पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन प्रकाशित

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि गत जेठ २ गते दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको १० महिनापछि… Continue reading पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन प्रकाशित

विदेशी मुद्रा सञ्चिति १२ खर्ब ९२ अर्ब, ८.७ महिनाको वस्तु तथा सेवा खरिद धान्ने

काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति बढेको छ। नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकले यस्तो देखाएको हो । चालू वर्षको मंसिरसम्मको तथ्यांक अनुसार कायम सञ्चितिले ८.७ महिनाको वस्तु तथा सेवा खरिद गर्न धान्नेछ। असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति थियो। राष्ट्र बैंकको… Continue reading विदेशी मुद्रा सञ्चिति १२ खर्ब ९२ अर्ब, ८.७ महिनाको वस्तु तथा सेवा खरिद धान्ने

२३ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामा ४ खर्ब ८० अर्ब भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो पाँच महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो… Continue reading २३ प्रतिशतले बढ्यो रेमिट्यान्स, पाँच महिनामा ४ खर्ब ८० अर्ब भित्रियो

मूल्यवृद्धि साढे सात प्रतिशत नजिक, महंगीको धेरै भार भान्छामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ ।… Continue reading मूल्यवृद्धि साढे सात प्रतिशत नजिक, महंगीको धेरै भार भान्छामा

शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) ४५ अर्ब ८७ करोडले बचतमा मा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको पाँच महिनाको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा… Continue reading शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा

उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)४१.२ अंकले घटेर २१४९.४१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५२ कम्पनीको ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँ बराबरको १ करोड ४४ लाख ८२ हजार ९५९कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

विकसित मुलुकहरुमा देखिन सक्छ आर्थिक मन्दी : विश्व बैंक

काठमाडौं । सन् २०२३ मा विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी देखिने विश्व बैंकले प्रक्षेपण गरेको छ । सन् २०२३ को पहिलो आउटलुक सार्वजनिक गर्दै विश्व बैंकले विश्वको आर्थिक वृद्धि सन् २०२३ मा १.७ प्रतिशत मात्र रहने बताएको छ । ६ महिनाअघि ३ प्रतिशतको अनुमान गरेको बैंकले अहिले १.७ मा झारेको छ । विश्वमा विद्यमान मुद्रास्फिति,… Continue reading विकसित मुलुकहरुमा देखिन सक्छ आर्थिक मन्दी : विश्व बैंक

इलाममा १ माघबाट हरेक आइतबार नियमित उडान हुने

काठमाडौं । नेपाल एयरलाइन्सले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नियमित उडान गर्ने भएको छ। एयरलाइन्सले आगामी माघ १ गतेदेखि काठमाडौं–इलाम–काठमाडौं उडान गर्न लागेको हो। हालका लागि सातामा एक उडान गर्ने र यात्रुको माग आएपनि विस्तारै उडान संख्या बढाउने एयरलाइन्सले बताएको छ। यसअघि इलाम नगरपालिकाले पैसा तिर्ने सर्तमा तारा एयरले सोही विमानस्थलबाट उडान भरेको थियो। एयरलाइन्सले सम्झौता… Continue reading इलाममा १ माघबाट हरेक आइतबार नियमित उडान हुने

तीव्र उतारचढावबीच रोकियो शेयर बजारमा उकालो यात्रा

काठमाडौं । शेयर बजारको उकालो यात्रामा ब्रेक लागेको छ । नयाँ सरकार बनेदेखि उकालो लाग्दै आएको शेयर बजा साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)२१.३५ अंकले घटेर २१.९० विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५४ कम्पनीको ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँ बराबरको २ करोड ८… Continue reading तीव्र उतारचढावबीच रोकियो शेयर बजारमा उकालो यात्रा

हाइड्रो चम्किँदा नेप्सेमा उछाल, १३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५७ कम्पनीको ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार १ रुपैयाँ ८५३ बराबरको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच भएका… Continue reading हाइड्रो चम्किँदा नेप्सेमा उछाल, १३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सी सम्बन्धी एप तथा वेवसाइट बन्द हुने

काठमाडौं । नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सीसम्बन्धी एप तथा वेवसाइट बन्द हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी अनलाइन कारोबारका लागि प्रयोग गरिने वेबसाइट, एप र सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको हो । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्था गर्न… Continue reading नेपालमा अनलाइन जुवा र क्रिप्टोकरेन्सी सम्बन्धी एप तथा वेवसाइट बन्द हुने

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य कटौती गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो

दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से)२०.५५ अंकले बढेर २१६४.४८विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५९ कम्पनीको ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँ बराबरको १ करोड ४१लाख ९८८ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब ४५ करोडको कारोबार

नारायणगढ–मुग्लिन सडक: पुस ३० र माघ १ गते दिउँसो पनि खुला गरिँदै

काठमाडौं । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ-मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको… Continue reading नारायणगढ–मुग्लिन सडक: पुस ३० र माघ १ गते दिउँसो पनि खुला गरिँदै

इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सम्पूर्ण सेवा दुई दिन बन्द हुने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सम्पूर्ण सेवा पुस दुई दिन बन्द हुने भएको छ । पुस २७ देखि एकीकृत कारोबार गर्न लागेको दुवै बैंकले डाटा माइग्रेशन प्रयोजनका लागि पुस २५ गते र २६ गते सम्पूर्ण सेवा बन्द गर्ने भएका हुन् । मर्जरपछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ रहने छ… Continue reading इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको सम्पूर्ण सेवा दुई दिन बन्द हुने

आजदेखि सबै प्रदेशबाट श्रम स्वीकृति सेवा सुरु

काठमाडौं । आजबाट सबै प्रदेशबाट श्रम स्वीकृति सेवा पाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारबाट विराटनगर र जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गर्ने जनाएको छ । काठमाडौं केन्द्रित सेवालाई विकेन्द्रित गर्दै लैजाने नीतिअनुसार विराटनगर र जनकपुरबाट श्रम स्वीकृति प्रदान गर्ने सेवा… Continue reading आजदेखि सबै प्रदेशबाट श्रम स्वीकृति सेवा सुरु

अमेरिकाबाट शंकाष्पद रुपमा रकम भित्राउन खोजेका ६ जना पक्राउ

काठमाडौं । अमेरिकाबाट शंकास्पद रूपमा नेपालमा रकम नेपाल भित्राउने खोजेका ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछामका पृथ्वीबहादुर शाहसहित ६ जना छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो। उनीहरूलाई काठमाडौंको चावहिलबाट पक्राउ गरिएको प्रहरीको भनाई छ । शाह यसअघि माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री छँदा राष्ट्रबैंकमा… Continue reading अमेरिकाबाट शंकाष्पद रुपमा रकम भित्राउन खोजेका ६ जना पक्राउ

शेयर कारोबार रकम ५ अर्ब नाघ्यो,यी ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से)१७.९२ अंकले बढेर २१४३.७६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५९ कम्पनीको ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ बराबरको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर कारोबार रकम ५ अर्ब नाघ्यो,यी ९ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेका ११ दिनपछि अर्थ र राजस्व सचिव हेरफेर

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिवको हेरफेर गरेको छ। एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेको ११ दिनपछि दुबै सचिव हेरफेर गर्ने निर्णय भएको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा तोयम राया र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको छ । यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजश्व सचिवमा रामेश्वर दंगाल थिए ।… Continue reading विष्णु पौडेलले अर्थमन्त्रालय सम्हालेका ११ दिनपछि अर्थ र राजस्व सचिव हेरफेर

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन

.काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिीपरषद्को कार्यालयमा बिहीवार वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन्। आपूर्ति सचिव नेपाल आयल निगमको अध्यक्ष रहने व्यवस्था छ।… Continue reading पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्रीको निर्देशन

दर्ता नभएका क्रसर उद्योग बन्द गरिँदै

काठमाडौं । सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्ने भएको छ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिएको हो । गृह मन्त्रालयले कानुन विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न आज बुधवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन… Continue reading दर्ता नभएका क्रसर उद्योग बन्द गरिँदै

शेयर बजारमा उछाल, ३ अर्ब ५० करोडको कारोबार

काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से)६४.८७ अंकले घटेर २१२५.९४ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५८ कम्पनीको ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ बराबरको ८७ लाख ३३ हजार ५४२ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading शेयर बजारमा उछाल, ३ अर्ब ५० करोडको कारोबार

काठमाडौंको सडकका खाल्डा एक महिना भित्र पुर्न भौतिक मन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडकको खाल्डोहरु पुर्न उपत्यकाभित्र १५ दिन र उपत्यका बाहिरको १ महिना भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । मंन्त्रालय मन्त्रालयमा आयोजित सडक विभागको ब्रिफिङ्ग कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘निर्धारित समयमा गुणस्तरीय पूर्वाधार निर्माण गर्नुको विकल्प छैन।’ यसको लागि राजनीतिज्ञ र कर्मचारीले शुसासन कायम गर्न आत्माआलोचना… Continue reading काठमाडौंको सडकका खाल्डा एक महिना भित्र पुर्न भौतिक मन्त्रीको निर्देशन

दरबारमार्गको पार्किङ हट्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गको एक लाइन पार्किङ हटाएर सडक खाली गराएको छ । मंगलबार दरबारमार्ग क्षेत्रको बाटो खाली र खुला बनाउन ट्राफिक प्रहरीको समन्वयमा पार्किङ निषेध गरिएको महानगर प्रहरी राजुनाथ पाण्डेलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । उनका अनुसार आजदेखि पार्किङ निषेध गरिएको हो। उक्त क्षेत्रमा एक लाइन पार्किङ हुँदै आएको थियो। अब यस… Continue reading दरबारमार्गको पार्किङ हट्यो

प्रधानमन्त्रीको जोड : जनजिविका सहज बनाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनजिविकालाई सहज बनाउने गरी काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिएका छन् । सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेका प्रधानमन्त्री प्रचण्डले मंगलबार ३० बुँदे निर्देशन दिए । जसमा अधिकांश विषय जनजिविकासँग सम्बन्धित छन् । उनले भनेका छन्, ‘हिजो र आज दुईदिन सबै मन्त्रालय र निकायका… Continue reading प्रधानमन्त्रीको जोड : जनजिविका सहज बनाऔं

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : ठोस परिवर्तन देखिने गरी काम गर्नुहोस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरुलाई ठोस परिवर्तन देखिने गरी काम गर्न निर्देशन दिएका छन् । सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको प्रस्तुती सुनेका प्रधानमन्त्रीले मंगलबार ३० बुँदे निर्देशन दिएका हुन् । उनले विकास खर्च कम हुनुको कारण खोज्न भनेका छन् । नीतिगत तहमा समस्या भए सुधारको प्रस्ताव ल्याउन प्रधानमन्त्रीको… Continue reading सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : ठोस परिवर्तन देखिने गरी काम गर्नुहोस

झिनो अंकले घट्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५७ कम्पनीको ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ बराबरको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading झिनो अंकले घट्यो नेप्से, चार कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

विश्वभर देखिन सक्छ आर्थिक मन्दी

Photo : Human Rights Watch

काठमाडौं । विशवभर आर्थिक मन्दिको असर देखिन सक्ने अतर्राष्ट्रिय निकायले चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष विश्वका एक तिहाइ देशमा आर्थिक मन्दी आउने सम्भावना रहेको बताएको हो । आईएमए प्रमुख क्रिस्टालिना जोर्जिभाले विश्वका एक तिहाइ देशमा यस वर्ष आर्थिक मन्दीको सम्भावना रहेको र यसबाट लाखौं मानिस प्रभावित हुने बताइन् ।… Continue reading विश्वभर देखिन सक्छ आर्थिक मन्दी

लागु औषध कारोबार मुद्दामा गाउँपालिका प्रमुखलाई साढे तीन वर्ष जेल

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ। अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए। निसीखोला –६ को… Continue reading लागु औषध कारोबार मुद्दामा गाउँपालिका प्रमुखलाई साढे तीन वर्ष जेल

एटीएम मेसिन फोड्न खोज्ने एक जना पक्राउ

काठमाडौं । प्रहरीले एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका(७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगर रहेका छन् । आइतबार राति चन्द्रागिरी नगरपालिका ११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा(फोड्दैको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको… Continue reading एटीएम मेसिन फोड्न खोज्ने एक जना पक्राउ