चीनमा हजुरबुवाले आफ्नो एक महिनाको अबोध नातीलाई पारिवारिक भोजमा रक्सी (अलकोहल) सेवन गराउँदा ती शिशुको मृत्यु भएको छ । गत जुलाई १२ तारिख, नाम नखुलाईएका ती नवजात शिशुको एक महिना पुरा भएको खुसियालीमा उनलाई आशिर्बाद दिनको लागि बेइजिङ्स्थित घरैमा पारिवारिक भोज आयोजना गरिएको थियो । सिन चिऊ डेलीका अनुसार खानपिन मस्त चलिरहेको थियो, त्यतिकैमा ती शिशुका हजुरबुवाको छेऊमा बसेका एक नातेदारले काखमा राखेको बच्चा देखाउँदै “नातीले रक्सी नखाई हजुरबुवाले चियर्स् गर्न मिल्दैन” भनेर ठट्टा गरेपछि हजुरबुवाले नातीलाई एक घुट्को रक्सी खुवाएका थिए । रक्सी खाएको केही समयमा नै नाबालकको श्वास प्रश्वासमा समस्या भएपछि नजिकैको अस्पतालमा पुर्याउँदा शिशुलाई मृत घोषित गरिएको थियो ।
नेशनल क्यापिटल पोइजनिङ सेन्टरका अनुसार नवोजात शिशुहरुलाई रक्सीले छिट्टो असर गर्ने हुँदा गम्भिर बिरामी हुने तथा कहिले काँही मृत्यु समेत हुने गर्दछ । बश्यक मानिसको शरीरले भन्दा बच्चाको शरिरले मादक पदार्थ छिट्टो लिने गर्दछ ।
एजेन्सी