मस्को, २७ फागुन (रासस–सिन्ह्वा) । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले सहकार्यका लागि स्पष्ट र सकारात्मक सङ्केत दिएमा रूस तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले दीर्घकालीन, स्थिर र राजनीतिक दबाबबाट मुक्त सहकार्य भएमा दुवै पक्षका लागि लाभदायी हुने धारणा व्यक्त गरे । सोमबार आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति… Continue reading युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन
Category: अमेरिका
मध्यपूर्व युद्धः लेबनानमा सात लाख मानिस विस्थापित
जेनेभा, २६ फागुन (राससएएफपी) । इजरायली हवाई हमलाका कारण लेबनानमा करिब सात लाख मानिसहरू एक हप्ताभित्र आफ्नो घर छोड्न बाध्य भएका छन् । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रतिनिधि करोलिना लिन्डहोम बिलिङले भने, “जीवनहरू ठूलो मात्रामा प्रभावित भएका छन् । धेरै परिवारहरू केही मिनेटमै गाउँ छोड्न बाध्य भएका थिए ।” करिब एक लाख बीस हजार मानिसहरू… Continue reading मध्यपूर्व युद्धः लेबनानमा सात लाख मानिस विस्थापित
रिजउड नेपाली समाजलाई ९ लाख अमेरिकी डलर अनुदान
न्यूयोर्क । रिजउड नेपाली समाज (आरएनएस)ले न्यूयोर्कको रिजउडस्थित नेपाली सामुदायिक तथा सांस्कृतिक केन्द्रको मर्मत तथा विस्तारका लागि ९ लाख अमेरिकी डलरबराबरको संयुक्त राज्य अमेरिकाको संघीय अनुदान प्राप्त गरेको औपचारिक घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिद्वारा हस्ताक्षरित आर्थिक वर्ष सन् २०२६ को संघीय बजेट प्याकेजअन्तर्गत सहयोग प्राप्त भएको हो । यो अनुदान यातायात, आवास… Continue reading रिजउड नेपाली समाजलाई ९ लाख अमेरिकी डलर अनुदान
एनआरएनएको १२औं बृहत एकता अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन कार्यतालिका सार्वजनिक
न्यूयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले १२औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । एनआरएनएले दुई वर्षे कार्यकालका लागि ७४ जना पदाधिकारी चयन गर्न निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन यही फागुन ३० देखि चैत १ सम्ममा सम्पन्न गर्ने जनाएको छ । यसअघि निर्वाचन समितिको माघ २९ को निर्णयअनुसार कार्यतालिका तोकिएको… Continue reading एनआरएनएको १२औं बृहत एकता अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन कार्यतालिका सार्वजनिक
प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा इजरायलको बधाई
काठमाडौँ, २६ फागुन । इजरायलले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ । नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले आज दिउँसो यहाँ ‘नयाँ पश्चिम एसियामा नव प्रभात’ विषयमा पत्रकार सम्मेलन गरेर नेपालसँगको द्विपक्षीय मैत्री र सहकार्य अझ सुदृढ बनाउने इजरायलको इच्छा व्यक्त गरे । साथै उनले सम्पन्न… Continue reading प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा इजरायलको बधाई
पाँच दिनमा टर्कीएको हवाई क्षेत्रमा इरानको दोस्रो क्षेप्यास्त्र छेदन
अङ्कारा, २६ फागुन (रासस–एएफपी) । वाशिंगटनले आफ्ना सबै नागरिकहरूलाई सुरक्षा चिन्ताको कारण दक्षिणपूर्वी टर्की छोड्न आग्रह गरेलगत्तै इरानबाट प्रहार गरिएको दोस्रो ब्यालेस्टिक क्षेप्यास्त्र टर्कीएको हवाई क्षेत्रमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) रक्षा प्रणालीले खसालेको अङ्काराले सोमबार बताएको छ । नेटोले पाँच दिनमा टर्कीएको हवाई क्षेत्रमा प्रहार गरेको यो दोस्रो क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेको छ… Continue reading पाँच दिनमा टर्कीएको हवाई क्षेत्रमा इरानको दोस्रो क्षेप्यास्त्र छेदन
अमेरिकी डेमोक्र्याटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिनको माग
वासिङ्टन, २६ फागुन (रासस–एएफपी) । अमेरिकी डेमोक्र्याटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई इरानको एक विद्यालयमा भएको आक्रमणमा दर्जनौँको मृत्यु भएको भनिएको आक्रमणको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् । इरानले इजरायल र अमेरिकाले युद्धको सुरुवातमै दक्षिणी शहर मिनाबको प्राथमिक विद्यालयमा आक्रमण गरेको आरोप लगाएको छ । इरानका अनुसार उक्त विस्फोटमा परी १५० भन्दा बढी… Continue reading अमेरिकी डेमोक्र्याटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिनको माग
बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
वासिङ्टन, २० फागुन (रासस–एएफपी) । अमेरिकाले बहराइन, जोर्डन र इराकमा सुरक्षा सेवामा रहेका कर्मचारीबाहेक अन्य गैर–आकस्मिक सेवामा कार्यरत अमेरिकी नागरिकलाई ती मुलुकबाट जतिसक्दो छिटो बाहिरिन सूचना जारी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार बहराइन र जोर्डन छाड्न गैर–आकस्मिक सेवाका कर्मचारीहरूलाई आदेश दिएको हो । इरानले अमेरिका–इजरायली आक्रमणको प्रतिकार गरिरहेको अवस्थामा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै यो… Continue reading बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
खाडी क्षेत्रमा इरानी प्रहार, तेल पूर्वाधार प्रभावित
मस्कट (ओमान), २० फागुन (रासस–एएफपी) । अमेरिका र इजरायलसँग जारी युद्धको पृष्ठभूमिमा इरानले आफ्नो आक्रमणको दायरा विस्तार गर्दै खाडी क्षेत्रका ऊर्जा पूर्वाधारलाई लक्षित गरेपछि तेल तथा ग्यास आपूर्तिमा नयाँ अनिश्चितता देखिएको छ । मङ्गलबार कतार, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) मा भएका आक्रमणले उत्पादन र भण्डारण संरचनामा असर पारेका छन् भने अन्तर्राष्ट्रिय बजारमा मूल्यसमेत… Continue reading खाडी क्षेत्रमा इरानी प्रहार, तेल पूर्वाधार प्रभावित
मध्यपूर्व युद्धको चौथो दिन कहाँ के भयो ?
पेरिस, २०, फागुन (रासस–एएफपी) । अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमणपछि सुरु भएको युद्ध चौथो दिनमा झन् तीव्र बन्दै गएको छ । तेहरानदेखि खाडी राष्ट्रहरू, लेबनान, इजरायल र युरोपसम्म यसको प्रभाव फैलिएको छ । इरानले औद्योगिक र कूटनीतिक लक्ष्यहरूमा आक्रमण जारी राख्दै अमेरिका र इजरायलविरुद्ध ‘नरकको ढोका’ खुल्ने चेतावनी दिएको छ भने विभिन्न देशहरूमा विस्फोट,… Continue reading मध्यपूर्व युद्धको चौथो दिन कहाँ के भयो ?
इयुविरुद्ध रुसी केन्द्रीय बैंकको मुद्दा
मस्को, २० फागुन (रासस–एएफपी) । युक्रेनमाथिको आक्रमणपछि युरोपेली सङ्घ (इयु) ले फ्रिज गरेको करिब दुई खर्ब ३० अर्ब डलर बराबरको रुसी सम्पत्तिका विषयमा रुसको केन्द्रीय बैंकले युरोपेली अदालतमा मुद्दा दायर गरेको जनाएको छ । अनिश्चितकालका लागि सम्पत्ति रोकेको निर्णय गैरकानूनी भएको दाबी गर्दै मस्कोले लक्जमबर्गस्थित युरोपेली सङ्घको जनरल कोर्टमा मुद्दा दायर गरेको हो । इयुका… Continue reading इयुविरुद्ध रुसी केन्द्रीय बैंकको मुद्दा
इरान आक्रमणप्रति चीन असहम
बेइजिङ, २० फागुन (रासस–एएफपी) । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहो¥याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्गलबार इजरायलका विदेशमन्त्री गिडियोन सारसँग टेलिफोन वार्ता गर्दै बेइजिङले इरानविरुद्धको सैन्य कारबाहीको विरोध गरेको बताएका राज्य सञ्चारमाध्यमले जनाएका छन् । मध्यपूर्वमा सप्ताहन्तमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि युद्ध सुरु भएको हो… Continue reading इरान आक्रमणप्रति चीन असहम
इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा
तेहरान, २० फागुन (रासस–एएफपी) । इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने निकायको भवनमा आक्रमण गरेको स्थानीय मिडियाले जनाएको छ । यस आक्रमणले भवनमा गम्भीर क्षति पुगेको र त्यसलाई बैठकका लागि प्रयोग नगर्ने निर्णय भएको जनाइएको छ । पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनी शनिबार अमेरिकाको आक्रमणमा मारिएका थिए । खामेनीको मृत्युपछि… Continue reading इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा
इरानले तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखे सैन्य प्रतिक्रिया जनाइने : साउदी सरकार
रियाद, साउदी अरब, १९ फागुन (रासस–एएफपी) । साउदी तेल प्रशोधन केन्द्रमा इरानले गरेको आक्रमणले साउदी अरबबाट सैन्य प्रतिक्रिया हुनसक्ने साउदी सरकार निकट स्रोतले सोमबार एएफपीलाई बताएको छ । साउदी अरबको खाडी तटमा रहेको विशाल रास तनुरा रिफाइनरीमा सोमबार दुई वटा ड्रोनद्वारा आक्रमणपछि यो आंशिक रूपमा बन्द भएको छ । स्रोतले सरकारी तेल कम्पनीलाई सङ्केत गर्दै… Continue reading इरानले तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राखे सैन्य प्रतिक्रिया जनाइने : साउदी सरकार
दुबई विमानस्थलले पुनः ‘सीमित’ उडानहरू सुरु गर्ने
दुबई, १९ फागुन (रासस–एएफपी) । दुबई र अबु धाबी विमानस्थलहरूसहित खाडी क्षेत्रमा इरानले आक्रमण गर्न थालेपछि रद्द गरिएको तीन दिनपछि सोमबार साँझबाट पुनः ‘सीमित’ उडानहरू सुरु हुने आबुधावी विमानस्थल प्रशासनले जानकारी गराएको छ। “दुबईले ‘दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डिएक्सबी)’ र ‘दुबई वल्र्ड सेन्ट्रल–अल मकतूम’ अन्तर्राष्ट्रिय विमानस्थल (डिडब्ल्यूसी)बाट उडानहरू सीमित रूपमा पुनः सुरु गर्ने घोषणा गरेको छ।… Continue reading दुबई विमानस्थलले पुनः ‘सीमित’ उडानहरू सुरु गर्ने
इरानी धर्मगुरुको शासनलाई हटाउने दिन नजिकिँदै : इजरायली प्रधानमन्त्री
जेरुसलेम, १९ फागुन (रासस–एएफपी) । इरानविरुद्ध अमेरिका–इजरायलको संयुक्त अभियानको उद्देश्य इरानीहरूलाई उनीहरूको धार्मिक नेतृत्वलाई हटाउने अवस्था सिर्जना गर्नु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार बताएका छन् । इरानी मिसाइलद्वारा प्रहार गरिएको इजरायली घटनास्थलको भ्रमण गरेपछि सञ्चारमाध्यमसँग गरेको कुराकानीमा प्रधानमन्त्री नेतन्याहुले भने, “त्यो दिन नजिकिँदै छ, र जब यो आउँछ, इरानी जनतासँग इजरायल र संयुक्त राज्य… Continue reading इरानी धर्मगुरुको शासनलाई हटाउने दिन नजिकिँदै : इजरायली प्रधानमन्त्री
खाडी मुलुकप्रति आफ्नो कुनै शत्रुता नरहेको इरानको दाबी
तेहरान, १८ फागुन (रासस–एएफपी) । अमेरिका–इजरायल आक्रमणपछि मध्यपूर्वमा कारबाही सुरु गरेको इरानले खाडी मुलुकप्रति कुनै दुर्भावना नराखेको विदेशमन्त्रीले सोमबार बताएका छन् । “इरानले पर्सियाली खाडी मुलुकहरुप्रति कुनै शत्रुता राख्दैन र उनीहरुसँग राम्रो छिमेकी सम्बन्ध कायम गर्न प्रतिबद्ध छ,” विदेशमन्त्री अब्बास अराघचीले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन वार्तामा भने । चिनियाँ विदेश मन्त्रालयले इरानी विदेशमन्त्रीलाई… Continue reading खाडी मुलुकप्रति आफ्नो कुनै शत्रुता नरहेको इरानको दाबी
इरानको आक्रमणबाट मारिएका नेपाली गोरखा बोर्लाङका दिवस श्रेष्ठ रहेको पुष्टी
गोरखा, १८ फागुन । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो । उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । अबुधाविस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलामा ड्रोन… Continue reading इरानको आक्रमणबाट मारिएका नेपाली गोरखा बोर्लाङका दिवस श्रेष्ठ रहेको पुष्टी
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
बेइजिङ, १८ फागुन (रासस–एएफपी) । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको मृत्यु भएको घटनाको कडा शब्दमा विरोध गर्दै इरानमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो हत्या इरानको सम्प्रभुता र सुरक्षाको गम्भीर उल्लङ्घन हो, संयुक्त राष्ट्रसङ्घको बडापत्रको उद्देश्य र सिद्धान्त… Continue reading चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द
पेरिस, १८ फागुन (रासस–एएफपी) । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र आंशिक वा पूर्ण रूपमा बन्द गरेका छन्, जसका कारण विश्वव्यापी हवाई यातायातमा सबैभन्दा ठूलो अवरोध देखा परेको छ । हजारौँ उडान ढिलाइ वा रद्द भएका छन्, हजारौँ यात्रुहरू अस्थायी रूपमा विमानस्थलमा रोकिएका छन् । इरान, इराक, इजरायल, सिरिया, कुवेत… Continue reading मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द
खाडी क्षेत्रमा इरानी आक्रमण जारी, क्षतिको विवरण के छ ?
दुबई, १७ फागुन (रासस–एएफपी) । आइतबार बिहान खाडीमा इरानी आक्रमणपछि दुबई, दोहा र मनामामा नयाँ विस्फोट र धुवाँ फैलिएको छ, जसले क्षेत्रीय तनाव र व्यापक द्वन्द्वको डर बढाएको छ । अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता र शीर्ष अधिकारीहरूलाई लक्षित गर्दै गरेको आक्रमणको प्रतिआक्रमण स्वरूप खाडीभरि सैन्य र नागरिक पूर्वाधारमा इरानी कारबाही भएको हो ।… Continue reading खाडी क्षेत्रमा इरानी आक्रमण जारी, क्षतिको विवरण के छ ?
कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः आठको मृत्यु, थुप्रै घाइते
कराची, १७ फागुन, (रासस–एएफपी) । पाकिस्तानको आर्थिक केन्द्र कराचीमा आइतबार अमेरिकी वाणिज्य दूतावासमाथि इरान समर्थक प्रदर्शनकारीहरूको आक्रमण प्रयासका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको उद्धार सेवाले पुष्टि गरेको छ । घटनाले सहरको सुरक्षा अवस्था एकाएक तनावग्रस्त बनाएको छ । एएफपीका पत्रकारका अनुसार सयौँ युवा प्रदर्शनकारीहरू वाणिज्य दूतावासको मुख्य गेटमाथि… Continue reading कराचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनः आठको मृत्यु, थुप्रै घाइते
काबुलमा पाक–अफगान हवाई झडप, विस्फोट र गोलीबारी
काबुल, १७ फागुन (रासस–एएफपी) । अफगान सेनाले पाकिस्तानी विमानमा गोली हान्दा काबुलमा आइतबार लगातार विस्फोट र गोलीबारी भएको थियो र स्थानीय एएफपी पत्रकारहरूले ती आवाजहरू प्रत्यक्ष अनुभव गरेका थिए । सीमा क्षेत्रमा भएको पछिल्ला झडपहरूले तालिबान सरकार र पाकिस्तानबीच तनाव तीव्र बनाएको छ । झडपहरूले नागरिक र सुरक्षा बल दुवै प्रभावित भएका छन् । तालिबान… Continue reading काबुलमा पाक–अफगान हवाई झडप, विस्फोट र गोलीबारी
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
ब्रसेल्स, १७, फागुन (रासस–एपी) । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको रिपोर्ट गरिएको मृत्युले मध्यपूर्वलाई अनिश्चित मोडमा पुर्याएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्तामा रहेको इस्लामिक गणतन्त्रका दोस्रो सर्वोच्च नेताको निधन भएको समाचार बाहिरिएसँगै क्षेत्रीय शक्ति सन्तुलन, आणविक कार्यक्रमको भविष्य र सम्भावित व्यापक… Continue reading खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
इरान सङ्कट चर्कियो, खामेनीको मृत्युपछिको अवस्था के छ ?
पेरिस, १७ फागुन (रासस–एएफपी) । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण थालेपछि मध्यपूर्व अभूतपूर्व तनावमा धकेलिएको छ । आक्रमणकै क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । इरानी सरकारी टेलिभिजनले आइतबार बिहान त्यसको पुष्टि गरेको छ । घटनाक्रमले क्षेत्रीय युद्धको जोखिम तीव्र बनाएको… Continue reading इरान सङ्कट चर्कियो, खामेनीको मृत्युपछिको अवस्था के छ ?
इरानका सर्वोच्च नेता खामेनेइ अमेरिकी आक्रमणमा मारिए
इरानका सर्वोच्च नेता अयोतोल्लाह अलि खामेनेइ अमेरिकी आक्रमणमा मारिएका छन् । यसको पुष्टि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी सरकारी टेलिभिजनले गरेका छन् । इरानमा ४० दिनको शोक घोषणा गरिएको छ । अमेरिका र इजरायलले इरानमा भयानक आक्रमण गरिरहेका छन् । सो क्रममा दर्जनौ सामान्य नागरिकको समेत ज्यान गैसकेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार आक्रमणमा… Continue reading इरानका सर्वोच्च नेता खामेनेइ अमेरिकी आक्रमणमा मारिए
भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित
नयाँदिल्ली, १६फागुन (रासस–एएफपी) । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् । “मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै, मध्यपूर्वका सबै गन्तव्यहरूमा जाने एयर इन्डियाका सबै उडानहरू स्थगित गरिएको एयर इन्डियाले सामाजिक सञ्जाल एक्स मार्फत विज्ञप्ति जारी… Continue reading भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित
इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव उच्च स्तरमा
तेल अभिव (इजरायल), १६ फागुन (रासस–एएनआई) । इरानले शनिबार इजरायली क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उक्त आक्रमणले मध्यपूर्वमा बढ्दो तनावलाई नयाँ उच्चस्तरमा पुर्याएको छ । इजरायली रक्षा बल (आइडिएफ) ले प्रहार पुष्टि गर्दै आफ्नो मिसाइल रक्षा प्रणाली सक्रिय गरेको र प्रभावित क्षेत्रका नागरिकहरूलाई तत्काल आश्रय लिन मोबाइल अलर्टमार्फत निर्देशित गरिएको बताएको छ । आइडिएफले… Continue reading इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव उच्च स्तरमा
तेहरानमा इजरायलीले थाल्यो आक्रमण
दुबई, १६ फागुन (रासस–एपी) । अमेरिका–इरान आणविक वार्तामा तनाव बढिरहेका बेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा दिनदहाडै आक्रमण गरेको छ । सहरको केन्द्र भागबाट धुवाँका बाक्लो बादल उठेको देखिएको छ भने आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कार्यालय नजिकै केन्द्रित भएको जनाइएको छ । छयासी वर्षीय खामेनी आक्रमणका बेला कार्यालयभित्र थिए की थिएनन् भन्ने तत्काल… Continue reading तेहरानमा इजरायलीले थाल्यो आक्रमण
सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता
जेनेभा, १६ फागुन (रासस–एपी) । मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच तेहरानको आणविक कार्यक्रमबारे भएको पछिल्लो अप्रत्यक्ष वार्ता कुनै ठोस सम्झौताविना समाप्त भएको छ । जेनेभामा बिहीबार घण्टौँ चलेको संवादपछि दुवै पक्ष बाहिरिए पनि तनाव घट्ने सङ्केत स्पष्ट देखिएको छैन । वार्ताको मध्यस्थता गरिरहनुभएका ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले ‘उल्लेखनीय प्रगति’ भएको बताए ।… Continue reading सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता