ईटालीस्थित बैज्ञाननिकहरुले स्थानीय दुई वटा सहरका ढलको पानीमा सन् २०१९ को डिसेम्बरमा नै कोरोना देखिएको बताएका छन् । चीनको उहान प्रान्तबाट कोरोना महामारी फैलिएको र महामारी फैलाउन शंकाको सुबिधाका आधारमा चीनको हात रहेको आरोप लागि रहँदा ईटालीको मिलान र तुरिन सहरका ढलका फोहोर पानीमा भने कोरोना भाईरस डिसेम्बर १८ तारिखमा नै देखिएको बैज्ञाननिकहरुले बताएका छन् ।
ईटालीस्थित द नेसनल ईन्स्टिचुट अफ हेल्थ (आई एस एस) ले गत डिसेम्बर महिनाको १८ तारिखमा मिलान र तुरिन सहरको ढल भित्रको फोहोर पानीमा त्यो जैबिक भाईरस भेटिएको थियो । चीनका स्वास्थ अधिकारीहरुले कोरोना भाईरस संक्रमित पहिलो बिरामी डिसेम्बरको अन्त्यमा पुष्टी गरेका थिए भने ईटालीमा कोरोना संक्रमित पहिलो बिरामी फेब्रुअरी मध्यमा पुष्टि भएको थियो । ईटालीका बैज्ञानिकहरुको यो खुलासा पछि विश्वका सबै देशहरुमा बास्तबिक रुपमा ठानिएको भन्दा पहिला नै कोरोना छिरिसकेको हुन सक्ने आधार बलियो भएको छ । एक अध्ययनका अनुसार स्पेनमा पनि बार्सिलोनास्थित ढलबाट संकलन गरिएको फोहोर पानीमा जनवरीको मध्येमा नै कोरोना भाईरसको जिवाणु फेला परेको थियो जबकी त्यसको ४० दिन पछि मात्र स्पेनमा पहिलो संक्रमित बिरामी भेटिएका थिए । फ्रान्समा पनि बैज्ञानिकहरुले पेरिस नजिकैका एक ब्यक्तीलाई निमोनिया जस्तो लक्षण देखिए पछि जांच गर्दा गत डिसेम्बर २७ मा नै ती ब्यक्तीमा कोरोना संक्रमण देखिएको थियो ।
ईटालीमा द नेशनल ईन्स्टिचुट अफ हेल्थका बैज्ञानिकहरुले गत बर्षको अक्टुबरदेखि सन् २०२० को फेब्रुअरी भित्र बिभिन्न सहरका ४० ठाँऊका वेष्ट वाटर ट्रिट्मेन्ट प्लान्टबाट पानी निकालेर अध्ययन गरेका थिए । अक्टुबरदेखि नोभेम्बर भित्र जाँच गरिएका ढलका पानीमा त्यस्ता भाईरस नदेखिएको बैज्ञानिकहरुले बताएका छन् । ईटालीस्थित आई एस एसका बैज्ञानिकहरुले पहिलो कोरोना संक्रमित बिरामी फेला पर्नु धेरै अगाडि नै त्यहाँको ढल भित्रका फोहोर पानीमा कोरोना भाईरस भेटिएको निस्कर्ष भने निकाली सकेका छन् । ईन्स्टिचुटले आउदो जुलाई महिनादेखि पर्यटकहरु बसोबास गर्ने सबै होटलका फोहोर पानी माथि अनुसन्धान गर्ने पाईलट पोग्राम सुरु गर्ने बताईको छ । ईटालीमा कोरोना संक्रमणबाट ३५ हजार मानिसको मृत्यु भै सकेको छ ।
समाचार श्रोत : बिबिसी