काठमाडौं । चीनमा कोराना भाइरसको महामारीबाट ज्यान जानेको संख्या ७ सय नाघेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कोरोना भाइरसले ७ सय २२ जनाको ज्यान लिइसकेको छ ।
यसको संक्रमण करिव ३५ हजार जनामा पुगिसकेको छ । चीन बाहिरका २५ मुलुकमा यसले प्रभाव पार्न सफल भएको छ ।
चीनबाहिर हङकङ र फिलिपिन्समा एक , एक जनाको निधन भइसकेको छ । चीनबाहिर २ सय ७० जनामासंक्रमण देखिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण क्रुज जहाज, डाइमण्ड प्रिन्सेसमा ६१ जना भेटिएका छन् ।
सिंगापुरमा ३०, जापानमा २५, थाइल्याण्डमा २५, हङकङमा २४, दक्षिण कोरियामा २३, ताइवानमा १६ अष्ट्रेलियामा १५ र मलेसियामा १४ व्यक्तिमा संक्रमण भेटिएको छ ।
जर्मनीमा १३, संयुक्त राज्य अमेरिकामा १२, भियतनाममा १०, मकाउमा १०, फ्रान्समा छ, क्यानडामा पाँच, संयुक्त अरब इमिरेट्समा पाँच, बेलायतमा तीन, भारतमा तीन, फिलिपिन्समा तीन व्यक्तिमा यसको संक्रमण भेटिएको छ ।
रूस र इटालीमा दुई दुई व्यक्ति र नेपाल, श्रीलङ्का, कम्बोडिया, फिनल्याण्ड, स्पेन, स्वीडेन, बेल्जियममा एक एक जनामा कोरोना भाइरसले सङ्क्रमण भेटिएको छ।