काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ ।। साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.७७ अंकले घटेर २१११.६३ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५९ कम्पनीको २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रुपैयाँ बराबरको ७५ लाख ५३ हजार २३५ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार रकममा भारी गिरावट
Category: अर्थतन्त्र
पोखरामा पनि अब सडकमा पार्किङ निषेध
पोखरा । पोखरामासमेत अब मुख्य बजारका सडक छेउमा सवारी साधन पार्किङ नपाइने भएको छ । पोखरा महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय भएको उल्लेख छ। मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो। ‘मुख्य… Continue reading पोखरामा पनि अब सडकमा पार्किङ निषेध
उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ४१.१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५६ कम्पनीको ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँ बराबरको ८८ लाख ३६ हजार ४८८ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कार्ययोजना तयार
काठमाडौं । अर्थ मन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना बनाएको छ । कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुमगन मूल्यांकन सूचक उल्लेख गरिएको छ । नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि राजस्व संकलनमा प्रभावकारिता ल्याउने, राजस्व प्रणालीलाई थप प्रगतिशिल बनाउने, राजस्वको दरहरु हेरफेर गर्दा व्यावसायिक तटस्थता कायम गर्ने,… Continue reading सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कार्ययोजना तयार
एक दर्जन ठेकेदार कम्पनी कालोसूचीमा
काठमाडौं । सरकारले एक दर्जन ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएकाहरुमा गोपाल ढकाल… Continue reading एक दर्जन ठेकेदार कम्पनी कालोसूचीमा
सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा २ घण्टा उडान प्रभावित
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भरमा समस्या हुँदा शनिबार दुई घण्टा उडान अवतरण अवरूद्ध बनेको छ । अन्तर्राष्ट्रिय उडानमा समस्या आएको हो । उडान अहिले सामान्य बनिसकेको छ । उडान रोकिएपछि यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको थियो । अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएकोहो ।… Continue reading सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा २ घण्टा उडान प्रभावित
भोकमरी सूचकांकमा नेपालको सुधार
काठमाडौं । विश्वव्यापी भोकमरीको सूचकाङ्क (जीएचआई)मा नेपालले सुधार ल्याएको पाइएको छ । ग्लोबल हङ्गर इन्डेक्स कन्सर्न वल्र्डवाइड र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको हो । जीएचआईले १२१ वटा राष्ट्रमा गरेको अध्ययनमा नेपाल ८१औँ स्थानमा छ । अङ्कका आधारमा नेपालले १९.२ अङ्क प्राप्त गरेको छ । यो भोकमरीको स्तर मध्यम छ… Continue reading भोकमरी सूचकांकमा नेपालको सुधार
खादा मालाको सट्टा रकम राख्न आह्वान गरेका पर्यटन मन्त्रीको दान पेटिकामा ६ लाख रकम जुट्यो
काठमाडौं । पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादा, मालाको सट्टामा राखेको दान पेटिकामा ६ लाख रकम जम्मा भएको छ । यसमा एक महिनाकोतलव र सचिवालयका सदस्यका १५ दिनको तलव समेत समावेश भएको मन्त्री किरातीले जनाएका छन् , उनका अनुसार ६ लाख ४३४ रकम जम्मा भएको छ । यो रकम शिक्षा क्षेत्रमा लगानी गर्ने उनको… Continue reading खादा मालाको सट्टा रकम राख्न आह्वान गरेका पर्यटन मन्त्रीको दान पेटिकामा ६ लाख रकम जुट्यो
सार्वजनिक यातायात सुधार गर्न कार्यदल गठन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेकोहो । कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल छन्। कार्यदल ७ सदस्यीय बनेको छ। कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक… Continue reading सार्वजनिक यातायात सुधार गर्न कार्यदल गठन
आफैलाई आगो लगाएका आचार्यले उठाएका विषय छानविन गर्न समिति गठन
काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ । गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी दिएको छ । समितिमा अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव,… Continue reading आफैलाई आगो लगाएका आचार्यले उठाएका विषय छानविन गर्न समिति गठन
होटेल\रेष्टुरेन्टले सेवा शुल्क लिन नपाउने
काठमाडौं । होटल, रेष्टुरेन्ट, मोटेल, जंगल सफारीसहितका कम्पनीहरुले ग्राहकबाट सेवा शुल्कको नाममा अतिरिक्त पैसा लिन नपाउने फैसला सर्वोच्च अदालतबाट भएको छ । बुधबारको संवैधानिक इजलासले यसरी सेवा शुल्क लिएर उठाउन पाउने गरी बनेका कानुन र नियमावलीका व्यवस्था खारेज गरिदिएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र अनिल… Continue reading होटेल\रेष्टुरेन्टले सेवा शुल्क लिन नपाउने
शेयर बजार स्थीर, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ०.८३ अंकले घटेर २१८३.२७ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५४ कम्पनीको २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँ बराबरको ७७ लाख ६४ हजार १५३ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading शेयर बजार स्थीर, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
सुनको मूल्यले राख्यो ऐतिहासिक ‘रेकर्ड’
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि ऐतिहासिक कीर्तिमान (रेकर्ड) कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सात सय रूपैयाँले उकालो लागेर एक लाख ६ हजार ९ सय रूपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ । बुधबार छापावल सुन प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख… Continue reading सुनको मूल्यले राख्यो ऐतिहासिक ‘रेकर्ड’
तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर फरक पार्न व्यवसायीको माग
काठमाडौं । नेपाल उद्योग परिसंघले आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तिमा दुई तहको फरक गर्न माग गरेको छ । ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर बुधबार परिसंघमा आयोजित अन्तरक्रियामा परिसंघका कार्यवाहक अध्यक्ष राजेश अग्रवालले आयात हुने तयारी वस्तु तथा सो तयारी वस्तु बनाउन प्रयोग हुने कच्चा पदार्थको भन्सार दरमा कम्तिमा एक तहको… Continue reading तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर फरक पार्न व्यवसायीको माग
आत्मदाह गरेका प्रेम आचार्यले उठाएका विषयको गृह मन्त्रालयले छानविन गर्ने
काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका विषय निकै गम्भीर रहेको भन्दै छानबिन गर्ने निर्णय गरेको हो । बैठकले छानबिनको जिम्मा गृह मन्त्रालयलाई दिएको छ । जतिसक्यो चाँडो प्रतिवेदन तयार पारेर बुझाउनेगरी गृह मन्त्रालयलाई छानबिनको जिम्मेवारी तोकिएको हो । मंगलबार… Continue reading आत्मदाह गरेका प्रेम आचार्यले उठाएका विषयको गृह मन्त्रालयले छानविन गर्ने
विद्युत महसुल नतिरेपछि धुर्मुस-सुन्तली फाउण्डेसनको कार्यालयको लाइन काटिँदै
काठमाडौं । विद्युत प्राधिकरणले धुर्मुस सुन्तली फाउन्डेसनको काठमाडौंस्थित कार्यालयको बिजुली लाइन काट्ने निर्णय गरेको छ । चितवनको भरतपुर वितरण केन्द्रले बुधबार भरतपुरमा क्रिकेट रंगशाला बनाउँदा लिएको बिजुली सुविधाको बक्यौता महसुल असुलीका लागि काठमाडौंको प्राधिकरणको बानेश्वर वितरण केन्द्रमा पत्राचार गरेको छ । पत्रमा फाउन्डेसनको पुरानो बानेश्वरस्थित कार्यालयको लाइन काटेर बक्यौता असुली गर्न अनुरोध गरिएको छ ।… Continue reading विद्युत महसुल नतिरेपछि धुर्मुस-सुन्तली फाउण्डेसनको कार्यालयको लाइन काटिँदै
क्रसर उद्योग सर्तसहित खुल्ने
काठमाडौं । सरकारले क्रसर उद्योग सर्तसहित खुलाएको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको हो । गृहमन्त्री रबि लामिछानेका… Continue reading क्रसर उद्योग सर्तसहित खुल्ने
दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६१ कम्पनीको ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको ९५ लाख ३२ हजार ८६७ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
पेट्रोल पम्पले बोतल र जर्किनमा इन्धन बेचेमा कारवाही हुने
काठमाडौं । मंगलबार राजधानीमा एक जनाले आत्मदाहको प्रयासमा आफैलाई आगो लगाए । सो घटनापछि प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न प्रहरीले पम्प सञ्चालकहरूलाई सचेत गराएको छ । काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले रोक लगाइएको प्रहरीले उल्लेख गरेको छ । जिल्ला प्रहरी परिसर… Continue reading पेट्रोल पम्पले बोतल र जर्किनमा इन्धन बेचेमा कारवाही हुने
सुनको भाउमा ऐतिहासिक रेकर्ड, हालसम्मकै उच्च मूल्यमा किनबेच
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । मंगलवार सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो । यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो। नेपाल सुनचाँदी… Continue reading सुनको भाउमा ऐतिहासिक रेकर्ड, हालसम्मकै उच्च मूल्यमा किनबेच
६ महिनामा ७ खर्ब ११ अर्ब व्यापार घाटा
काठमाडौं । नेपालमा ६ महिनाको अवधिमा ७ खर्ब ११ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । यद्दपी यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा भने कम हो । चालू आर्थिक वर्षको छ महिना (साउन–पुस)मा आयात–निर्यात दुवै घट्दा व्यापार घाटा समेत घटेको पाइएको छ । भन्सार विभागका अनुसार अघिल्लो वर्षको पहिलो छ महिनाको तुलनामा यो वर्षको… Continue reading ६ महिनामा ७ खर्ब ११ अर्ब व्यापार घाटा
९ लाख घुससहित त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका प्रमुख पूर्णप्रसाद चुडाललाई पक्राउ गरिएको छ । उनको कार्यालयबाट साढे ९ लाख रुपैयाँ बरामद भएको छ । बरामद रकममध्ये डेढ लाख रुपैयाँ घुस हो भने बाँकी ८ लाख रुपैयाँलाई अख्तियारले ‘स्रोत नखुलेको नगद’ भएको जनाएको छ । चुडाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय,… Continue reading ९ लाख घुससहित त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पक्राउ
अर्थमन्त्रीले सचिवहरुलाई भने : पूँजीगत खर्च बढाउनुस
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको भन्दै राजस्व परिचालनमा कडाइका साथ प्रस्तुत हुन र पूँजीगत खर्चलाई विशेष प्राथमिकता… Continue reading अर्थमन्त्रीले सचिवहरुलाई भने : पूँजीगत खर्च बढाउनुस
निगमका जहाजको दैनिक रिपोर्ट दिन पर्यटनमन्त्रीको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् । सोमवार वायुसेवा निगमले गरेको स्वागत कार्यक्रममा किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन्। उनले निगमका जहाजहरूको… Continue reading निगमका जहाजको दैनिक रिपोर्ट दिन पर्यटनमन्त्रीको निर्देशन
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गरेको हो। प्रधानमन्त्रीले श्रेष्ठलाई सोमवार पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् । यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए। उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ ओलङगोङबाट… Continue reading राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त
केरुङ–काठमाडौं रेलमार्ग हेर्न आएको चिनियाँ टोली स्वदेश फिर्ता
काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न नेपाल आएको चिनियाँ प्राविधिक टोली स्वदेश फिर्ता भएको छ । यो टोली तीन साता नेपाल बसेको थियो । टोलीले सम्भाव्यता अध्ययनका लागि भौगोलिक अवस्थिति बारे जानकारी लिएको बताइएको छ । २५ र २६ पुसका दिन टोली रसुवा पुगेको थियो । टोलीले सम्भाव्यता अध्ययन गर्ने ठाउँ हेरेको रेल विभागले… Continue reading केरुङ–काठमाडौं रेलमार्ग हेर्न आएको चिनियाँ टोली स्वदेश फिर्ता
प्रवासी नेपालीसँग अर्थमन्त्रीले भने-‘रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ’
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राती आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुवल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न… Continue reading प्रवासी नेपालीसँग अर्थमन्त्रीले भने-‘रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ’
बजेटरी सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कसँग आग्रह गरेका छन् । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग शुक्रबार औपचारिक भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन् । चालू आर्थिक वर्ष विश्व बैङ्कबाट बजेटरी सहायता प्राप्त हुने गरी स्रोत… Continue reading बजेटरी सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह
खर्च घटाउने अर्थ मन्त्रालयको यस्तो छ योजना
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक गरेको छ । चालु आवको बजेट वक्तव्यको बुँदा नं। ३७९ मा सरकारी निकायको चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने गरी बजेट कार्यान्वयन गरिनेछ भन्ने उल्लेख… Continue reading खर्च घटाउने अर्थ मन्त्रालयको यस्तो छ योजना
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २४६ कम्पनीको ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँ बराबरको ८२ लाख ४७ हजार ६४६ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा भारी गिरावट