न्युयोर्क
अन्तरिक्षबाट अनियन्त्रित भएर उछिट्टिएको एउटा टुक्रा सोमबार एट्लान्टिक महासागरमा झरेको छ । अन्तरिक्षयानको त्यो अनियन्त्रित टुक्रा अमेरिकाको लस एन्जलस् माथि हुँदै न्युयोर्कस्थित सेन्ट्रल पार्कको आकाश माथिबाट एट्लान्टिक महासागरमा खसेको सि एन एनले जनाएको छ । ११ तारिख सोमबार समुन्द्रमा झरेको उक्त अनियन्त्रित टुक्रा गत मे ५ तारिखका दिन चीनको हाईनान प्रान्तस्थित वेनचाङ् स्पेस लन्च सेन्टरबाट छोडिएको लामो दुरीको मार्च -५ बि नामक मानब रहित अन्तरिक्षयानको भएको संचार माध्यमहरुले जनाएका छन् । झन्डै १८ हजार किलो वजन भएको ३१ मिटर लम्बाई भएको अन्तरिक्षयानको यति ठुलो अनियन्त्रित टुक्रा झरेको सन् १९९१ पछि पहिलो पटक हो ।
अमेरिकास्थित रक्षा मन्त्रालयले चीनद्वारा परिक्षण गरिएको उक्त अन्तरिक्षयानको टुक्रा एट्लान्टिक महासागरमा ११ तारिख सोमबारका दिन झरेको कुरा पुष्टी गरेको छ ।