काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाट सिधै चीन जाने भएका छन् । चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज हाङझाव जान लागेका हुन्। न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली हाङझाव प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । हाङझावमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ। भोलीदेखि… Continue reading प्रचण्ड आज अमेरिकाबाट सिधै चीन जाँदै
Category: डायस्पोरा
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले गरे सम्बोधन, शान्ति कायम राख्न विश्व समुदायलाई आह्वान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् । आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई अपिल गरेका छन् । भू–राजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवादका कारण विश्व शान्ति र सुरक्षामा चुनौती बढ्दै गएको बताउँदै उनले संयुक्त राष्ट्र सङ्घको बडापत्रको प्रमुख लक्ष्यमा समेत गम्भीर असर परेको बताए… Continue reading संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले गरे सम्बोधन, शान्ति कायम राख्न विश्व समुदायलाई आह्वान
यूरोप-अमेरिकी पठाइदिने प्रलोभनमा ४ करोड ठगी, म्यानपावरको अनुमति खारेज
काठमाडौं । वीस एचआर सोलुसनका सञ्चालकहरुमाथि झण्डै ४ करोड रुपैयाँ ठगीको अभियोगमा मुद्दा दायर भएको छ । कम्पनीका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ र फडिन्द्र कोइरालाको मिलेमतोमा ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ ठगी गरेको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधीकरण समक्ष अभियोग पत्र दायर गरेको जनाएको… Continue reading यूरोप-अमेरिकी पठाइदिने प्रलोभनमा ४ करोड ठगी, म्यानपावरको अनुमति खारेज
न्यूयोर्कमा नेपाल र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ। प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो। दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल,… Continue reading न्यूयोर्कमा नेपाल र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता
संयुक्त राष्ट्रसंघको महासभामा आज प्रधानमन्त्री प्रचण्डको सम्बोधन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भएका छन् । महासभा सुरू भएको चार दिनपछि नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्ने भएका हुन्। सम्बोधनका क्रममा नेपालले हासिल गरेका राजनैतिक उपलब्धिहरू बारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, दिगो विकास र जलवायु… Continue reading संयुक्त राष्ट्रसंघको महासभामा आज प्रधानमन्त्री प्रचण्डको सम्बोधन
नेपाल बन्यो वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सनको पक्ष राष्ट्र
काठमाडौं । नेपाल वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे)को पक्ष राष्ट्र बनेको छ । सो सम्बन्धी सम्झौतामा नेपालले हस्ताक्षर गरेको छ। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसंघले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरे । अतिकम विकसित देशबाट यो… Continue reading नेपाल बन्यो वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सनको पक्ष राष्ट्र
नेपालका परराष्ट्र मन्त्री र अमेरिकी पुर्व विदेशमन्त्री बीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ। भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो। यसैगरी दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो। भेटघाटको अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी थिए। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र मन्त्री… Continue reading नेपालका परराष्ट्र मन्त्री र अमेरिकी पुर्व विदेशमन्त्री बीच भेटवार्ता
न्यूयोर्कमा सार्क सक्रिय बनाउने नेपालको प्रयास किन सफल भएन ?
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा आयोजना हुँदै आएको सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरूको बैठक यस वर्ष पनि हुन नसकेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्। दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कमा दक्षिण एशियाका आठ राष्ट्र सदस्य छन्। न्यूयोर्कबाट बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै मन्त्री साउदले सार्क राष्ट्रका केही देशहरूले उक्त बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको बताएका… Continue reading न्यूयोर्कमा सार्क सक्रिय बनाउने नेपालको प्रयास किन सफल भएन ?
अस्ट्रेलियाका सभामुख नेपाल भ्रमणमा आउने
काठमाडौं । अस्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकले आगामी अक्टोबरमा नेपाल भ्रमण गर्ने भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले सभामुखको नेपाल भ्रमणबारे जानकारी गराएकी छिन् । अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भेट गर्ने क्रममा अस्ट्रेलियाले नेपाललाई उच्च प्राथमिकतामा राखेको बताउँदै भ्रमणबारे जानकारी गराएकी हुन्… Continue reading अस्ट्रेलियाका सभामुख नेपाल भ्रमणमा आउने
एसडीजी सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन
काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिवद्धता कार्यान्वयनमा जोड दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र भू–राजनीतिक तनावजस्ता विश्वव्यापी… Continue reading एसडीजी सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन
जनसम्पर्क समितिको कार्यक्रममा परराष्ट्र मन्त्रीको स्वागत कि बिदाई ?
न्युयोर्क सेप्टेम्बर १७ तारिखमा जनसम्पर्क समितिले नेपालका परराष्ट्रमन्त्री एन पी सावद र भूपू मन्त्री जितेन्द्र देवको स्वागत कार्यक्रम आयोजना गर्यो। संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन आएका मन्त्री अति ब्यस्त भएकोले समयाभावको कारण सबैलाई ठिक अपरान्ह २ बजे उपस्थित हुन सुचना जनसम्पर्कका स्थायी महामन्त्री मुनेन्द्र नेम्वाङले सुचना जारी गरे। अनि अमेरिका जस्तो संसारको प्रमुख बिकसित… Continue reading जनसम्पर्क समितिको कार्यक्रममा परराष्ट्र मन्त्रीको स्वागत कि बिदाई ?
न्यूयोर्कमा नेपाली पत्रकारसँग के भने प्रधानमन्त्रीले ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गर्ने आश्वासन दिएका छन् । उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको समेत जानकारी गराए । कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने उनको प्रतिवद्धता छ । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागी हुन आइतबार न्युयोर्क आएका प्रधानमन्त्री… Continue reading न्यूयोर्कमा नेपाली पत्रकारसँग के भने प्रधानमन्त्रीले ?
न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्ड र युक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता
काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ… Continue reading न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्ड र युक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता
न्यूह्यामसायरमा सामुहीक तीजको रौनक (तस्वीरहरु)
म्यानचेस्टर न्यूह्यामसायरमा बसोबास गर्ने नेपाली महिलाहरुले संयुक्त रुपमा तीज मनाउने एवं दर खाने कार्यक्रम सम्पन्न छन् । न्यूह्यामसायर नेपाली समाजको सहजिकरणमा न्यूह्यामसायर दिदी बहिनी समुहले आयोजना गरेको सामुहिक तीज उत्सवमा राज्यभरबाट महिलाहरुले सहभागिता जनाएका थिए । अघिल्लो शनिबार मेरिम्याकमा आयोजित उत्सवमा २०० हाराहारी दिदी बहिनी सहभागी भएको समुहकी अध्यक्ष किरण गुरुङले जानकारी दिइन् । ‘सिकोष्ट… Continue reading न्यूह्यामसायरमा सामुहीक तीजको रौनक (तस्वीरहरु)
विदेशबाट एक महिनामा भित्रियो कीर्तिमानी रेमिट्यान्स, साउनमा ११६ अर्ब
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा १ सय ्१६ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। यो नेपालको इतिहासमा एक महिनामा भित्रिएको सर्वाधिक रकम हो । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक पहिलो महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनका अनुसार गत वर्षको साउनको तुलनामा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको छ ।… Continue reading विदेशबाट एक महिनामा भित्रियो कीर्तिमानी रेमिट्यान्स, साउनमा ११६ अर्ब
अमेरिका प्रस्थान गरे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार प्रधानमन्त्री दाहाल न्युयोर्क प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । न्युयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसंघको दिगो… Continue reading अमेरिका प्रस्थान गरे प्रधानमन्त्री
प्रधानमन्त्री आज अमेरिका प्रस्थान गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गर्दैछन् । उनी साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट अमेरिकाको न्युयोर्क जानेछन्। १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिननेपालका प्रतिनिधिमण्डलको प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्। भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता हुनेछ। प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव… Continue reading प्रधानमन्त्री आज अमेरिका प्रस्थान गर्ने
एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टिम पठाउँदै
काठमाडौं । चीनको हान्झाउमा आयोजना हुने एसियाली खेलकुद अर्थात एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टोली पठाउने तयारी गरेको छ । सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६–२३) सम्म चल्ने १९औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडीले भाग लिने भएका हुन् । नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६औं कार्यकारी बैठकले एसियाडमा सहभागी हुने खेल र खेलाडी… Continue reading एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टिम पठाउँदै
प्रधानमन्त्री प्रचण्ड शनिबार न्यूयोर्क जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैशनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस महासभाको सामान्य बहसको विषय “विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत स्… Continue reading प्रधानमन्त्री प्रचण्ड शनिबार न्यूयोर्क जाने
जलविद्युत् क्षेत्रमा विदेशी लगानी भित्राउन निजी क्षेत्रको पहल
काठमाडौं । नेपालको जलविद्युत् क्षेत्रमा आवश्यक ऋण उपलब्ध गराउन डच बैंक एफएमओसँग स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आग्रह गरेको छ । एफएमओका प्रतिनिधिहरुसँग भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खर्बौ डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन आग्रह गरेको हो । वित्तीय व्यवस्थापन गर्न नसकेका कारण २ हजार ६००… Continue reading जलविद्युत् क्षेत्रमा विदेशी लगानी भित्राउन निजी क्षेत्रको पहल
लिबिया आँधी : नेपाली शान्ति सैनिक सुरक्षित
काठमाडौं । लिबियामा डानिएल आँधीले ठूलो धनजनको क्षति गरेको छ । यहाँ १० हजार भन्दा बढी मानिस वेपत्ता भएको खबर छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै दुई सय ३५ जना नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको बताइएको छ र सैनिक प्रवक्ता कृष्ण प्रसाद भण्डारीले यस्तो जानकारी गराएका हुन् । घटनास्थलबाट नेपाली शान्ति सैनिकको… Continue reading लिबिया आँधी : नेपाली शान्ति सैनिक सुरक्षित
रामकुमारी झाँक्रीलाई समाजवादीको युरोप, अमेरिका र ल्याटिन अमेरिका संयोजकको जिम्मेवारी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा असन्तुष्ट रहँदै आएकी रामकुमारी झाँक्रीले प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन गर्ने गरी जिम्मा पाएकी छन्। यसअघि पार्टीले जिम्मेवारी नतोकेको भन्दै उनी असन्तुष्ट थिइन्। पार्टी सचिवको भूमिका रहेकी उनलाई एकीकृत समाजवादीले युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको समेत जिम्मेवारी तोकेको छ। यसैगरी स्थायी कमिटी सदस्य श्रीप्रसाद साहलाई एसिया, अष्ट्रेलिया… Continue reading रामकुमारी झाँक्रीलाई समाजवादीको युरोप, अमेरिका र ल्याटिन अमेरिका संयोजकको जिम्मेवारी
विश्वका टप १०० उदयीमान नेताको सूचीमा बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका सय उदाउँदा नेताको सूचीमा पर्न सफल भएका छन् । विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेनलाई समेटेको हो। आगामी दिनमा आफू आबद्ध क्षेत्रलाई स्पष्ट रूप दिन सक्ने र आफ्नो उपस्थितिलाई परिभाषित गर्न सक्नेमध्येबाट टाइम म्यागेजिनले सय जना छनोट गरेको हो। जसमा २०७९ को… Continue reading विश्वका टप १०० उदयीमान नेताको सूचीमा बालेन
परराष्ट्र मन्त्री न्यूयोर्क पुगे
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद मङ्गलबार अबेर न्यूयोर्क पुगेका छन् । मन्त्री साउदलाई राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरल विष्णु गौतमलगायतका अधिकारीले स्वागत गरे । न्यूयोर्कस्थित नेपाली नियोगले दिएको जानकारी अनुसार परराष्ट्रमन्त्री साउदले राष्ट्रसङ्घको विभिन्न फोरममा सहभागिता जनाउनेछन् । गत सेप्टेम्बर ५ देखि… Continue reading परराष्ट्र मन्त्री न्यूयोर्क पुगे
वैदेशिक रोजगारीमा रहेका लाखौं युवाको भविश्य खोज्न गम्भीर छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले भने, “यो सभामा मोर्चाका नेताहरूले जुन विषय राख्नुभएको… Continue reading वैदेशिक रोजगारीमा रहेका लाखौं युवाको भविश्य खोज्न गम्भीर छु : प्रधानमन्त्री
श्रम गन्तब्यलाई सुरक्षित बनाउन प्रधानमन्त्रीको पहल, राजदूत र नियोग प्रमुखसँग छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौँ बोलाएका छन् । उनले विदेशस्थित नेपाली दूतावास तथा कूटनैतिक नियोगका प्रतिनिधिहरूलाई काठमाडौँ बोलाई दुई दिवसीय बैठक आयोजना गरेका हुन् । श्रम आप्रवासनका सवालहरू र कूटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको… Continue reading श्रम गन्तब्यलाई सुरक्षित बनाउन प्रधानमन्त्रीको पहल, राजदूत र नियोग प्रमुखसँग छलफल गर्ने
काठमाडौं–छिन्ताओ सिधा हवाई उडान सुरु
काठमाडौं । काठमाडौं–छिन्ताओ–काठमाडौं सिधा उडानमार्फत जोडिएका छन् । हिमालउ एयरलाइन्सले सातामा एक उडान गर्ने गरी आजबाट उडान थालेको हो।एयरलाइन्सकाअनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ९ः१५ मा छिन्ताओका लागि उडेको हो। जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझको ५ः२२ बजे अवतरण गरेको छ । उडानको अवधि ५ घण्टा ५० मिनेटको हुनेछ। पहिलो उडानमा एक… Continue reading काठमाडौं–छिन्ताओ सिधा हवाई उडान सुरु
अमेरिका बसी मानव तस्करी गर्ने नाइके पक्राउ
काठमाडौं । गैरकानुनी माध्यमबाट अमेरिका पठाउने भन्दै विदेशका विभिन्न स्थानमा पुर्याएर अलपत्र पार्ने समूहका नाइके नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतम पक्राउ परेका छन् । रुकुमपूर्व सिस्ने गाउँपालिका घर भई अमेरिकी नागरिक बनेका गौतमलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भारत हुँदै नेपाल प्रवेश गर्ने नाका रुपन्देहीको बेलहियाबाट बुधबार पक्राउ गरेको हो। ब्युरो प्रमुख जीवनकुमार श्रेष्ठका… Continue reading अमेरिका बसी मानव तस्करी गर्ने नाइके पक्राउ
अष्ट्रेलिया पठाउने प्रलोभनमा ९ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनेर ९ लाख रूपैयाँ ठगी गर्ने महिला पक्राउ परेकी छन्। भक्तपुर मध्यपुर थिमि नगरपालिका ४ घर भई हाल काठमाडौं महानगरपालिका २६ बस्ने ५० वर्षीया रत्न केशरी श्रेष्ठ पक्राउ परेकी हुन्। उनलाई शुक्रबार बिहान ७ बजे काठमाडौं महानगरपालिका २६ सामाखुसीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। ९ लाख रूपैयाँ… Continue reading अष्ट्रेलिया पठाउने प्रलोभनमा ९ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौंबाट दमाममा सिधा हवाई सेवा सुरु
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले बुधबारदेखि साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने प्रवक्ता पौडेलले बताए । उनका अनुसार रातिको १०ः४० मा उडान भरेको पहिलो उडानमा… Continue reading काठमाडौंबाट दमाममा सिधा हवाई सेवा सुरु