अमृता के सी ( रोनी )काठमाडौँ, असोज ६ ।काठमाडौँ क्षेत्र नं ३ नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ को इकाई सभापतिमा श्याम बहादुर श्रेष्ठ निर्वाचित भएका छन्। गोकर्णेश्वर वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीको प्रमुख आतिथ्यता अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनबाट वडा नं ३ को उपसभापतिमा राम कृष्ण श्रेष्ठ निर्वाचित… Continue reading नेपाली काँग्रेस गोकर्णेश्वर-३ को इकाई सभापतिमा श्याम बहादुर श्रेष्ठ निर्वाचित
Author: Amrita KC
नेपाली काँग्रेस बूढानिलकण्ठ १३ मा भाई नारायण श्रेष्ठको नेत्रित्व सर्वसम्मत
काठमाडौँ, असोज ५ ।नेपाली काँग्रेस बूढानिलकण्ठ -१३ को सभापतिमा भाइनारायण श्रेष्ठ निर्वाचित भएका छन् । बूढानिलकण्ठ नगरपालिका वडा नं १३ को सार पार्टी प्यालेसमा मंगलबार भएको वडा अधिवेशनले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो।श्रेष्ठको अध्यक्षतामा उपसभापतिमा निवेश श्रेष्ठ र रामलाल श्रेष्ठ सचिब दिनेस श्रेष्ठ र विकास श्रेष्ठ निर्वाचित भएका छन्। सह सचिवमा श्याम काजी श्रेष्ठ र… Continue reading नेपाली काँग्रेस बूढानिलकण्ठ १३ मा भाई नारायण श्रेष्ठको नेत्रित्व सर्वसम्मत
नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ सभापतिमा किरण बहादुर बिष्टको दाबी
काठमाडौँ, असोज ४ । नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ सभापतिमा किरण बहादुर बिष्टले दाबी गरेका छन्। अनुशासन,आर्थिक पारदर्शिता, पार्टी प्रतिको ईमान्दारिता र निरन्तरता नै आफ्नो उम्मेद्वारीको मुख्य आधार रहेको बताउदै बिष्टले आसन्न १४ औं अधिवेशनका लागि नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ को ईकाइ… Continue reading नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं ३ ईकाइ सभापतिमा किरण बहादुर बिष्टको दाबी
बौद्ध प्रहरी वृत्तद्वारा ३५ हजार गाँजाका बोटहरु काटी नष्ट गरियो
अमृता के सी ( रोनी )काठमाडौँ, असोज ३ । महानगरीय प्रहरी वृत्त बौद्ध कार्यालय प्रमुख प्रहरी नायब उपनिरीक्षक ढुण्डीराज न्यौपानेको नेतृत्वमा गाँजाका बोटहरु काटी नष्ट गरिएको छ। शनिबार बौद्ध प्रहरी वृत्तको नेतृत्वमा खटिएको टोलिले गोकर्णेश्वर नगरपालिका वडा न.१ स्थित ओख्रेनी, मुलखर्क र चिलाउने एरियामा गाँजाका बोटहरु काटेर नष्ट गरेको छ। लागु औषधमा पर्ने गाँजा प्राकृतिक… Continue reading बौद्ध प्रहरी वृत्तद्वारा ३५ हजार गाँजाका बोटहरु काटी नष्ट गरियो
काठमाडौँको १३८ वटै वडामा असोज ५ गते नेपाली कांग्रेसको वडा अधिवेशन
काठमाडौँ, असोज २। काठमाडौँको १३८ वटै वडामा नेपाली कांग्रेसको वडा अधिवेशन हुने भएको छ।अधिवेशनको तयारी सम्बन्धमा केन्द्रीय निर्वाचन समितिबाट तोकिएका निर्वाचन अधिकृत सहित बैठक बसेर अधिवेशन प्रक्रिया शुरू गरेको छ। देशका विभिन्न जिल्लाका वडाहरुमा अधिवेशन भए पनि काठमाडौँ जिल्लाका ११ स्थानीय तहका १३८ वडामा भने अधिवेशन भएको थिएन। पार्टी जिल्ला कार्यालय ज्ञानेश्वरमा शुक्रबार बसेको बैठकले… Continue reading काठमाडौँको १३८ वटै वडामा असोज ५ गते नेपाली कांग्रेसको वडा अधिवेशन
मुख्य सचिब बैरागीले राष्ट्रिय शहिद पार्क पुगेर गरे वृक्षारोपण
काठमाडौं भाद्र २४ ।गोकर्णेश्वर नगरपालिका स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्कमा नेपाल सरकारका मुख्य सचिब शंकरदास बैरागिकाे प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । निजामति सेवा दिवस २०७८ को अवसरमा निजामति ऐन जारि मिति २०१३ भाद्र २२ काे सम्झनामा तत्कालिन प्रधान मन्त्रि टंक प्रशाद आचार्य र तत्कालिन मुख्य सचिब चन्द्र बहादुर थापाको शालिक समेत… Continue reading मुख्य सचिब बैरागीले राष्ट्रिय शहिद पार्क पुगेर गरे वृक्षारोपण
बूढानीलकण्ठनगरपालिका द्वारा ४५ दिने एडभान्स सिलाई कटाई तालिम सुरू
काठमाडौँ, भाद्र २४। बूढानीलकण्ठ नगरपालिका वडा ११ स्थित सूर्यमुखी महिला समूहकाे भवनमा “गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम” (मेडपा) अन्तर्गतकाे ४५ दिने एडभान्स सिलाई कटाई तालिम सुरू भएकाे छ ।“सीप सिकाै, सीपकाे सदुपयाेग गरी उद्यमी बनाै” नारका साथ उपप्रमुख रमा देवी राइद्वारा कपडा सिएर यस तालिम उट्घाटन गरिएकाे हो । बूढानीलकण्ठ नगरपालिकाले दक्ष जनशक्ति… Continue reading बूढानीलकण्ठनगरपालिका द्वारा ४५ दिने एडभान्स सिलाई कटाई तालिम सुरू
गोकर्ण प्राथमिक अस्पतालमा विशेषज्ञ सेवा शुभारम्भ
अमृता के सी ( रोनी )काठमाडौं, भाद्र २१। गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णमा रहेको गोकर्ण प्राथमिक अस्पतालमा विशेषज्ञ सेवा शुभारम्भ भएको छ। आइतबार नगर प्रमुख चालिसेले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका हुन् । ” गोकर्णेश्वर नगरपालिकाको चाहना स्वास्थ्य जीवनको कामना ” भन्ने मुल नाराको साथमा गोकर्ण प्राथमिक अस्पतालबाट नियमित तथा आकस्मिक… Continue reading गोकर्ण प्राथमिक अस्पतालमा विशेषज्ञ सेवा शुभारम्भ
गोकर्णको शंखडोलमा शंखको प्रतिमा निर्माण हुने
काठमाडौं, भाद्र १७। गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोल स्थित भगवती स्थानमा शंख मुर्ति निर्माणको लागि शिलान्यास गरिएको छ । नगर प्रमुख सन्तोष चालिसेले भगवतीस्थान चोकमा सोमबार एक कार्यक्रम बिच शंख निर्माणको लागि भुमिपुजन सहित शिलान्यास गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले शंखडोल नामको जगेर्ना गर्ने उदेश्य सहित शंखको मुर्ति निर्माण गरिन… Continue reading गोकर्णको शंखडोलमा शंखको प्रतिमा निर्माण हुने
जगडोलको शहीद पार्कमा सप्ताह व्यापी वृक्षरोपण कार्यक्रमको शुभारम्भ
अमृता के सी ( रोनी )काठमाडौँ, भाद्र १६ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्कमा राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियानको शुभारम्भ गरियो । बुधबार एक कार्यक्रमका बिच महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरिक्षक ढुण्डीराज न्यौपानेको प्रमुख आतिथ्यतामा राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान सुरु गरिएको हो । बूढानीलकण्ठ वडा… Continue reading जगडोलको शहीद पार्कमा सप्ताह व्यापी वृक्षरोपण कार्यक्रमको शुभारम्भ
गोकर्णेश्वर मन्दिरमा कुशे औँसीमा मेला नलाग्ने
काठमाडौँ, भाद्र १५ । गोकर्णेश्वरको महादेव मन्दिर कुशे औँसीको दिन बन्द रहने भएको छ । कोरोनाको दोस्रो लहरमा संक्रमित संख्या दिनहुँ बढ्दै साथै तेस्रो आउँन सक्ने जोखिम रहेकाले गत वर्ष जस्तै यस वर्ष पनि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगन हुने भएको हो ।प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर… Continue reading गोकर्णेश्वर मन्दिरमा कुशे औँसीमा मेला नलाग्ने
खुल्ने भए गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालयहरु
काठमाडौँ, भाद्र १३ । गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालयहरु भाद्र १५ गते देखि भौतिक रुपमा संचालन हुने भएका छन्। नगरपालिकामा भाद्र १३ गते बसेको नगर शिक्षा समितिको बैठकले आगामी भाद्र १५ गते देखि सुरक्षा मापदण्ड सहित विद्यालयहरु खोल्ने निर्णय गरेको हो । कोभिड १९ को दोस्रो लहर बढे संगै बैशाख १६ गते देखि बन्द गरिएका नगरपालिका… Continue reading खुल्ने भए गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालयहरु
बुद्ध शिक्षाको प्रवद्धर्नका लागि हिमालय मैत्री फाउण्डेसन नेपालको स्थापना
काठमाडौँ, भाद्र १२ ।बौद्ध ६ तीनचुली स्थित भुवालडाँडामा हिमालय मैत्री फाउण्डेसन नेपालको उद्घाटन भएको छ ।शुक्रबार एक कार्यक्रम बिच फाउण्डेसनका संस्थापक संरक्षक खेन रिम्पोछे फुर्वा दोर्जेले फाउण्डेसनको उद्घाटन गरेका हुन् । फाउण्डेसनको उद्घाटन कार्यक्रम अघि फाउण्डेसनको कार्यालयमा लामा गुरु उर्गेन लामाको नेतृत्वमा हरित तारा पुजा (ढोल्छ्योक) भएको थियो । ९ जनाको कार्यसमिति रहेको फाउण्डेसनको उपाध्यक्ष… Continue reading बुद्ध शिक्षाको प्रवद्धर्नका लागि हिमालय मैत्री फाउण्डेसन नेपालको स्थापना
मेलिना राई र निशान भट्टराईको स्वरमा रहेको ‘सालघारीमा’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
काठमाडौं, भाद्र १० । चर्चित गायिका मेलिना राई र नेपाल आइडलबाट आफ्नो परिचय बनाएका चर्चित युवा गायक निशान भट्टराईको आवाजमा “सालघारीमा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार सन्जिब कोयी राईको शब्द रचना रहेको म्युजिक भिडियो सन्जिब कोयी युटुव च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो। युट्युव मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा मोडल अञ्जुली अधिकारी र विजय… Continue reading मेलिना राई र निशान भट्टराईको स्वरमा रहेको ‘सालघारीमा’ सार्वजनिक (भिडियो हेर्नुहोस्)
मकैबारीमा किशोरीको शरिरको तल्लो भाग नभएको अवस्थामा शव भेटियो
काठमाडौँ, भाद्र १०।कालिकोटमा एक किशोरीको शव मकैबारीमा भेटिएको छ।गत शुक्रबार देखि हराएकि खाँडाचक्र नगरपालिका-६ की १६ वर्षीया किशोरी निरु विकको शव मकै बारीमा भेटिएको कालीकोट प्रहरीले बताएको छ। उनको शव मंगलबार दिउँसो घर नजिकैको मकै बारीमा भेटिएको हो। प्रहरीका अनुसार निरुको शरीर जंगली जनावरले क्षत विक्षत पारेका छन् ।साथै निरुको शरीरको तल्लो भाग नभेटिएको र… Continue reading मकैबारीमा किशोरीको शरिरको तल्लो भाग नभएको अवस्थामा शव भेटियो
लायन दिपेन्द्र सिम्खडाले आफ्नो जन्म दिन सुनौलो पाइला बाल आश्रममा मनाए
अमृता के सी ( रोनी ) काठमाडौं, भाद्र ६। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ ए १ को चिफ एरिया कोर्डिनेटर लायन दिपेन्द्र सिम्खडाले आफ्नो जन्म दिन बालबालिकाहरु संग मनाएका छन्। गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित सुनौलो पाइलाका अभिभावकबिहिन बालबालिकाहरुलाई खाद्यान्न र एक दिनको खाना सहित सम्पूर्ण परिवारका साथ सिम्खडाले बाल आश्रममा जन्म दिन मनाएका… Continue reading लायन दिपेन्द्र सिम्खडाले आफ्नो जन्म दिन सुनौलो पाइला बाल आश्रममा मनाए
नौलिन भद्रकाली मन्दिरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशनले गर्यो रक्तदान
अमृता के सी ( रोनी ) काठमाडौँ, भाद्र ६ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन काठमाडौं क्षेत्र नं. ४ (२) मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।सामाजिक क्रियाकलाप सक्रिय जिपि कोइराला फाउण्डेशनले बूढानीलकण्ठ नगरपालिका वडा नं १३ नौलिन भद्रकाली मन्दिर परिसरमा शनिबार रक्तदान आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ६९ जना रक्तदाताले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रम… Continue reading नौलिन भद्रकाली मन्दिरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशनले गर्यो रक्तदान
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा यज्ञडाेल (जगडाेल)सामुदायिक वनमा वृक्षारोपण गोडमेल तथा पुनरोंपण कार्यक्रम
अमृता के सी (रोनी)काठमाडौँ, भाद्र ६।अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युनेस्काे संघसंस्था तथा क्लबहरुको राष्ट्रिय महासंघको आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनमा वृक्षारोपण गोडमेल तथा पुनरोंपण गरिएको छ। वातावरण समितिले संयोजन गरेको कार्यक्रममा गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता सम्पन्न भएको हो।… Continue reading अन्तराष्ट्रिय युवा दिवसको अवसरमा यज्ञडाेल (जगडाेल)सामुदायिक वनमा वृक्षारोपण गोडमेल तथा पुनरोंपण कार्यक्रम
बूढानीलकण्ठ नगरपालिकाले कोभिड विरुद्धको पहिलो डोज खोप नलगाएका लाई १३ वटै वडाबाट खोप दिने
अमृता के सी ( रोनी ) काठमाडौँ, भाद्र ४ । बूढानीलकण्ठ नगरपालिकाले कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप नलगाएकाहरुको लागि १३ वटै वडाबाट खोप संचालन गर्ने भएको छ। खोप लगाउने लक्षित समूह भित्र पर्ने १८ वर्ष माथिका विधार्थी र ४० माथिका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको चाइनिज भेरोसेलको पहिलो मात्रा खोप भोलि भाद्र ०८ गते प्रदान… Continue reading बूढानीलकण्ठ नगरपालिकाले कोभिड विरुद्धको पहिलो डोज खोप नलगाएका लाई १३ वटै वडाबाट खोप दिने
गोकर्णेश्वरका नगर प्रमुखले दक्षिणकालीमा मन्दिर शिलान्यास गरे
अमृता के सी ( रोनी )काठमाडौं भाद्र, ३। गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले प्राचीन दक्षिणकाली माता मन्दिर निमार्णको शिलान्यास गरेका छन् ।दक्षिणकाली नगरपालिका वडा नं ५ स्थित नगर्चु-गोरखनाथ डांँडामा निर्माण गर्न लागिएको मन्दिर गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा बन्न लागेको हो। बिहिबार एक औपचारिक कार्यक्रमको बिच गोकर्णेश्वर र दक्षिणकाली नगरपालिका प्रमुखले मन्दिर निर्माण शुभारम्भ गरेका… Continue reading गोकर्णेश्वरका नगर प्रमुखले दक्षिणकालीमा मन्दिर शिलान्यास गरे
बूढानीलकण्ठमा मेयर छात्रवृत्ति
काठमाडौं, भाद्र २ ।बूढानीलकण्ठ नगरपालिकाभित्र स्थायी रूपमा बसाेबास गर्ने विद्यार्थीहरूलाई मेयर छात्रवृत्ति प्रदान गरिने भएको छ।नगरपालिकामा बसाेबास गर्दै आएका गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई उच्च तथा प्राविधिक शिक्षामा सहयाेग पुर्याउने उदेश्यले मेयर छात्रवृत्तिकाे आयाेजना गरिएकाे नगर प्रमुख उद्धव खरेलले बताएका छन्। यो कार्यक्रम अन्तर्गत नगरपालिकाबाट ८ जना विद्यार्थी र श्रीबूढानीलकण्ठ मा. वि. द्वारा २ जना गरी… Continue reading बूढानीलकण्ठमा मेयर छात्रवृत्ति
गोकर्णेश्वर नगरपालिकाका मेलमिलाप कर्ताहरुले खाए शपथ
अमृता के सी ( रोनी )काठमाडौं, भाद्र १। गोकर्णेश्वर नगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप कर्ताहरुलाई शपथ ग्रहण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। शपथ ग्रहण कार्यक्रम नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आइतबार गोकर्णेश्वर नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा उप प्रमुख एवं न्यायिक समिती संयोजक शान्ति नेपालले मेलमिलाप कर्ताहरुलाई शपथ ग्रहण गराएकी… Continue reading गोकर्णेश्वर नगरपालिकाका मेलमिलाप कर्ताहरुले खाए शपथ
लायन्स क्लब अफ काठमाडौं जर्नीद्वारा गोकर्णेश्वर मन्दिरमा फलफूल, पानी, माक्स र सेनिटाइजर वितरण कार्यक्रम
अमृता के सी ( रोनी )काठमाडौं, श्रावण ३२।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं जर्नीले फलफूल, पानी, माक्स र सेनिटाइजर वितरण गरेको छ।गोकर्णेश्वर मन्दिर परिसरमा सोमबार लायन्स क्लब जर्नीले गरेको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, गो.न.पा. वडा नं ८ का वडा अध्यक्ष मनोज… Continue reading लायन्स क्लब अफ काठमाडौं जर्नीद्वारा गोकर्णेश्वर मन्दिरमा फलफूल, पानी, माक्स र सेनिटाइजर वितरण कार्यक्रम
१ केजी गाँजाको धुलो (पोल्याण्ड ) सहित काठमाडौं -६ भृकुटीचोकबाट एक जना पक्राउ
काठमाडौं, श्रावण ३२ ।काठमाडौं महानगरपालिका ६ स्थित भृकुटीचोकबाट १ केजी गाँजाको धुलो (पोल्याण्ड ) सहित एक जना पक्राउ परेका छन्। लागुऔषध विक्रि वितरण भई रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलिले शनिबार बेलुका करिव ५.३० बजेको समयमा चेक जांच गर्दा नियन्त्रित लागुऔषध गाँजाको धुलो (पोल्याण्ड) १ के.जि ३२ ग्राम सहित… Continue reading १ केजी गाँजाको धुलो (पोल्याण्ड ) सहित काठमाडौं -६ भृकुटीचोकबाट एक जना पक्राउ
गोकर्णेश्वरको गाम्चामा गाम्चा युवा क्लबको शुभारम्भको साथमा वृक्षरोपण गरियो
अमृता के सी ( रोनी )काठमाडौँ, श्रावण ३०। गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चा युवा क्लबको समुद्घाटन तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेले क्लबको उद्घाटन गरेका हुन्।नगरपालिका प्रमुख चालिसेले क्लब द्वारा आयोजित वृक्षरोपण समेत गरेका थिए । शनिबार आयोजित कार्यक्रममा क्लबका सचीव कुमार नगरकोटिले अतिथीहरुलाई स्वागत गर्दै भने… Continue reading गोकर्णेश्वरको गाम्चामा गाम्चा युवा क्लबको शुभारम्भको साथमा वृक्षरोपण गरियो
पत्रकारलाई सुनौलो पाईलाको सम्मान
अमृता के सी ( रोनी ) काठमाडौं, श्रावण २८ । गोकर्णेश्वर ९ स्थित सुनौलो पाइलाले कोभिडमा अग्रपंक्तिमा खटिएका मिडियालाई सम्मान तथा कोभिड सुरक्षा सामाग्री वितरण गरेको छ। गोकर्णेश्वर नगरपालिका भित्र कोरोना कहरको बिचमा आफ्नो ज्यान जोखिममा राखेर आम मानिसलाई सु-सूचित गराउन हरदिन कार्य क्षेत्रमा खटेर महत्वपूर्ण भूमिका खेलेको भन्दै सुनौलो पाइला संस्थाले रोज बायोमेडिकल कन्सर्नसंगको… Continue reading पत्रकारलाई सुनौलो पाईलाको सम्मान
वन तथा भु-संरक्षण विभाग डिभिजन वन कार्यालयद्वारा जगडोल सामुदायिक वनमा वृक्षारोपण
अमृता के सी ( रोनी ) काठमाडौं, श्रावण २५। वन तथा भु-संरक्षण विभाग बबरमहल डिभिजन वन कार्यालयद्वारा सामुदायिक वन दिवस तथा भु-संरक्षण दिवसको अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क,निजामती ( स्मारक ) यज्ञडोल (जगडोल) सामुदायिक वनमा वृक्षारोपण समारोह २०७८ सम्पन्न गरेको छ। “प्रकृतिको भरपोषण प्रभावकारी भु – संरक्षण “को नाराका साथ भु-संरक्षण दिवस साथै “सामुदायिक… Continue reading वन तथा भु-संरक्षण विभाग डिभिजन वन कार्यालयद्वारा जगडोल सामुदायिक वनमा वृक्षारोपण
गोकर्णेश्वर नगरपालिकाद्वारा नगरबासीलाई कुखुराको चल्ला वितरण
अमृता के सी ( रोनी )काठमाडौं, श्रावण २४ । गोकर्णेश्वर नगरपालिकाले वडा नं ३ स्थित गाम्चामा कुखुराको चल्ला वितरण गरेको छ।नगरपालिकाले विपन्न वर्गका लागि आय-आर्जन गर्न प्रेरित गर्ने उदेश्यका साथ वस्तुगत टेवा कार्यक्रम अन्तर्गत कुखुराका चल्ला वितरण गरेको हो । महिला समुहलाई लक्षित गरि करिब ५१ घर परिवारका महिला दिदी बहिनीहरुलाई आय आर्जन गर्न प्रेरित… Continue reading गोकर्णेश्वर नगरपालिकाद्वारा नगरबासीलाई कुखुराको चल्ला वितरण
रङेहात घुस लिएपछी बूढानीलकण्ठ नगरपालिकाका प्राविधिक बिनोद पौडेल पक्राउ
काठमाडौं, श्रावण २३ ।बूढानीलकण्ठ नगरपालिकाका प्राविधिक बिनोद पौडेल घुस रकम सहित पक्राउ परेका छन्। बूढानिलकण्ठ नगरपालिका वडा नं ६ स्थित होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई रंगेहात पक्राउ गरेको हो। नगरपालिका भित्रको एक सडक निर्माण कार्य सम्झौता बमोजिम सम्पन्न भए पश्चात भुक्तानी दिने क्रममा सेवाग्राही सँग ७२ हजार घुस रकम माग गरेको सूचना पाएको… Continue reading रङेहात घुस लिएपछी बूढानीलकण्ठ नगरपालिकाका प्राविधिक बिनोद पौडेल पक्राउ
नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटी बैठक सम्पन्न
काठमाडौं, श्रावण २२ ।नेपाल कम्युनिस्ट पार्टी एमालेको बूढानिलकण्ठ नगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ। बूढानिलकण्ठ नगरपालिका वडा -१३ चुनिखेलको सार पार्टी प्यालेसमा आयोजना गरिएको बैठक नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा समापन भएको छ। बिहिवार सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राई… Continue reading नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटी बैठक सम्पन्न