कोरोनाले फ्रान्समा समेत एकको मृत्यु

पेरिस । कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा पनि एक जनाको मृत्य भएको छ ।

फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले लेखेका छन् ।

शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले यसको पुष्टि गरेका छन् ।

उनका अनुसार चीनको हुबेई प्रान्तमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट फ्रान्समा एक ८० वर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ ।

एसिया महादेशभन्दा बाहिर यस भाइरसका कारण ज्यान गएको यो पहिलो घटना हो ।

बुजिनका अनुसार फ्रान्समा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएका अन्य ६ जनाको उपचार भइरहेको छ ।

उक्त भाइरसले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस र अशक्तहरुलाइ छिटो आक्रमण गर्छ ।

चिकित्सकको अथक प्रयासका वाबजुत उनलाई बचाउन नसकिएको स्वास्थ्यमन्त्रीले बुजिनले बताएका छन्।

चीनको हुबेईको राजधानी वुहानबाट डिसेम्बरमा देखा परेको यो भाइरसका कारण चीनमा एक हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।