न्यूयोर्क पुलिस डिपार्टमेण्टले प्रसुतीको अवस्थामा पनि हतकडी लगाएको कारणले एक महिलालाई अमेरिकी डलर ६ लाख १० हजार तिर्न राजी भएको छ । जेन डो नाम गरेकी महिलाले गत ७ फेब्रुअरी २०१८ मा आफुलाई गिरफ्तार गरेको केही बेरमा नै प्रसव व्यथा शुरु भएको र सो समयमा पनि प्रहरीले हतकडीले बाँधेर राखेको न्यूयोर्क सिटी बिरुद्धको आफ्नो उजुरीपत्रमा… Continue reading हतकडीमा बच्चा जन्माउन बाध्य पारेकोले न्यूयोर्क पुलिसले तिर्ने भए ६१०,००० डलर
Category: अमेरिका
न्युयोर्क जे एफ केबाट उडेको जहाजमा आगो लाग्यो,यात्रु सकुसल
न्युयोर्क न्युयोर्कको जोन अफ केनेडी बिमानस्थलबाट २१७ यात्रु लिएर लन्डनको हिथ्रो बिमानस्थल जान लागेको एक जहाजभित्र आगो लागे पछी अमेरिकाकै अर्को शहर बोस्ट्नमा आकस्मिक अबतरण गरिएको छ ।भर्जिन एट्लान्टिक उडान नम्बर १३८ बिहीवार साँझ साँढे सात बजे जे एफ के बिमानस्थलबाट उडेको थियो ।बिमान उडेको ३० मिनेटमा नै यात्रु सिट नजिकबाट धुँवा र आगोको मुस्लो… Continue reading न्युयोर्क जे एफ केबाट उडेको जहाजमा आगो लाग्यो,यात्रु सकुसल
नेपालीको यो साता तीन ठाउमा सम्मेलन
विश्व न्यूज संवाददाता अमेरिका । अमेरिकाको विभिन्न तीन शहरमा जारी यो साता नेपालीका तीन वटा सम्मेलन हुने भएको छ । इलिनोइ राज्यको शिकागोमा गैर आवासीय नेपाली संघ अमेरिकाको आठौं साधारण सभा तथा पदस्थापन कार्यक्रम हुदैछ भने मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा नेपाली नेशनल कन्भेन्सन हुदैछ । त्यस्तैं, क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा नेपलिज अमेरिकन कन्भेसन हुदैछ… Continue reading नेपालीको यो साता तीन ठाउमा सम्मेलन
स्वतन्त्रता दिबसको दिन अमेरिकामा ठुलो भुकम्प
सिंगो अमेरिका स्वतन्त्रता दिबसमा मस्त भएका बेला क्यालिफोर्नियामा भने भुकम्प गएको छ ।दक्षिण क्यालिफोर्निया केन्द्र बिन्दु भएर बिहान १० बजेर ३३ मिनेट जाँदा भुकम्प गएको यु एस जुलोजिकल सर्भेले जनाएको छ । भुकम्पको केन्द्रबिन्दु मोजाभे डेजर्ट रहेको बाताईको छ । ६ दशमलब ४ म्याग्निचुडको भुकम्पको धक्काको महसुस लसएन्जलस देखी लास भेगास सम्म गरिएको थियो ।… Continue reading स्वतन्त्रता दिबसको दिन अमेरिकामा ठुलो भुकम्प
ट्रम्पका आलोचक रिपब्लिकन सांसदले पार्टी छोडे
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक रिपब्लिकन सांसद जष्टिन अमाशले पार्टी छोडेको घोषणा गरेका छन् । उनले अमेरिकी स्वतन्त्रता दिवसको दिन पारेर द वासिंटन पोष्टमा लेख लेख्दै पार्टीगत राजनीतिबाट स्वतन्त्र भएको घोषणा गरेका हुन् । अमाश सन् २०११ मा मिचिगन तेस्रो कंग्रेसनल डिष्ट्रिक्टबाट पहिलो पटक हाउस अफ रिप्रिजेन्टेटिभ निर्वाचित भएका थिए । त्यस यताका… Continue reading ट्रम्पका आलोचक रिपब्लिकन सांसदले पार्टी छोडे
राष्ट्रपति ट्रम्पले अमेरिकाको जन्मोत्सवमा देखाउने भए सैन्य शक्ति
न्यूयोर्क राष्ट्रपतिमा निर्वाचित भएदेखि नै फरक रुपमा प्रस्तुत हुँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले भोली बिहीबारको अमेरिकी स्वतन्त्रता दिवस समेत फरक रुपमा मनाउने भएका छन् ।सन् १७७६ जुलाई ४ मा ग्रेट ब्रिटेनबाट स्वतन्त्र भएको अमेरिकाको बिशेष दिनलाई अन्य राष्ट्रपति झैं परम्परागत ढंगमा यस पटक राष्ट्रपति ट्रम्पले अमेरिकी स्वतन्त्रता दिवस नमनाउने भएका छन् ।भोली बिहीवार अमेरिकाको राजधानीमा… Continue reading राष्ट्रपति ट्रम्पले अमेरिकाको जन्मोत्सवमा देखाउने भए सैन्य शक्ति
नाबालक मृत फेला
टेक्सस । टेक्सस डलास नजिक पर्ने डेन्टन शहरको एक अपाटमेन्टमा बस्दै आएको एक नेपाली मुलको परिवारका २ बर्षिय नाबालक मृत अवस्थामा फेला परेका छन् । मंगलवार देखी हराएका नाबालक सुर्बेश गुरूङ बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् । स्थानीय पुलीसले उनको शव उनी वस्दै आएकाे अपाटमेन्टमा पार्किङ गरिएको एक गाडी भित्र फेला पारेको जनाएको छ… Continue reading नाबालक मृत फेला
कर्ण शाक्यसँग नेवा: नख: को न्युयोर्कमा अन्तरकृया
न्यूयोर्क नेवा: नख: न्युयोर्कको आयोजनामा न्यूयोर्क क्वीन्सस्थित सत्यनारायण मन्दिरमा कर्ण शाक्यसँग अन्तरक्रिया सम्पन भएको छ । गत जुन ३० तारिख अाईतबारका दिन सम्पन्न अन्तर्कृया कार्यक्रममा न्युयोर्क र न्यूजर्सी लगायतका शहरबाट नेपाली अमेरिकन समाजका बुद्धिजीबी, समाजसेवी, पत्रकार, बिभिन्न संघ-संस्थाका प्रतिनिधी तथा अन्य महिलाहरुको उल्लेख्य सहभगिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि श्री कर्ण शाक्यले… Continue reading कर्ण शाक्यसँग नेवा: नख: को न्युयोर्कमा अन्तरकृया
राष्ट्रपति ट्रम्पको कर विवरण सार्वजनिक गर्नुपर्ने भन्दै डेमोक्र्याटद्वारा मुद्दा
डेमोक्र्याट पार्टी समर्थक तल्लो सदनले राष्ट्रपति डोनाण्ड ट्रम्पको ब्यक्तिगत कर सम्वन्धि अभिलेख सार्वजनिक गर्नुपर्ने माग गर्दै आन्तरिक राजस्व सेवा (आईआरएस) र ट्रजरी डिपार्टमेण्ट (अर्थ मन्त्रालय) बिरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। आज मंगलबार राष्ट्रपति ट्रम्पको बिगत ६ बर्षदेखिको कर दाखिलाको अभिलेख सार्वजनिक गर्नुपर्ने माग गर्दै वाशिङ्टन डिसीस्थित संघीय अदालतमा मुद्दा दायर गरिएको हो । म्यासाच्युसेट्सको… Continue reading राष्ट्रपति ट्रम्पको कर विवरण सार्वजनिक गर्नुपर्ने भन्दै डेमोक्र्याटद्वारा मुद्दा
अमेरिका जाने विद्यार्थीको भिषा शूल्क घट्यो
काठमाडौं । अमेरिकी सरकारले उक्त देशमा पढ्न जाने विद्यार्थीका लागि भिषा शुल्क घटाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार विद्यार्थीका लागि भिषा शुल्क घटाएको हो । दूतावासले नेपाली विद्यार्थीसँग २ सय अमेरिकी डलर छूट गर्ने निर्णय भएको जानकारी गराएको छ । घटेको शूल्क १ जुलाई अर्थातः सोमबारदेखि कार्यान्वयनमा आएको छ । उक्त दिनदेखि आवेदन दिने… Continue reading अमेरिका जाने विद्यार्थीको भिषा शूल्क घट्यो
समाजले समर क्याम्प गर्ने
विश्व न्यूज संवाददाता टेक्सस । नेपाली समाज टेक्ससले जुलाई १४ देखि समर क्याम्प संचालन गर्ने भएको छ । यसैगरी समाजले स्मारिका समेत प्रकाशन गर्ने भएको छ । आइतवार समाजले पत्रकार सम्मेलन गर्दै कक्षा १ देखि ८ सम्म अध्ययनरत् बालबालिकाको सहभागिता समर क्याम्पमा रहने जानकारी गराईयो । स्वामी चिन्तामणी योगीले सहजीकरण गर्ने समर क्याम्पमा बालबालिकाहरुलाई पूर्वीय… Continue reading समाजले समर क्याम्प गर्ने
अमेरिकी मिडियासँग भन्दा बिदेशी तानाशाहसँगको सम्बन्ध राम्रो- राष्ट्रपति ट्रम्प
न्यूयाेर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बन्ध अमेरिकी मिडियासँग भन्दा बिदेशी तानाशाहहरुसँग राम्रो भएको बताएका छन् । जि २० शिखर सम्मेलनका दौरान जापान स्थित अमेरिकी मिडियाकर्मीहरुको भिडमा राष्ट्रपति ट्रम्पले उक्त अभिब्यक्ती दिएका हुन् । ओसाका स्थित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने “ मेरो सम्बन्ध तिमीहरु बाहेक सबै सँग राम्रो छ । मेरो सम्बन्ध राष्ट्रपती पुटिन… Continue reading अमेरिकी मिडियासँग भन्दा बिदेशी तानाशाहसँगको सम्बन्ध राम्रो- राष्ट्रपति ट्रम्प
जनसम्पर्क समिति वेष्ट टेक्ससद्धारा एनआरएनए अध्यक्ष सम्मानित
विश्व न्यूज संवाददाता टेक्सस । नेपाली जनसम्पर्क समिति अमेरिका वेष्ट टेक्सस च्याप्टरको आयोजनामा शनिवार विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । समितिले गैर आवासीय नेपाली संघ अमेरिकाका नवनिर्वाचित अध्यक्ष सुनील साह, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष कविर राणा र देशान्तर साप्ताहिकका सम्पादक विनय देवकोटालाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दैं नेपाली कांग्रेस महासमिति सदस्य हरीबोल… Continue reading जनसम्पर्क समिति वेष्ट टेक्ससद्धारा एनआरएनए अध्यक्ष सम्मानित
न्यूयोर्क सिटीले घोषणा गर्यो जलवायु परिवर्तन संकटकाल, ट्रम्प नीतिलाई चुनौती
न्यूयोर्क अमेरिकाको सबैभन्दा ठूलो सहर न्यूयोर्क सिटीले जलवायु संकटकाल घोषणा गरेको छ । बढ्दो विश्व तापक्रम जुध्न सिटीले यो ऐतिहासिक घोषणा गरेको हो । न्यूयोर्कले यो निर्णयसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि प्रष्ट सन्देश दिएको छ । न्यूयोर्कमै घर भएका ट्रम्प जलवायु परिवर्तनमा विश्वास गर्दैनन् र यससँग सम्बन्धित बैज्ञानिक तथ्यहरुलाई हाँसोको बिषय बनाउँदै आएका छन् ।… Continue reading न्यूयोर्क सिटीले घोषणा गर्यो जलवायु परिवर्तन संकटकाल, ट्रम्प नीतिलाई चुनौती
कोपा अमेरिका : अर्जेन्टिना र ब्राजिलको भेट सेमिफाइनलमा
ब्राजिल । ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना र चिलीले क्वार्टरफाइनलका खेल जितेका छन् । सेमिफाइनलमा स्थान पक्का गर्ने क्रममा अर्जेन्टिनाले भेने भेनेजुयलालाई पराजित गर्यो भने चिलीले कोलम्बियालाई हरायो । शनिबार बिहान भएको खेलमा चिली र कोलम्बियाको खेलको नतिजा भने पेनाल्टी सूटआउटका माध्यमबाट आएको थियो । सेमिफाइनलमा विश्व फूटबलका दुई उत्कृष्ट टोली अर्जेन्टिना र… Continue reading कोपा अमेरिका : अर्जेन्टिना र ब्राजिलको भेट सेमिफाइनलमा
पूर्व राष्ट्रपतिले भने – ट्रम्पले सन् २०१६ मा निर्वाचन जितेकै होईन, रसियाले राष्ट्रपति बनाएको हो ।
अमेरिकाका एक पूर्व राष्ट्रपतिले बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनधिकृत राष्ट्रपतिको संज्ञा दिएका छन् । बर्तमान राष्ट्रपतिलाई अबैधानिक राष्ट्रपति भन्ने ब्यक्ती जिमी कार्टर हुन् । कार्टर अमेरिकाको ३९ औ राष्ट्रपति हुन् भने उनले सन् १९७७ देखि१९८१ सम्म राष्ट्रपतिको रुपमा काम गरेका थिए । पूर्व राष्ट्रपति जिमी कार्टरले शुक्रबार बिहान मानव अधिकार सम्बन्धी एक कार्यक्रममा भने “रसियाको… Continue reading पूर्व राष्ट्रपतिले भने – ट्रम्पले सन् २०१६ मा निर्वाचन जितेकै होईन, रसियाले राष्ट्रपति बनाएको हो ।
न्यूयोर्कमा किन गर्दैछन् प्रहरीले श्रृङ्खलाबद्ध आत्महत्या – अर्को प्रहरीले ठोके आफैलाई गोली
न्युयोर्क न्यूयोर्क प्रहरीमा कार्यरत ५३ वर्षिय प्रहरी अधिकृत केभिन प्रेसिसले लङ्अाईल्याण्डस्थित आफ्नै निवासमा गोली प्रहार गरी आत्महत्या गरेका छन् । प्रहरी श्रोतका अनुसार गत बुधबार राती अन्दाजी ९ बजेर ५० मिनेटको समयमा टाउकोमा गोली लागेको अवस्थामा भेटिएका प्रेसिसलाई तत्काल मृत घोषित गरिएको थियो । प्रहरी अधिकृत प्रेसिसको आत्महत्या पछी न्यूयोर्क शहरमा जुन महिना भित्र आत्महत्या… Continue reading न्यूयोर्कमा किन गर्दैछन् प्रहरीले श्रृङ्खलाबद्ध आत्महत्या – अर्को प्रहरीले ठोके आफैलाई गोली
छोरालाई तुच्छ आप्रबासी भनी होच्याईयो : बचाऊ गर्दा आमा कुटिईन्
न्यूजर्सी पसेक काउण्टी प्रोसिक्युटर्स कार्यालयका अनुसार १३ वर्षका केटामाथि कक्षाको साथीलाई आप्रबासी बिरुद्ध अपहेलनायुक्त शब्द प्रयोग गरेको र उसको आमालाई कुटपिट गरेको अभियोगमा पक्राउ गरेको छ । एटोर्नी डेनियल सेन्टियागोका अनुसार पिडित भेरोनिका रुईज न्यूजर्सी पसेकको सडकमा गत १९ तारिख उनको एक वर्षिया बेबी र १२ बर्षका छोराको साथमा हिडिरहेको अवस्थामा पछ्याउँदै आएका ३… Continue reading छोरालाई तुच्छ आप्रबासी भनी होच्याईयो : बचाऊ गर्दा आमा कुटिईन्
अमेरिकामा मनोरञ्जन प्रयोजनको लागि गाँजा सेवन खुल्ला गर्ने ११ औं राज्य बन्यो: ईलनोए
गत मंगलबार ईलनोए राज्यका डेमोक्रेटिक गभर्नर जेबी प्रिज्करको निर्णयकारी हस्ताक्षरपछि अमेरिकाको ईलनोए राज्य ११ औं गाँजा खुल्ला राज्य बनेको छ । मनोरञ्जनात्मक प्रयोजनको लागि तोकिएको अंश गाँजा र गाँजाजन्य पदार्थ टेट्रा-हाईड्रो-क्यानिबिनोल (टिएचसी) सेवन गर्न २१ बर्ष उमेर पुरा गरेको हुनुपर्दछ । कानून मुताबिक डाक्टरको सिफारिस प्राप्त गरी औषधीको रुपमा अरुले नदेख्ने ठाउँमा गाँजाको बिऊ रोप्न… Continue reading अमेरिकामा मनोरञ्जन प्रयोजनको लागि गाँजा सेवन खुल्ला गर्ने ११ औं राज्य बन्यो: ईलनोए
राष्ट्रपति ट्रम्प दक्षिण कोरिया जाने, उत्तर कोरिया पुग्लान ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया भ्रमणमा जाने भएका छन् । विश्वका २० ठूला औद्योगिक शक्ति राष्ट्रहरुको जी-२० शिखर सम्मेलन जापानमा शुरु हुँदैछ । यो सम्मेलनमा भाग लिन राष्ट्रपति ट्रम्प जापान आउँदैछन् । सोही मौकामा राष्ट्रपति ट्रम्प आगामी शनिबार दक्षिण कोरियाको राजधानी सियोल पुग्ने दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनको कार्यालयले उल्लेख गरेको छ। दक्षिण… Continue reading राष्ट्रपति ट्रम्प दक्षिण कोरिया जाने, उत्तर कोरिया पुग्लान ?
अमेरिकामा तात्दै छ चुनावी माहोल, डेमोक्र्याटिकबाट मात्र २५ दावेदार
आगामी नोभेम्बर २०२० मा हुने राष्ट्रपतीय निर्वाचनको माहौल शुरु भइसकेको छ । पाटी भित्र राष्ट्रपतिको उमेदवारी घोषणा गर्ने क्रममा जारी रहेको छ । अमेरिकाका पूर्वसांसद् एवं नौसेनाका पूर्वअध्यक्ष जोई सेस्टकले डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने घोषणा गरे । उनको घोषणासँगै डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवार बन्ने आकंक्षीको संख्या २५ पुगेको छ । अमेरिकामा हरेक ४… Continue reading अमेरिकामा तात्दै छ चुनावी माहोल, डेमोक्र्याटिकबाट मात्र २५ दावेदार
हवाईमा हवाई दुर्घटना हुँदा ९ को मृत्यु
अमेरिकाको पर्यटकीय राज्य हवाईमा गत शुक्रबार राती एक बिमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । बिमानलाई स्काई डाईभको लागि प्रयोग गर्ने क्रममा दुर्घटना भएको अधीकारीहरुले संचार माध्यमलाई बताएका छन् भने स्काई डाईभिङ्का लागि जहाजमा गएका कतिपय मृतकका परिवार बिमानस्थलमा कुरिरहेको समेत बताईएको छ । दुईवटा ईन्जिन भएको किङ एयर… Continue reading हवाईमा हवाई दुर्घटना हुँदा ९ को मृत्यु
गाडीले ठक्कर दिंदा ७ जना मोटरसाईकल चालकको मृत्यु
न्युह्याम्पसायर एउटा पिकअप ट्रक मोटर साईकल चालकहरुको समुहमा ठोक्किन पुग्दा न्युह्याम्पसायरस्थित सानो हाईवेमा गत शुक्रबार साँझ ७ जना मोटरसाईकल चालकको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । न्युह्याम्पसायरका स्थानीय प्रहरीका अनुसार रेन्डल्फस्थित यु एस -२ नामको २ लेनको साँघुरो सडकमा डज पिक अपले समुह बनाएर हाईवेमा तिब्र गतीमा कुदेका मोटर साईकल चालकहरुलाई… Continue reading गाडीले ठक्कर दिंदा ७ जना मोटरसाईकल चालकको मृत्यु
न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे
न्यूयोर्क पुलिस डिपार्टमेण्टले ३ दर्जनभन्दा बढी उबर र लिफ्ट ड्राईभर चोरिएको घट्नाको छानबिन गरिरहेको छ । पुलिसका अनुसार अप्रिलदेखि यता मात्रै ३ जना १६ देखि २५ बर्षका चतुर चोरहरुले न्यूयोर्कको ब्रोन्क्स, ब्रक्लिन, क्वीन्स र म्यानह्याटनमा करिब ४० भन्दा बढी ड्राईभरमाथि उस्तै किसिमको तरिका अपनाई लुटिसकेका छन् । जति प्रबिधिले सुबिधा दिएको छ, त्यति नै सावधान… Continue reading न्यूयोर्कको उबर/लिफ्ट ड्राईभर होसियार : ग्राहकको रुपमा चोरले हज्जारौं चोरे
३० बर्षभित्र न्यूयोर्क राज्यबाट खनिज र पेट्रोलियममा आधारित उर्जा अन्त्य हुने
न्यूयोर्क न्यूयोर्क राज्यले विश्वकै सर्वाधिक महत्वाकांक्षीमध्येको जलवायु नीतिलाई पारित गरेको छ । जस अनुसार सन् २०५० भित्रमा राज्यमा उपयोग हुने सबै विद्युतको स्रोत कार्वन विहिन हुनेछन् । कार्वन उत्सर्जनलाई न्यूनतम बिन्दुमा झार्ने गरि नीति तय गर्न न्यूयोर्क विधायीका तयार भएको हो । जस अनुसार धेरै ग्यास खपत गर्ने कार, तेलबाट बल्ने हिटर लगायत पेट्रोलियम पदार्थमा… Continue reading ३० बर्षभित्र न्यूयोर्क राज्यबाट खनिज र पेट्रोलियममा आधारित उर्जा अन्त्य हुने
युटीए नेपाली विद्यार्थी एशोसिएशनमा ओझा
टेक्सस । युनिभर्सिटी अफ टेक्सस एट आर्लिङ्टन, नेपाली विद्यार्थी एशोसिएशनमा आयुश ओझाको अध्यक्ष्तामा नया समिति बनेको छ । जसको उपाध्यक्ष्मा सुनयना मल्ल, महासचिवमा स्वीकृती भट्टराई, कोषाध्यक्ष्मा निश्मा लुइटेल, लजिष्टिक अफिसरमा प्रिन्शा नेपाल, पब्लिक रिलेशन अफिसरमा प्रिन्श अग्रवाल, इभेन्ट म्यानेजरमा सुजिता श्रेष्ठ, आइटी अफिसरमा शिशिर सुनचौरी र सोनाम लामा, इभेन्ट प्लानरमा फाल्गुन बटाजु र प्रिजु कोइराला,… Continue reading युटीए नेपाली विद्यार्थी एशोसिएशनमा ओझा
शियाटलमा व्यवसायिक सेमिनार हुने
विश्व न्यूज संवाददाता अमेरिका । अमेरिकामा रहेका नेपाली व्यापारी र व्यवसायी तथा अमेरिकाको बजार लक्षित व्यापार व्यवसायमा संलग्न नेपालका व्यापारी व्यवसायीका लागि अमेरिकाको वासिङ्टन राज्यको शियाटलमा व्यवसायीक सेमिनार हुने भएको छ । वासिङ्टन राज्यका लागि अवैतनिक वाणिज्य दुत एसी शेर्पाको पहलमा जुलाई २६ मा सेमिनार आयोजना गरिएको हो । मुख्य ३ उद्देश्यमा केन्द्रीत रहेर… Continue reading शियाटलमा व्यवसायिक सेमिनार हुने
पुनः निर्वाचनका लागि फ्लोरिडाबाट ट्रम्पको प्रचार सुरु, बिपक्षीलाई गालीकाे बर्षा
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आमसभा आयोजना गरि दोस्रो कार्यकालको प्रचार प्रसार थालेका छन् । मंगलबार साँझ फ्लोरिडाको ओर्लान्डोमा प्रथम महिला मलेनिया ट्रम्प एवं उपराष्ट्रपति माइक पेन्स दम्पती सहितको उपस्थितीमा ट्रम्पले २०२० मा आफुले दोस्रो कार्यकालका लागि चुनाव लड्ने घोषणा गरेका हुन् । ट्रम्पले चार बर्ष अघि राष्ट्रपतिका लागि उम्मेद्वारी घोषणा गर्दाका समान एजेन्डालाई… Continue reading पुनः निर्वाचनका लागि फ्लोरिडाबाट ट्रम्पको प्रचार सुरु, बिपक्षीलाई गालीकाे बर्षा
चुम्बन आलिङ्गन : सफा वा दोषी
करिव ६ बर्ष अगाडिको एउटा परिघटनाबाट सन्धर्व सुरु गर्छु ।मेरो हजुरआमा बितेको तेश्रो दिन म काममा फर्कदा सबैलेसहानुभुती दर्शाउन आंगालो मार्दै दु:ख शेयर गरिरहेका थिए ।त्यही बेलामा एक पोर्तोरिकन महिला साथीले पनि अंगालो मारेरआफू पनि दुखी भएको भाव दर्शाइन । मैले उनले दर्शाएकोसहानुभुतीलाई धन्यबाद ज्ञापन गरें । अर्को दिन पनि ती महालाअंगालो मार्न काममा पुग्ने… Continue reading चुम्बन आलिङ्गन : सफा वा दोषी
लुकाएर ल्याईएका ३४ वटा जिउँदा चरा सहित एक ब्यक्ती न्यूयोर्क एयर्पोर्टमा पक्राउ
न्युयोर्क।गत अाईतबार एक ब्यक्ति न्यूयोर्क स्थित जोन अफ केनेडी बिमानस्थलमा भंगेरा प्रजातिको “सिङगिङ फिन्च् ” नामक चरा तस्करी गर्ने अभिप्रायले अमेरिका भित्र्याउन खोजेको अभियोगमा पक्राउ परेका छन् । गायनाबाट ल्याईएका ३४ वटा जिउँदा चरा सहित ३९ बर्षिय फ्रान्सिस गुराहोलाई जोन अफ केनेडी बिमानस्थलको भन्सार कार्यालयले चरा लुकाएर छिराउन खोजिएको अवस्थामा पक्राउ गरिएको संघिय अभियोजकले ब्रुकलिनस्थित अदालतमा पेस… Continue reading लुकाएर ल्याईएका ३४ वटा जिउँदा चरा सहित एक ब्यक्ती न्यूयोर्क एयर्पोर्टमा पक्राउ