ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन

तस्बिरः सुजन बज्राचार्य\रासस

९ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन् । दुईदिने भ्रमणका क्रममा आज नेपाल आएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरे । सोही अवसरमा उहाँहरूले आयोजनाको… Continue reading ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन

भृकुटीमण्डपमा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२ हुँदै

९ वैशाख, काठमाडौं । ‘नेपाली वस्तुको प्रवर्द्धन, समृद्ध नेपाल निर्माण’ भन्ने मुख्य नारासहित १० औँ’ नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२’ आयोजना गरिने भएको छ । यही वैशाख २५ गतेदेखि २९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल उद्योग वाणिज्य महासङ्घले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नेपाल उद्योग… Continue reading भृकुटीमण्डपमा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२ हुँदै

९ महिनामा काम खोज्दै विदेशिए ६ लाख ७ हजार नेपाली

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) मा काम खोज्दै ६ लाख ७ हजार ८ सय ७४ युवा विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चैतमा मात्र ७३ हजार ४ सय ३ युवाले श्रम स्वीकृति लिएका छन् । फागुनसम्म यो संख्या ५ लाख ३४ हजार ४ सय ७१ थियो ।तथ्यांक अनुसार यस… Continue reading ९ महिनामा काम खोज्दै विदेशिए ६ लाख ७ हजार नेपाली

आगामी बजेट : आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्न सक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव

७ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२\८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेस गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त प्रतिवेदन बुझाए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार योजना आयोगले आगामी आर्थिक… Continue reading आगामी बजेट : आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्न सक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह

६ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आह्वान गरेका छन् । शुक्रबार साँझ कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा केही पनि छैन, केही भएन… Continue reading वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

६ वैशाख, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१८२ को चैत मसान्तसम्म साढे तीन खर्बभन्दा बढी ऋण उठाएको छ । यस अवधिमा साढे दुई खर्बभन्दा बढी साँवा–ब्याज तिरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ चैत मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ… Continue reading नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै

५ वैशाख, काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ । व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले राससलाई जानकारी दिए । बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ… Continue reading मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै

कोरलामा व्यापारिक चहलपहल बढ्यो

सुन्दरकुमार थकाली/रासस ४ वैशाख, मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रको नेपाली भूमिमा करिब एक दर्जन स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामानको पसल सञ्चालन गरिरहेका छन् । सीमावर्ती गाउँपालिका लोमान्थाङ-२ र १ वडाका साना व्यापारीले समुन्द्री सतहको चार हजार ६१० मिटरको अग्लो उचाइ कोरलापासमा बसेर नेपाली तथा चिनियाँ सामानको बिक्री गर्न पसल सञ्चालन गरेका हुन्… Continue reading कोरलामा व्यापारिक चहलपहल बढ्यो

निर्माणाधीन दाउन्ने सडक अनुगमनमा भौतिकमन्त्री, मनसुनअघि सक्न निर्देशन

४ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडकको स्थलगत निरीक्षण गरेका छन् । विस्तार क्रममा रहेको उक्त सडक खण्डको निरीक्षण क्रममा दाहाल सहित टोलीले दाउन्ने क्षेत्रमा जारी निर्माण कार्यबारे समेत जानकारी लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ खण्डमा पर्ने दाउन्ने क्षेत्रको जटिल भूधरातलका कारण सवारीसाधन केही समय बन्द गराएर… Continue reading निर्माणाधीन दाउन्ने सडक अनुगमनमा भौतिकमन्त्री, मनसुनअघि सक्न निर्देशन

धौलागिरिमा बन्दैछन् तीन वटा लामा झोलुङ्गे पुल

४ वैशाख, म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका–३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएकोे हो । धौलागिरि गाउँपालिका–३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नं ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माणका… Continue reading धौलागिरिमा बन्दैछन् तीन वटा लामा झोलुङ्गे पुल

इ–सेवाको खाताबाट अनधिकृत रुपमा एक करोड ट्रान्सफर

३ वैशाख, काठमाडौं । आर्थिक अपराधका गिरोहले खाता ‘सस्पेण्ड’ हुन लागेको बताउँदै अनधिकृत रुपमा चार हजारभन्दा बढीको इ–सेवाको खातामा पहुँच पु¥याइ करोडौँ रकम ट्रान्सफर गरेको पाइएको छ । ‘फिसिङ लिङ्क’ पठाइ इ–सेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौँको अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका–१ घर भएका २२ वर्षीय राहुल बूढालाई प्रहरीले पक्राउ गरेको छ । उनले विभिन्न… Continue reading इ–सेवाको खाताबाट अनधिकृत रुपमा एक करोड ट्रान्सफर

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको प्रतिक्रिया

३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेइजिङमा निर्भर रहेको बताएपछि चीनले बुधबार अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’ चेतावनी दिएको छ । यद्यपि, चीनले वार्ताका लागि अमेरिकालाई पुनः आह्वानसमेत गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “यदि अमेरिका वास्तवमै संवाद र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न चाहन्छ भने… Continue reading अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको प्रतिक्रिया

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग प्रतिवेदन कार्यान्वयन कार्ययोजना बनाइने

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग प्रतिवेदन कार्यान्वयन कार्ययोजना बनाउन समिति गठन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव (शासकीय मामला क्षेत्र) को संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव (राजस्व) र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) रहेको समिति गठन गर्ने निर्णय गरेको हो । पूर्वअर्थ सचिव रामेश्वर खनाल संयोजकत्वमा… Continue reading उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग प्रतिवेदन कार्यान्वयन कार्ययोजना बनाइने

विश्व बैंकबाट थप साढे १८ अर्ब ऋण लिँदै नेपाल

काठमाडौं । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरणको कामका लागि विश्व बैंकबाट १८ अर्ब ७६ करोड रुपैयाँ हाराहारी सहुलियतपूर्ण ऋण लिइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुने यो आयोजनाका लागि १३ करोड ७० लाख अमेरिकी डलर (१८ अर्ब ७६ करोड ९० लाख रुपैयाँ) सहुलियतपूर्ण ऋण लिन सैद्धान्तिक… Continue reading विश्व बैंकबाट थप साढे १८ अर्ब ऋण लिँदै नेपाल

बोइङ जेटको डेलिभरी नलिन एयरलाइन्सलाई चीनको आदेश

file

२ वैशाख, काठमाडौं । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो हुँदै जाँदा बेइजिङले आफ्ना एयरलाइन्सलाई अमेरिकी उड्डयन जायन्ट बोइङबाट जेटहरू डेलिभरी गर्न रोक्न भनेको मङ्गलबार एउटा रिपोर्टले जनाएको छ । जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि विश्वका दुई ठूला अर्थतन्त्र प्रतिक्रियात्मक भन्सार युद्धमा फसेका छन् । अमेरिकाले अब चीनबाट आयातमा १४५… Continue reading बोइङ जेटको डेलिभरी नलिन एयरलाइन्सलाई चीनको आदेश

गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

२ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ६५ वर्षे उमेर हद नचाहिने गरी नेपाल सरकारले गरेको मापदण्डमा संशोधनको प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज उक्त विवादमा नेपाल सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश गरेको हो । अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने… Continue reading गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ घटाइएको हो । यो सँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १ सय ६० र मट्टितेलको १ सय ४६ रुपैयाँ पर्नेछ… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो

चीनको निर्यात व्यापार १२.४ प्रतिशतले वृद्धि

१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण बढ्दो व्यापार माहोललाई पार गर्दै चीनले गत महिनासम्मको १२ महिनाको निर्यातमा १२.४ प्रतिशतले वृद्धि भएको जनाएको छ । यो आँकडा ब्लुमबर्गको सर्वेक्षणमा अनुमान गरिएको ४.६ प्रतिशतको तु्लनामा झण्डै तेब्बर बढी हो । बेइजिङको सामान्य भन्सार प्रशासनका अनुसार सोही अवधिमा आयात ४.३ प्रतिशतले घटेको छ । चीनका… Continue reading चीनको निर्यात व्यापार १२.४ प्रतिशतले वृद्धि

अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति पौडेल-सम्बोधन भक्तपुर, १ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेल सोमबार नगरकोटको बतासे डाँडामा आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रमेश गिरी/रासस

१ वैशाख, भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्ने बताएका छन् । नगरकोटको बतासे डाँडामा आज आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को शुभारम्भ कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको… Continue reading अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्छ : राष्ट्रपति

जाजरकोट भूकम्प : ३४ हजार निजी आवासको क्षति आँकलन

१ वैशाख, काठमाडौं । यही चैत मसान्तसम्ममा जाजरकोट भूकम्पबाट प्रभावित निजी आवासको क्षति आँकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३४ हजार ३५ निजी आवासको विस्तृत क्षति आँकलन गरिएको विवरण आफ्नो प्रणालीमा प्रविष्ट भइसकेको जनाएको छ । प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीले अझै क्षति आँकलनको काम भने जारी रहेको बताए… Continue reading जाजरकोट भूकम्प : ३४ हजार निजी आवासको क्षति आँकलन

प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा छलाङ

१ वैशाख, काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृतिमा नेपालले छलाङ मारेको देखिएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को ९ महिना (साउन–चैत)मा ५८ अर्ब रुपैयाँ एफडीआई स्वीकृत भएको छ उद्योग विभागले जनाएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २७ अर्ब ८८ करोडले बढी हो । यस वर्ष चैत मसान्तसम्म ५७ अर्ब ९७… Continue reading प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा छलाङ

निषेधआज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावित

file

१ वैशाख, वीरगञ्ज । हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थिति नयाँ वर्ष वीरगञ्जमा प्रभावित भएको छ । गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबीचको झडपपछि नियन्त्रणका लागि लगाइएको निषेधआज्ञा (कफ्र्यू)आदेशको कारणले वीरगञ्जवासीको नयाँवर्ष अन्य वर्षको जस्तै मनाउन पाएनन् । नयाँ वर्ष लक्षित गरेर वीरगञ्ज महानगरले आयोजना गरेको… Continue reading निषेधआज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावित

सुनको मूल्यमा निरन्तर कीर्तिमान, तोलाकै एक लाख ८६ हजार

३१ चैत, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य रु एक लाख ८६ हजार कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु एक लाख ८५ हजारमा कारोबार भएको सुन… Continue reading सुनको मूल्यमा निरन्तर कीर्तिमान, तोलाकै एक लाख ८६ हजार

वर्षान्त २०८१ : होटलमा लगानी ओइरिएको वर्ष

सीबी अधिकारी\रासस३१ चैत, काठमाडौं । गत माघमा काठमाडौँको सुकेधारामा पाँचतारे होटल ‘मक्र्योर काठमाडौँ’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले रु तीन अर्ब लगानीमा सञ्चालनमा ल्याएको होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी एकोर ग्रुपले गरिरहेको छ । त्यसअघि गत साउनमा काठमाडौँकै नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौँ’ सञ्चालनमा आयो । शङ्कर ग्रुपले रु आठ अर्ब ३५… Continue reading वर्षान्त २०८१ : होटलमा लगानी ओइरिएको वर्ष

स्मार्टफोन र कम्प्युटर राष्ट्रपति ट्रम्पको विश्वव्यापी करबाट मुक्त

Budrul Chukrut/SOPA Images/LightRocket via Getty Images

३० चैत, काठमाडौं । ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको छ । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादनका लागि अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम गरेको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले शुक्रबार राति जारी गरेको सूचनामा चीनबाट अमेरिका भित्रिने स्मार्टफोन र कम्पोनेन्टलगायत विभिन्न इलेक्ट्रोनिक सामानमा १४५ प्रतिशत… Continue reading स्मार्टफोन र कम्प्युटर राष्ट्रपति ट्रम्पको विश्वव्यापी करबाट मुक्त

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

इन्द्राकुमारी केसी/रासस३० चैत, कैलाली । विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ परे । उनलाई कर्णाली नदी किनारमा अड्किएका काठ ट्र्याक्टरमा लोड गरेर घर ल्याउँदै गर्दा टीकापुर प्रहरीले पक्राउ ग¥यो । बर्दियाको गुलरिया घर भई टीकापुरमा दैनिक ज्यालादारीमा ट्र्याक्टर चलाउँदै आएका गोडियालाई पक्राउ गरेर प्रहरीले सबडिभिजन वन कार्यालय टीकापुरमा बुझाइदियो । उनलार्ए कर्णाली नदी… Continue reading कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

किन घट्यो मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन ?

३० चैत, तनहुँ\रासस । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ ।६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमले बताए… Continue reading किन घट्यो मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन ?

५ तस्वीरमा शुक्रबार नेपालका प्रमुख समाचार

प्रसाई काठमाडौँ ल्याइँदै बिर्तामोड, २९ चैतः फरार रहेका दुर्गा प्रसाईलाई शुक्रबार प्रहरीले झापाको काँकरभिटाबाट पक्राउ गरी चन्द्रगढी एयरपोर्टबाट बुद्ध एयरमा राखेर काठमाडौँ लगिँदै । तस्बिरः राजकुमार ओली\रासस

२९ चैत, काठमाडौं । शुक्रबार नेपाल प्रहरीले राजावादी अभियन्ता दुर्गा प्रसाईलाई पक्राउ गरी काठमाडौं ल्याएको खबर सबैभन्दा चर्चामा रहन सफल भयो । समाजिक संजाल समेत यसकै वरिपर केन्द्रित भयो । शुक्रबार पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आफ्नो प्रतिवेदन बुझायो । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलन तथा कुलपतिको राजिनामाबारे तिखो… Continue reading ५ तस्वीरमा शुक्रबार नेपालका प्रमुख समाचार

डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल

२९ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको महसुलसम्बन्धी विवादमा उद्योगीसँग छलफल सुरु गरेको छ । लामो समयदेखि विवादका रुपमा रहँदै आएको डेडिकेटेड तथा ट्रंकलाइनको वक्यौता रकम उठाउनका लागि प्राधिकरणका कार्यकारी हितेन्द्रदेव शाक्यले आज व्यवसायीसँग छलफल गरेका छन् । विद्युत् प्राधिकरणले गरेको पहललाई उद्योगी व्यवसायीले सकारात्मक सुरुवातका रूपमा लिएका छन् । प्राधिकरणमा आज… Continue reading डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल

भन्सार प्रक्रिया कागजविहीन बनाउन नेपाल–भारत भन्सार महानिर्देशक सहमत

काठमाडौं । नेपाल र भारत भन्सार प्रशासनबीच सन् १९९५ मा पहिलो पटक महानिर्देशक स्तरीय बैठक आयोजना भएपछि आलोपालो बैठक गर्ने परम्परा अनुसार २१औं बैठक सम्पन्न भएको छ । २८ देखि २९ चैतमा काठमाडौंमा सम्पन्न बैठकमा नेपाली टोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराई र भारतीय टोलीको नेतृत्व डाइरेक्टोरेट अफ रिभिन्यु इन्टिलिजेन्सका महानिर्देशक अभयकुमार श्रीवास्तवले गरेका… Continue reading भन्सार प्रक्रिया कागजविहीन बनाउन नेपाल–भारत भन्सार महानिर्देशक सहमत