काठमाडौं । असार १५ गते धान दिवस । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । नेपालमा अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको छ । कृषिप्रधान मुलुकमा पछिल्लो ११ महिनामा २७ अर्बको चामल र १५… Continue reading ११ महिनामा भित्रियो २७ अर्बको चामल र १५ अर्बको धान
Category: अर्थतन्त्र
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, झनै कमजोर बन्दै नेपाली मुद्रा
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा निर्धारण गरेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।… Continue reading अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, झनै कमजोर बन्दै नेपाली मुद्रा
आज राष्ट्रिय धान दिवस, देश भर मनाइदै
काठमाडौं । नेपाली कृषकको सम्मानमा १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं… Continue reading आज राष्ट्रिय धान दिवस, देश भर मनाइदै
अब फलफूल पकाउन एसिटिलिन ग्यासको प्रयोग गर्न नपाइने
काठमाडौं । फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गर्न नपाइने भएको छ । मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग एक सूचना जारी गर्दै फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीहरूलाई फलफूल पकाउन कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग नगर्न भनेको हो । खाद्य नियमावली २०२७ को दफा १५ (घ) बमोजिम कार्वाइड… Continue reading अब फलफूल पकाउन एसिटिलिन ग्यासको प्रयोग गर्न नपाइने
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ११.८२ अंकले घटेर १९२१.३१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२९ कम्पनीको १ अर्ब ५ करोड ८२ लाख ६३ हजार ५२२ रुपैयाँ बराबरको ३० लाख ३७ हजार ६८० कित्ता शेयर किनबेच भएका छन्… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट
वन पैदावारजन्य उत्पादन बढाउनु पर्नेमा राष्ट्रपतिको जोड
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि वन(पैदावारजन्य उत्पादनमा वृद्धि हुनुपर्नेमा जोड दिएकी छिन् । सामुदायिक वन उपभोक्त महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले त्यसखाले उत्पादनमा वृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्ने उल्लेख गरिन् । पानीका मुहान जोगाउन तथा भूमिगत पानीको पुनर्भरण प्रक्रिया दीगो बनाउन पूर्वजले अपनाएको पोखरी खन्ने र संरक्षण… Continue reading वन पैदावारजन्य उत्पादन बढाउनु पर्नेमा राष्ट्रपतिको जोड
शेयर बजारमा उछालः उच्च अंकले बढ्यो नेप्से, ३५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । पूँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइराला र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालबीच भएको सहमतिको प्रभाव शेयर बजारमा परेको छ । अनशन तोड्नुअघि पूँजीबजार सुधार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला र सेबोन अध्यक्ष हमालबीच शुक्रवार १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो। उक्त… Continue reading शेयर बजारमा उछालः उच्च अंकले बढ्यो नेप्से, ३५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
सार्वजनिक यातायातको भाडादर घट्यो
काठमाडौं । सरकारको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटेको छ। यातायात व्यवस्था विभागले एक सूचना निकालेर अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको जानकारी दिएको हो। सूचनामा उल्लेख भएअनुसार यात्रीवाहक सवारीमा साबिकको भाडादरमा ५.४१ प्रतिशत भाडा घटाइएको छ। त्यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र… Continue reading सार्वजनिक यातायातको भाडादर घट्यो
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कोभिड अगाडीकै अवस्थामा
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संखया कोभिड महामारी भन्दा अगाडी कै अवस्थामा पुगेको छ । चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो महिनाबाटै श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको देखिएको छ । यस आवको ११ महिना (जेठ मसान्त)सम्म श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख ७१ हजार ७७९ पुगेको छ । यो गत आवको ११ महिनाको तुलनामा करिब… Continue reading वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कोभिड अगाडीकै अवस्थामा
७ वटा नेपाली स्टार्टअपका लागि जुट्यो साढे २४ करोड लगानी
काठमाडौं । सातवटा नेपाली स्टार्टअपका लागि साढे २४ करोड लगानी जुटेको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नेपाल स्टार्टअप फेस्ट २०२२ मा यी स्टार्टअप कम्पनीहरुसँग २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताब आह्वान गरेको थियो… Continue reading ७ वटा नेपाली स्टार्टअपका लागि जुट्यो साढे २४ करोड लगानी
पेट्रोलियम पदार्थको मूल्यमा भारि कटौती
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ… Continue reading पेट्रोलियम पदार्थको मूल्यमा भारि कटौती
ललितपुर महानगरले ल्यायो ६ अर्ब ३५ करोडको बजेट
काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख नयाँ बजेट ल्याएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । ललितपुर महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने महानगरले बजेट मार्फत जनाएको छ । यस्तै ललितपुर महानगरपालिकाले उपभोक्ता समितिबाट… Continue reading ललितपुर महानगरले ल्यायो ६ अर्ब ३५ करोडको बजेट
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि बजेट सार्वजनिक गरेको छ । नगरसभामा उपमेयर सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट पेश गरेकी हुन् । महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ । काठमाडौं… Continue reading काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट
दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब १५ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा साताको कारोबारको अन्तिम दिन दोहोरो अंकको सुधार आएको हो । शुक्रवार बजार मापक सूचक नेप्से १३.७८ अंकले बढेर १८६२.६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको १ अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रुपैयाँ बराबरको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब १५ करोडको कारोबार
मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकका गभर्नरसँग कांग्रेस महामन्त्री थापाको भेट
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेका छन् । नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको तयारीमा रहेको छ । गभर्नर अधिकारीसँग हालको तरलता अभाव, मुद्रा सञ्चितीको अवस्था र पूँजी बजारको समस्या सम्बोधनलगायत विषयमा छलफल गरिएको थापाले बताएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग… Continue reading मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकका गभर्नरसँग कांग्रेस महामन्त्री थापाको भेट
स्थानीय तहले आज ल्याउँदैछन् बजेट
काठमाडौं । स्थानीय तहको बजेट आज आउने भएको छ । अधिकांश पालिकामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुने भएको हो । केही पालिकामा भने यसअघि नै सार्वजनिक भइसकेको छ । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार धेरैजसो पालिकाहरुले आज… Continue reading स्थानीय तहले आज ल्याउँदैछन् बजेट
नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा,लगानीकर्तालाई विश्वस्त आधार भेट्नै मुस्किल
काठमाडौं । नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । बजेटपछि लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्। बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको… Continue reading नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा,लगानीकर्तालाई विश्वस्त आधार भेट्नै मुस्किल
अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, झनै कमजोर बन्दै नेपाली मुद्रा
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले विहीवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२५ रुपैयाँ १२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।… Continue reading अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, झनै कमजोर बन्दै नेपाली मुद्रा
पुनर्बीमा कम्पनीसहित २२ बीमा कम्पनीलाई कारवाही, कुन-कुन परे ?
काठमाडौं । बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीसहित २२ वटा कम्पनीहरुलाई कारवाही गरेको छ । समितिले समयमा लेखापरिक्षण नबुझाउने जीवन, निर्जीवन र पुनर्बीमा गरी कूल २२ वटा कम्पनीलाई कारवाही गरेको हो । कारवाही पर्नेमा अधिकांश जीवन बीमा कम्पनीहरु रहेका छन् । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), एशियन लाईफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स,… Continue reading पुनर्बीमा कम्पनीसहित २२ बीमा कम्पनीलाई कारवाही, कुन-कुन परे ?
काठमाडौंमा १ साउनबाट अनिवार्य घरमै फोहोर कुहिने र नकुहिने गरी छुट्याउनु पर्ने, नत्र ५ सय जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकामा १ साउनबाट कुहिने र नकुहिने फोहोर अनिवार्य रुपमा घरमै छुट्याउनुपर्ने भएको छ । महानगरपालिकाकाले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ता कै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ। स्रोत (घरमा) नै फोहोर… Continue reading काठमाडौंमा १ साउनबाट अनिवार्य घरमै फोहोर कुहिने र नकुहिने गरी छुट्याउनु पर्ने, नत्र ५ सय जरिवाना
सेयर लगानीकर्ताको आन्दोलनमा बालेनले दिए ऐकिवद्धता
काठमाडौं । सेयर लगानीकर्ताको आन्दोलनलाई सर्मथन जनाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साह आन्दोलन स्थल पुगेका छन् । मेयर साहले बुधबार अनसनरत तिलक कोइरालालाई भेटेर आफ्नो तर्फबाट आन्दोलनमा समर्थन रहेको बताएका हुन् । साहले अनसनकर्ता कोइरालालाई लगानीकर्ताको माग सम्बोधन गर्न आफूले सक्ने पहल गर्ने बाचा पनि गरे । ‘हाम्रो तर्फबाट पूर्ण समर्थन छ,’ मेयर शाहले… Continue reading सेयर लगानीकर्ताको आन्दोलनमा बालेनले दिए ऐकिवद्धता
डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जना काठमाडौंमा पक्राउ
काठमाडौं । अमेरिकी डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका… Continue reading डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जना काठमाडौंमा पक्राउ
आन्तरिक उडान नियमित, वार्ता जारी राख्ने सहमती
८ असार, काठमाडौं । बुधबार बाट रोक्ने भनिएको आन्तरिक उडान नियमित भएको छ । बुधबारबाट उडान रोक्ने घोषणा गरेका वायुसेवा कम्पनीले आज ११ बजेपछि सबै उडान नियमित हुने बताएका हुन् । गृह सचिवको संयोजकत्वमा मंगलबार मध्यरातमा प्राधिकरणका पदाधिकारी र वायुसेवा संचालकहरुबीचको वार्तामा उडान नरोकी समस्या समाधानका उपाय खोज्ने सहमती जुटेकोसँगै उडान नियमित हुन लागेको हो… Continue reading आन्तरिक उडान नियमित, वार्ता जारी राख्ने सहमती
विश्व बैंकको उपक्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपालमा सर्यो
काठमाडौं । विश्व बैंकको उपक्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपालमा सरेको छ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंक प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौं दरबारमार्गमा रहने नेपालस्थित कार्यालयको संयूक्त रुपमा उद्घाटन गरे । यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा अवस्थित उपक्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको हो । अब यहीं कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य संचालन हुनेछ… Continue reading विश्व बैंकको उपक्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपालमा सर्यो
वैदेशिक व्यापार करीव २० खर्ब, उच्च व्यापार घाटाले समस्यामा अर्थतन्त्र
काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को ११ औं महिनासम्म नेपालको वैदेशिक व्यापार करीव २० खर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ मसान्तसम्म १९ खर्ब ४९ अर्ब ६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गतवर्ष यसै अवधिको तुलनामा २९.५ प्रतिशत बढी हो । गत वर्ष ११ महिनामा १५… Continue reading वैदेशिक व्यापार करीव २० खर्ब, उच्च व्यापार घाटाले समस्यामा अर्थतन्त्र
बुधबारदेखि सबै उडान रोक्ने वायुसेवा सञ्चालक संघको निर्णय, सरकारसँग राख्यो ५ बुँदे माग
काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ । संघले मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी… Continue reading बुधबारदेखि सबै उडान रोक्ने वायुसेवा सञ्चालक संघको निर्णय, सरकारसँग राख्यो ५ बुँदे माग
दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिनदेखि ओरालो लागेको बजारमा मंगलबार दोहोरो अंकको सुधार आएको हो । मंलगबार बजार मापक सूचक नेप्से ३७.४९ अंकले बढेर १९२२.३० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २३१ कम्पनीको १ अर्ब २५ करोड ३७ लाख ५७ हजार ७१४ रुपैयाँ बराबरको ३७ लाख ६५… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
ग्यासमा दोहोरो मूल्य कहिलेबाट ?
काठमाडौं । सरकारले खाना पकाउने ग्यासमा उच्च घाटा बेहोरिरहेको छ । जसका कारण अन्य पेट्रोलियम पदार्थको मूल्य बढाउँदा समेत नेपाल आयल निगमलाई उच्च घाटा छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनः एक पटक ग्यासमा दोहोरो मूल्य लागु गर्ने विषय बहसमा ल्याएको छ । मन्त्रालयका सचिव गणेश प्रसाद पाण्डेयले अर्थमन्त्रालयले सरकारले यस्तो जानकारी गराएका हुन्… Continue reading ग्यासमा दोहोरो मूल्य कहिलेबाट ?
मेयर बालेनको चुनाव खर्च ३,९४,४८९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चनाुव खर्च सार्वजनिक गरेका छन् । उनका अनुसार स्थानीय चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्र खर्च भएको छ । यसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी खर्च भएको उनले बताएका छन् । चुनावी खर्च सार्वजनिक गर्दै उनले भनेका छन्, ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो… Continue reading मेयर बालेनको चुनाव खर्च ३,९४,४८९
आन्तरिक हवाई भाडा बढ्यो,कुन गन्तब्यमा कति ? (सूचीसहित)
काठमाडौं । हवाइ सेवाप्रदायकहरुले भाडा बढाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाउने निर्णय गरेका हुन्। संघका अनुसार सबैभन्दा बढी ५५५ रुपैयाँ र न्यूनतम १७० रुपैयाँले भाडा बढेको छ। काठमाडौं–धनगढी पुग्न अधिकतम १६ हजार ८०५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ८४० रुपैयाँ भाडा बढेको हो… Continue reading आन्तरिक हवाई भाडा बढ्यो,कुन गन्तब्यमा कति ? (सूचीसहित)