गायक जगदीश समालको न्यूयोर्कमा एकल प्रस्तुति हुने

न्यूयोर्क । स्वस्ति इण्टटेनमेण्टको ब्यानरमा रचनाकार अनिता थापाले न्यूयोर्कको ज्याक्सन हाइट्समा ‘स्वस्ति साँझ’ आयोजना गर्ने भएको छ । यही मार्च १४ तारिख शनिबार साँझ ७ बजेदेखि ज्याक्सन हाइट्सस्थित ‘ह्वाइट हल’मा करिब १२ सयको हाराहारीमा नेपाली गीतहरु रेकर्ड गराइसकेका गायक जगदीश समालद्वारा गाइएका लोकप्रिय नेपाली सुगम संगीतहरु प्रस्तुत गरिने कार्यक्रमका संयोजक ओम कर्माचार्यले बताएका छन् ।

दर्शक श्रोताको सहजतालाई ध्यानमा राख्दै प्रवेश शुल्क ५० डलरमा नै डिनर र ड्रिङ्ससमेत समावेश गरिएको जानकारी गराएका छन् । नेपाली संगीतका पारखीहरुको हितमा स्तरीय गीत संगीत र लाइभ गायनको माहोललाई गुणस्तर प्रदान गर्न ॐ मेगा डिजे एण्ड साउण्डले लाइट तथा ध्वनि व्यवस्थापन गर्ने भएको छ । करिब १०० मात्र टिकट विक्री गरिने भएकोले इच्छुकले फोन नम्बर ३४७७८४ १०२२ वा ६४६ ६८४ ७४४४ मा अग्रिम टिकट लिन सकिने आयोजकले बताएका छन् ।