प्रधानमन्त्री देउवाले खगेन्द्र नवजीवन केन्द्रमा गरे अमेरिकाले दिएको भ्याक्सिनको शुभारम्भ


अमृता के सी ( रोनी )
काठमाडौँ,साउन ४। प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई जोन्सन खोप हस्तान्तरण गरेर खोपको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको जोन्सनको खोप लगाउने कार्यको नवजीवन केन्द्रबाट शुभारम्भ गरेका हुन्। उक्त कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी भएका थिए।

अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार स्वरुप दिएको थियो। यो खोप एक डोजमात्र लगाए पुग्छ।उक्त खोप आजबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।