैलाई… Continue reading सेन्ससमा सबैलाई सहभागी हुन अधिकारको आग्रह

पत्रकारहरुलाई सदस्यता नबीकरण गर्न नेजाको आह्वान

न्यूयोर्क/अमेरिका उत्तर अमेरिकामा बसोबास गरिरहेका सम्पूर्ण पत्रकारहरुलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ । अधिवेशनमा सक्रिय र अर्थपूर्ण सहभागीता बढाउनका लागि सदस्यता दर्ता र नबीकरणको कामलाई तिब्र पारिएको नेजाले जनाएको छ । नेजाले गत फेब्रुअरी २० मा आफ्नो वेवसाइट मार्फत सुजना सार्बजनिक गर्दै सदस्यता दर्ता र नबीकरण गरिदिनुहुन अनुरोध गरेको… Continue reading पत्रकारहरुलाई सदस्यता नबीकरण गर्न नेजाको आह्वान

नेजाको अधिवेशनबारे न्यूयोर्कमा समुदायसंग छलफल

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आगामी मे महिनामा हुने सातौं अधिवेशनका सन्दर्भमा न्यूयोर्कस्थित नेपाली समुदायसंग छलफल गरेको छ । ज्याक्सन हाइटमा आइतबार आयोजना गरिएको समुदायसंगको अन्तरक्रियामा आगामी अधिबेशनलाई सफल रुपमा सम्पन्न गर्नका लागि समुदायको के कस्तो सहयोग हुनेछ ? भन्ने विषयमा बिस्तृत छलफल गरिएको थियो । हरेक २/२ वर्षमा हुने नेजाको अधिवेशन… Continue reading नेजाको अधिवेशनबारे न्यूयोर्कमा समुदायसंग छलफल

आइतबार न्यूयोर्कमा नेजाको सामुदायिक भेला

न्यूयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आउँदो आइतवार फेबु्रअरी २३ गतेका दिन न्यूयोर्कमा सामुदायिक भेला गर्ने भएको छ । न्यूयोर्कमा आउँदो मे २ र ३ मा हुने नेजाको सातौं अधिवेशनलाई केन्द्रीत गरी सामुदायिक भेला गर्न लागिएको हो । पत्रकार र नेपाली समुदायका क्रियाशिल संघ संगठनका प्रतिनिधिहरुका बीचमा गरिने अन्तरक्रियामा न्यूयोर्क र आसपासमा रहेको नेपाली… Continue reading आइतबार न्यूयोर्कमा नेजाको सामुदायिक भेला

प्रथम शहीद लखन थापाको सम्झना

न्यूयोर्क/अमेरिका अमेरिकाको न्यूयोर्कमा नेपालको पहिलो शहीद ‘लखन थापामगर’ को १४३ औं स्मृती दिवस मनाइएको छ । नेपाल आदिवासी जनाजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा आइतबार प्रजातन्त्रका सेनानी लखन थापाको योगदान र त्यागलाई सम्झँदै उनको तस्बीरमा पुष्प गुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा नेपाली महाबाणिज्य दूतावासका बाणिज्यदूत गणेश अधिकारीले राष्ट्रका बिभुतिलाई सम्झदा बिदेशमा भएका नेपालीले एकजुट… Continue reading प्रथम शहीद लखन थापाको सम्झना

नेम्बाङको स्मृतिमा श्रष्टालाई सम्मान

न्यूर्योक/अमेरिका – अमर नेम्बाङ लिम्बू स्मृति ट्रष्टद्वारा दुई श्रष्टालाई साहित्य पुरस्कारबाट आइतबार सम्मान गरिएको छ । पाँचथरको फागुनन्द गाउँपालिकाका पूर्व अध्यक्ष नेम्वाङको वार्षिक स्मृतिका अवसरमा पाँचथरका साहित्यकार डा.देवी क्षेत्री दुलाल र झापाका कवि तथा समालोचक मुनाराज शर्मालाई नगद एक लाख राशि सहित सम्मान पत्रले सम्मान गरिएको हो । सोही अवसरमा ‘अमर नेम्बाङ लिम्बु ट्रष्ट’ द्वारा… Continue reading नेम्बाङको स्मृतिमा श्रष्टालाई सम्मान

युनाइटेड मुगुम अर्गनाइजेशनको पहिलो ल्होछार

न्यूयोर्क/अमेरिका युनाइटेड मुगुम अर्गानाइजेशनको आयोजनामा पहिलो पटक औपचारिकरुपमा सोनाम ल्होछार मनाईएको छ । विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समुदायका व्यक्तिहरुसंग गत शनिवार मुगुम( मुगाल) जातिको महान पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार २१४७, (२०२०) जीवा लो (मुसा वर्ग) को अवसरमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गर्दै मनाएको हो । पेमा नामग्यालको अध्यक्षतामा र नेपाल आदिवासी… Continue reading युनाइटेड मुगुम अर्गनाइजेशनको पहिलो ल्होछार

नेपाली महिलाले अमेरिकाको डेनाली हिमाल चढ्ने

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका नेपाली महिला शर्मिला थापामगरले अमेरिकाको डेनाली हिमाल चढ्ने भएकी छिन् । सन् २०१४ देखि अमेरिका आवतजावत गरिरहेकी थापा यसपाली अमेरिकाको अलस्का राज्यमा रहेको ६,१९० मिटर अग्लो डेनाली हिमाल चढ्ने उदेश्य लिएर आएकी हुन् । गत शनिबार न्यूयोर्कको ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गर्दै आगामी मे महिनामा डेनाली हिमाल चढ्ने तयारी भइरहेको बताइन् ।… Continue reading नेपाली महिलाले अमेरिकाको डेनाली हिमाल चढ्ने

तामाङ समाज अमेरिकाले मनायो ल्होछार

न्यूयोर्क/अमेरिका तामाङ समाज अमेरिकाले तामाङ समुदायको महान पर्व सोनाम ल्होछार (नयाँँ वर्ष) विशेष कार्यक्रम गर्दै मनाएको छ । बौद्धधर्म परम्परा अनुसार साङ सेरकिम पुजासंगै शुरु भएको ल्होछार कार्यक्रममा तामाङ समुदायको साथै न्युयोर्क र आसपासमा रहेका विभिन्न समुदायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । तामाङ समुदायको मौलिक संस्कृति झल्कने प्रस्तुती सहित गत साता ल्होछार आयोजना गरिएको हो… Continue reading तामाङ समाज अमेरिकाले मनायो ल्होछार

न्यूयोर्कमा श्रष्टा सम्मानित

न्यूयोर्क/अमेरिका अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरले ४ जना साहित्य श्रष्टाहरुलाई सम्मान गरेको छ । आइतबार न्यूयोर्कको ज्याक्सन हाईटमा आयोजना गरिएको ‘न्यूयोर्कमा श्रष्टा’ नामक कार्यक्रममा साहित्य श्रष्टाहरुको श्रृजना सुनाइएको थियो । अनेसास न्यूयोर्क च्याप्टरका महासचिव राजन महर्जनका अनुसार, हरेक तीन महिनाको अन्तरालमा ४/४ जना श्रष्टाहरुलाई सम्मान गर्ने र उनीहरुको साहित्य श्रृजना सुन्ने नयाँ कार्यक्रमको… Continue reading न्यूयोर्कमा श्रष्टा सम्मानित

‘हाम्रो शहर, हाम्रो भोट’माग गर्दै प्रदर्शन

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका अमेरिकी नागरिकता नभएपनि कागजपत्र हुनेहरुले नगरपालिकाको निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गर्दै न्यूयोर्कमा प्रदर्शन गरिएको छ । न्यूयोर्क राज्यमा बसोबास गरिरहेका कागजपत्र हुने आप्रवासीहरुले मतदान गर्न पाउनुपर्ने कानुन पारित हुन लागेको अवस्थामा नेपालीहरुले पनि दबाब दिँदै प्रदर्शन गरेका हुन् । नगरपरिषदले उक्त विधेयक पारित गरेपछि नागरिकता नभएका तर कानुनी रुपमा न्युयोर्कमा बस्दै… Continue reading ‘हाम्रो शहर, हाम्रो भोट’माग गर्दै प्रदर्शन

न्यूयोर्कमा मगरहरुको ‘माघे सक्रान्ती’

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका अमेरिकाको न्यूयोेर्कमा बस्दै आएका मगरहरुले आफ्नो कला र संस्कृति झल्काउँदै माघे सक्रान्ती मनाएका छन् । यसलाई मकर सक्रान्ती पनि भन्ने गरिन्छ । मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा आइतबार मगर समुदायको राष्ट्रिय पर्वको रुपमा रहेको माघे सक्रान्ती मनाइएको हो । हिन्दु परम्परा अनुसार माघ १ गतेलाई माघे सक्रान्तीको रुपमा मनाइदै आएको छ… Continue reading न्यूयोर्कमा मगरहरुको ‘माघे सक्रान्ती’

नेजाको अधिवेशन तयारीका लागि न्यूयोर्कमा पत्रकार भेला

न्युयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी मे महिनामा न्यूयोर्कमा हुन लागेको सातौं अधिवेशनको तयारीबारे पत्रकारहरुबीच छलफल गरिएको छ । नेजाले आइतबार न्यूयोर्कको ज्याक्सन हाइटमा आयोजना गरेको छलफलमा अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा कार्यरत पत्रकारहरु सहभागी भएका थिए । नेजाको सातौं अधिवेशन तथा १४ औं साधारण सभा आगामी मे महिनाको २ र ३ गते हुँदैछ… Continue reading नेजाको अधिवेशन तयारीका लागि न्यूयोर्कमा पत्रकार भेला

सिमा अतिक्रमणबिरुद्ध राष्ट्रसंघका महासचिवलाई ज्ञापनपत्र

न्यूयोर्क/अमेरिका भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण बिरुद्ध संयुक्त राष्ट्रसंघ मुख्यालय न्युयोर्क अगाडि विरोध प्रदर्शन गरिएको छ । भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपाली भूभागहरु समेटेको विरोधमा गरिएको प्रदर्शनमा न्युयोर्क र आसपासका राज्यबाट समेत नेपालीहरुको उपस्थीति थियो । राष्ट्रसंघ मुख्यालय अगाडि रहेको राल्फ पार्कमा आयोजित कार्यक्रममा सिमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालका तर्फबाट लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली… Continue reading सिमा अतिक्रमणबिरुद्ध राष्ट्रसंघका महासचिवलाई ज्ञापनपत्र

नेपालीहरुले संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली गर्दै

न्यूयोर्क/अमेरिका नेपाल भारत सिमा विवादबारे नेपालीहरुले संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि बिरोध नेपालको भुमी फिर्ताको माग गर्दै संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली गर्ने भएका छन् । आउँदो सोमबार जनवरी १३ तारिख न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालय अघिल्तिर नेपालीहरुले बिरोध नेपालको भुमी फिर्ताको माग गर्दै संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली गर्न लागेका हुन् । लिपुलेक, लिम्पियाधुरा, कालापानी भुमी फिर्ताको… Continue reading नेपालीहरुले संयुक्त राष्ट्रसंघ अगाडि बिरोध -याली गर्दै

फोहोर बोक्ने ट्रकले ठक्कर दिँदा १० वर्षे नेपाली बालकको निधन

न्यूयोर्क/अमेरिका अमेरिकाको न्यूयोर्कमा सडक दुर्घटनामा परि १० वर्षे बालक श्रृजल पन्थीको निधन भएको छ । मंगलबार बिहान ७ बजे न्युयोर्कको क्विन्सस्थित कोरोनामा बच्चालाई स्कूल पुर्याउन जाँदै गर्दा फोहोर बोक्ने ट्रकले छोरा र आमा मीना पन्थी दुबैलाई ठक्कर दिएको हो । कोरोनाको ५७ एभिन्यु र ९७ स्ट्रिटमा जेब्रा क्रसिङबाट बाटो कट्दै गर्दा ट्रकले ठक्कर दिएको जनाइएको… Continue reading फोहोर बोक्ने ट्रकले ठक्कर दिँदा १० वर्षे नेपाली बालकको निधन