काठमाडौं । सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरुको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन आज एक छानबिन समिति गठन गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता, सहसचिव गोविन्दप्रसाद रिजालले जानकारी दिए । कामदारहरुबाट पेस गरिएका कागजातको सम्बन्धमा पत्रपत्रिकामा आएको… Continue reading इजरायलमा कामदार पठाउने प्रक्रिया सहज बनाउन समिति गठन
Category: डायस्पोरा
भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउँदै
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने भ्रमणका लागि आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री २७ साउन, आइतबार नेपाल आउने भएका हुन् । भ्रमणका क्रममा उनले नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम तय… Continue reading भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउँदै
रुसी सेनामा ज्यान गुमाएका पाँच नेपालीको परिवारलाई अस्तुधातु हस्तान्तरण
काठमाडौं । रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ । युद्धमा मृत्यु भएका देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश श्रेष्ठको परिवारका सदस्यबाट सहमति लिई उतै दाहसंस्कार गरी अस्तुधातु नेपाल ल्याएर परिवारलाई बुधबार सम्पर्क(हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।… Continue reading रुसी सेनामा ज्यान गुमाएका पाँच नेपालीको परिवारलाई अस्तुधातु हस्तान्तरण
बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने, महासंघ सदस्य बन्ने
काठमाडौं । बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने भएको छ । बिमस्टेक विजनेस समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् प्रतिनिधि र बिमस्टेक महासचिव इन्द्रमणि पाण्डे सम्मिलित बैठकले सो निर्णय गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने भएको छ । आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन… Continue reading बिमस्टेक चेम्बर अफ कमर्स गठन हुने, महासंघ सदस्य बन्ने
बंगलादेश तनाव : नेपालले सार्वजनिक गर्यो औपचारिक धारणा
काठमाडौं । नेपाल सरकारले बंगलादेशमा चाँडै प्रजातन्त्र पुनर्स्थापना हुने अपेक्षा राखेको बताएको छ । बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे नेपाल सरकारले बुधबार आफ्नो धारणा सार्वजनिक गरेको हो । बंगलादेशका जनताले अहिलेको संक्रमणलाई हटाएर चाँडै मुलुकलाई शान्ति र स्थिरताको बाटोमा पुर्याउने नेपालले विश्वास गरेको छ । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई… Continue reading बंगलादेश तनाव : नेपालले सार्वजनिक गर्यो औपचारिक धारणा
बेलायती राजदूत भन्छन् : नेपाल सधैका लागि राम्रो ठाँउ हो
काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपाल सधैंका लागि राम्रो ठाउँ रहेको बताएका छन् । मंगलबार काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग भएको शिष्टाचार भेटमा राजदूत फेनले उक्त भनाइ राखेका हुन् । भेटमा राजदूत फेनले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा राम्रो छवि भएको समेत बताए । ‘नेपाल सधैंका लागि राम्रो ठाउँ हो,’ उनले भने, ‘काठमाडौंको… Continue reading बेलायती राजदूत भन्छन् : नेपाल सधैका लागि राम्रो ठाँउ हो
बेलायतमा हुलदंगा भएको स्थानमा नजान नेपाली दूतावासको अनुरोध
काठमाडौं । बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदंगा चलिरहेको हुँदा त्यस्तो स्थानमा नजान बेलायतस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । मंगलबार अपिल जारी गर्दै बेलायतमा रहेका र बेलायत भ्रमण गर्न लागेका नेपाली नागरिकलाई त्यस्तो स्थानमा नजान आग्रह गरेको हो । राजदूतावासले आवश्यक सुरक्षा सतर्कता अपनाउन र सुरक्षा निकायले जारी गरेका सूचनाहरूको पालना गर्न अनुरोध… Continue reading बेलायतमा हुलदंगा भएको स्थानमा नजान नेपाली दूतावासको अनुरोध
इजरायलका लागि साढे ३ हजार नेपाली कामदारको आवेदन स्वीकृत
काठमाडौं । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्न दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ । दोस्रो चरणमा केयर गिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला गरी तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको छ ।… Continue reading इजरायलका लागि साढे ३ हजार नेपाली कामदारको आवेदन स्वीकृत
बंगलादेशी प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारीले गरे लुटपाट
काठमाडौं । बंगलादेशमा प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले भने केही समय अगाडि मात्र निवास छाडेकी थिइन् । उनले राजीनामा ममेत दिइसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए । आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दियो । तर आन्दोलन रोकिएन… Continue reading बंगलादेशी प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारीले गरे लुटपाट
लेवनानमा सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय
काठमाडौं । मध्यपूर्वमा तनाव बढ्न थाले पनि त्यहाँ रहेका नेपालीहरु हालसम्म सुरक्षित नै रहेको र उनीहरुको सहजताका लागि निरन्तर प्रयत्न गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गरी लेबनानमा विकसित पछिल्लो घटनाक्रममा त्यहाँ सम्पूर्ण नेपालीको सुरक्षा तथा हितका लागि नेपाल सरकार सचेत रहेको जनाएको हो । मन्त्रालयले तत्कालै थप कुनै सहयोग… Continue reading लेवनानमा सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय
बंगलादेशमा राजनीतिक संकट, नेपालमा सुरक्षा सतर्कता
काठमाडौं । आरक्षणको विरोधमा बंगलादेशमा आन्दोलन चर्किएर प्रधानमन्त्रीले समेत देश छोडेपछि नेपालमा समेत उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गृह मन्त्रालयले सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन भन्दै निर्देशन दिएको हो । नेपाल प्रहरीले उच्च सतर्कता अपनाउँदे थप जनशक्ति परिचालन गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । सशस्त्र… Continue reading बंगलादेशमा राजनीतिक संकट, नेपालमा सुरक्षा सतर्कता
नेपाली दूतावासले भन्यो : बंगलादेशमा सबै नेपाली सतर्क रहनु
काठमाडौं । बंगलादेशमा आरक्षण विरोधी आन्दोलन पुनस् चर्किएर हिंसात्मक बन्न थालेपछि ढाकास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन भनेको छ । दूतावासले सोमबार एक सूचना जारी गरेर नेपाली विद्यार्थीलाई आफू बसेको ठाउँमा सुरक्षित रहन अनुरोध गरेको हो । आरक्षण विरोधी आन्दोलन हिंसात्मक बन्न थालेपछि अहिले बंगलादेश सरकारले कर्फ्यू आदेश जारी गरेको छ ।… Continue reading नेपाली दूतावासले भन्यो : बंगलादेशमा सबै नेपाली सतर्क रहनु
बंगलादेशमा प्रदर्शनकारीले लखेटे प्रधानमन्त्री, देश छाडेर निर्वासनमा
काठमाडौं । राजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको छ । प्रदर्शनका क्रममा हजारौं नागरिक प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेकी थिइन् । बीबीसी बंगला सेवाका अनुसार, यसअघि… Continue reading बंगलादेशमा प्रदर्शनकारीले लखेटे प्रधानमन्त्री, देश छाडेर निर्वासनमा
फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क (फोन्नाको) भेला सम्पन्न; ५० हजार डलर अक्षय कोषको लक्ष्य
न्युयोर्क अमेरिकाको न्युयोर्क सहरमा बसोबास गर्दै आएका नुवाकोटबासीको संस्था फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क (फोन्ना) ले आफ्नो वार्षिक भेला सम्पन्न गरेको छ । इष्ट रिभर किनारमा अवस्थित क्वीन्स ब्रिज पार्कमा सम्पन्न भेलामा उपस्थित करिव डेढ सय नुवाकोटेहरुले जिल्लाबासीहरुको समस्या समाधानको लागि भविष्यमा ५० हजार डलरको अक्षय कोष स्थापना गर्ने लक्ष्य समेत तय गरेको छ ।… Continue reading फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क (फोन्नाको) भेला सम्पन्न; ५० हजार डलर अक्षय कोषको लक्ष्य
नेपाल एयरलाइन्स अष्ट्रेलिया उडानको तयारी
काठमाडौं । नेपाल एयरलाइन्सले सिड्नीदेखि काठमाडौँसम्म सिधा उडान सुरु गर्ने तयारी थालेको छ । सो बारे नेपाल तथा अस्ट्रेलियाका उच्च अधिकारीबीच सिड्नीमा छलफल भएको छ । अस्ट्रेलिया-नेपाल सीधा हवाई उडान गर्ने बिषयमा करिब ५ वर्षअघि दुईदेशका बीचमा आपसी सहमति भएको थियो । विशेष गरेर कोरोनाकालमा नेपाल एयरलाइन्सले आफ्नै विमान मार्फत आफ्ना नागरिकलाई अस्ट्रेलियाबाट उद्धार गरेर लगेपछि… Continue reading नेपाल एयरलाइन्स अष्ट्रेलिया उडानको तयारी
लेबलानमा रहेका नेपालीलाई सचेत रहन आह्वान
काठमाडौं । इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा तनावग्रस्त अवस्था सिर्जना भएकाले लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत गराएको छ । दूतावासले सूचना सार्वजनिक गर्दै लेबनानको दायिहयामा इजरायली आक्रमणमा परेर हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने अवस्था सिर्जना भएकाले त्यहाँ रहेका नेपालीलाई सुरक्षित भएर बस्न सचेत गराएको हो । लेबनानसमेत… Continue reading लेबलानमा रहेका नेपालीलाई सचेत रहन आह्वान
प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण थाइल्याण्ड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने तयारीमा छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् । उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि यो पहिलो विदेश भ्रमण हुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर सम्मेलन आगामी सेप्टेम्बर… Continue reading प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण थाइल्याण्ड
एमालेले फेर्यो विदेश विभाग प्रमुख, भट्टराईको स्थानमा महासेठ
काठमाडौं । नेकपा एमालेले विदेश विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव रघुवीर महासेठलाई दिएको छ । कोशी प्रदेशको जिम्मेवारीबाट हटेका महासेठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिने सचिवालय बैठकले निर्णय गरेको छ । यो विभाग महासेठ आफैले मागेका थिए । यसअघिका विदेश विभाग प्रमुखराजन भट्टराईलाई भने बागमति प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।
नेवाः नखः न्यूयोर्कले गर्यो आध्यात्मिक गुरु रुपेश्वर गौर दाससँगको अन्तरक्रिया
ज्याक्सन हाइट्स, न्युयोर्क । नेवाः नखः न्यूयोर्कले मङ्गलबार जुलाई २३, २०२४ मा आध्यात्मिक गुरु रुपेश्वर गौर दासद्वारा “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ शीर्षकमा एक आध्यात्मिक प्रवचनको आयोजना गरिएको थियो । कार्यक्रम वुडसाइड एभिन्यूको सत्यनारायण मन्दिरको हलमा गरिएको थियो । गुरु रुपेश्वर गौर दास र उनको टोली नेपालबाट न्यूयोर्क पुगेका थिए भने अमेरिका अवतरणपछि गुरुजीको… Continue reading नेवाः नखः न्यूयोर्कले गर्यो आध्यात्मिक गुरु रुपेश्वर गौर दाससँगको अन्तरक्रिया
१८ देशमा नयाँ राजदूत सिफारिस, कुन देशमा को ?
काठमाडौं । सरकारले विभिन्न १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको छ । अस्ति सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, चीन, अस्ट्रेलियालगायत १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको थियो । पुरानो सरकारले गरेका नियुक्ति हटाएर आफ्नो दलका नेता कार्यकर्ता नियुक्त गर्ने क्रममा कांग्रेस–एमाले नेतृत्वको सरकारले विभिन्न पदमा धमाधम नियुक्ति गरिरहेको छ । कुन… Continue reading १८ देशमा नयाँ राजदूत सिफारिस, कुन देशमा को ?
परराष्ट्र मन्त्री राणा पुगिन राहदानी विभाग
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा राहदानी विभागको अनुगमनमा पुगेकी छिन । उनी बुधबार त्रिपुरेश्वरस्थित विभागको कार्यालय पुगेकी हुन् । उनले सो क्रममा सेवाग्राही सङ्ग समेत प्रतिक्रिया लिएकि छिन् । हरेक मन्त्रीले राहदानी वितरण सहज बनाउने भने पनि व्यवहारमा त्यस्तो हुन सकेको छैन ।
न्यूयोर्क सहरका मेयरद्वारा मिथिला हेरिटेज कार्यक्रम आयोजना; मिथिला सम्पदा संग्रहालय बनाईने
न्यूयोर्क । न्यूयोर्क सहरका मेयर एरिक आडम्सले आफ्नो निवासमा आयोजना गरेको मिथिला हेरिटेज रिसेप्सनमा मिथिला सेन्टर युएसएका संस्थापक अध्यक्ष अमित प्रताप शाहले न्यूयोर्कमा मिथिला सम्पदा संग्रहालय बनाईने घोषणा गरेका छन् । म्यानहाटनस्थित ग्रेसी म्यानसनमा न्यूयोर्क सहरका मेयरद्वारा आयोजना गरेको ऐतिहासिक कार्यक्रममा मिथिला हेरिटेज रिसेप्शनले मिथिला क्षेत्रको समुदाय र सांस्कृतिक महत्वलाई जीवन्त बनाएको थियो । कार्यक्रममा… Continue reading न्यूयोर्क सहरका मेयरद्वारा मिथिला हेरिटेज कार्यक्रम आयोजना; मिथिला सम्पदा संग्रहालय बनाईने
नेपाली पौडिबाज एलेक्स शाहले बनाए राष्ट्रिय कीर्तिमान
काठमाडौं । नेपाली पौडीवाज एलेक्जेन्डर (एलेक्स) शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पेरिस ओलम्पिकमा पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले ५१ः९१ सेकेन्डमा दुरी पार गरे । यस इभेन्टमा ८९ पौडीवाजले हिट चरणमा प्रतिस्पर्धा गरेका थिए । एलेक्स हिट नम्बर ३ मा थिए । हिटमा उनी तेस्रो स्थानमै… Continue reading नेपाली पौडिबाज एलेक्स शाहले बनाए राष्ट्रिय कीर्तिमान
समिट एनएचएनसी कप–२०२४ सम्पन्न
म्यानचेस्टर न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको ‘समिट एनएचएनसी कप–२०२४’ को उपाधि एनएचएनसी फूटबल टिमले हात पारेको छ । न्यूह्यामसर राज्यको म्यान्चेष्टर शहरस्थित रकरिमन फूटबल मैदानमा शनिबार आयोजित फाईनल खेलमा एनएचएनसी फूटबल टिमले भरमण्ट फूटबल क्लबलाई पराजित गर्दै उपाधि जितेको हो । विजेता एनएचएनसी फूटबल टिमले नगद पाँच हजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेको छ… Continue reading समिट एनएचएनसी कप–२०२४ सम्पन्न
८० लाख तिरेर अमेरिका पुगेका रुकुमका ओलीको गोली हानी हत्या
काठमाडौं । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट ओलीको हत्या भएको हो । मृतकका माइला बुवा खिमबहादुर ओलीले दीपक काम गर्ने टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा गोली हानेर हत्या गरिएको खबर पाएको… Continue reading ८० लाख तिरेर अमेरिका पुगेका रुकुमका ओलीको गोली हानी हत्या
सरकारले गर्यो १८ देशमा राजदूत सिफारिस
काठमाडौं । सरकारले १८ देशमा राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत नियुक्ति सिफारिसको निर्णय गरेको हो । सरकारले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको छ । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूत सिफारिस भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा… Continue reading सरकारले गर्यो १८ देशमा राजदूत सिफारिस
भारतको जम्मुमा बन्धक बनाइएका २८ नेपाली मजदूरको उद्धार
काठमार्डौं । भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्धार गरी ल्याइएको जानकारी दिए । उनका अनुसार ती मजदुरहरु कश्मिरको श्रीनगरमा पाँच महिनादेखि बन्धक थिए । महिला, बालबालिका तथा… Continue reading भारतको जम्मुमा बन्धक बनाइएका २८ नेपाली मजदूरको उद्धार
नेजाद्वारा क्यानाडामा अन्तरक्रिया;नेप्लिज डायस्पोरा नेपालको सहयोगी शक्तिः राजदूत पौड्याल
क्याल्गेरी, क्यानाडा । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले क्यानाडाको क्याल्गेरीमा समुदाय, सामुदायिक पत्रकारिता र प्रविधिको प्रयोगका सम्बन्धमा अन्तरक्रिया सम्पन्न गरेको छ । गत शुक्रबार भएको अन्तरक्रियामा सहभागीहरूले समुदायका लागि सामुदायिक पत्रकारिताको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । पछिल्लो समय प्रविधिको विकाससँगै पत्रकारिता गर्ने माध्यम फेरिएको तथा त्यसले अवसर र चुनौति थपेको बताउँदै सहभागीहरूले समुदायले पनि सामुदायिक… Continue reading नेजाद्वारा क्यानाडामा अन्तरक्रिया;नेप्लिज डायस्पोरा नेपालको सहयोगी शक्तिः राजदूत पौड्याल
यूएईमा मृत्युदण्ड पाएका दुई नेपालीले पाए सफाई
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन् । पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधबार यूएईको अदालतबाट सफाइ पाएका हुन् । मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार यूएईको… Continue reading यूएईमा मृत्युदण्ड पाएका दुई नेपालीले पाए सफाई
टाइम म्यागाजिनको १ सय सर्वोकृष्ट गन्तब्य भित्र नेपालको बर्दिया
काठमाडौं । विश्वप्रसिद्ध म्यागाजिन टाइमले सन् २०२४ का लागि ‘संसारका १०० सर्वोत्कृष्ट ठाउँ’ को सूची सार्वजनिक गरेको छ । जसमा नेपालको बर्दिया अटाउन सफल भएको छ । निकुन्जस्थित ‘बुरहान वाइल्डरनेस क्याम्प्स’लाई टाइमले हाइलाइट गरेको छ । टाइमले यो वर्षका लागि तयार पारेको उक्त सूचीमा कसैलाई पनि क्रमांक दिएको छैन । भ्रमण गर्न र बस्नका लागि… Continue reading टाइम म्यागाजिनको १ सय सर्वोकृष्ट गन्तब्य भित्र नेपालको बर्दिया