काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आजबाट लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टीतेलमा २ रुपैयाँ मूल्य घटएको नेपाल आयल निगमले जनाएको छ । भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको… Continue reading घट्यो पेट्रोलियम पदार्थको मूल्य
Category: अर्थतन्त्र
सुन तस्कर सम्बन्धी प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० को प्रतिवेदनको गम्भीर अध्ययन गरी कार्यान्वयनमा लैजाने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । आचार्यले बिहीबार उपप्रधानमन्त्री… Continue reading सुन तस्कर सम्बन्धी प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्ने सरकारको निर्णय
सुन तस्करीमा पूर्वसभामुख महराको संलग्नता देखिएको ठहर, मुद्दा चलाउन सिफारिस
काठमाडौं । सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिएको छानबिन समितिले ठहर गरेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महराको संलग्नता देखिएको भन्दै मुद्दा चलाउन सिफारिस गरेको हो । बिहीबार आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत् भएको सुन तस्करीमा महराको नाम… Continue reading सुन तस्करीमा पूर्वसभामुख महराको संलग्नता देखिएको ठहर, मुद्दा चलाउन सिफारिस
धितो मूल्यांकन भन्दा कममा ऋण दिएको अभियोगमा पक्राउ १० बैंकर कुन शर्तमा भए रिहा ?
काठमाडौं । धितो मूल्यांकनभन्दा कममा ऋण दिएको भन्दै केही समयअघि पक्राउ परेका सेञ्चुरी कमर्सियल बैंक (हालका प्रभु बैंक)का तत्कालीन १० जना कर्मचारी थुनामुक्त भएका छन् । प्रहरी अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता होविन्द बोगटीका अनुसार दैनिक हाजिरी जमानीमा उनीहरूलाई थुनामुक्त गरिएको हो । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रमुख कार्यकारी अधिकृत रहेका मनोज न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी… Continue reading धितो मूल्यांकन भन्दा कममा ऋण दिएको अभियोगमा पक्राउ १० बैंकर कुन शर्तमा भए रिहा ?
चक्रपथ सुधार आयोजनाको सडकका होर्डिङ बोर्ड हटाउनु पर्ने
काठमाडौं । काठमाडौं चक्रपथ सुधार आयोजनाले सडकमा राखेको होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको छ। बिहीबार सूचना प्रकाशन गरेर स्विकृतिविना सडक सिमाभित्र होर्डिङ बोर्ड राखिएको भेटिएकोले तीन दिनभित्र हटाउन भनेको हो। ‘‘सुरु मिति २०१२ डिसेम्बर १८ र सक्नु पर्ने मिति २०१५ अप्रिल उल्लेख गरी सडक विभागको पुर्ब स्वीकृतिविना नै सडक सिमा भित्र यो काठमाडौं महानगरपालिका मातहत… Continue reading चक्रपथ सुधार आयोजनाको सडकका होर्डिङ बोर्ड हटाउनु पर्ने
आगामी वर्ष ‘शान्ती कोष’मा बजेट राखिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१–८२ को बजेटमा शान्ति कोषका लागि रकम विनियोजन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले यसबारे बिहीबार जानकारी गराएका हुन् । स्वीस राजदूत डेनिएल मेउलीसँगको भेटमा अर्थमन्त्री पुनले आगामी आवमा संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंगो लाग्ने जानकारी पनि दिए । आफू १५ वर्षभन्दा अघिदेखि नै संक्रमणकालीन न्यायसम्बन्धी काममा… Continue reading आगामी वर्ष ‘शान्ती कोष’मा बजेट राखिने
सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई बुझायो प्रतिवेदन
काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ। बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको हो । करिब ५ महिनाको छानबिनपछि आयोगले बनाएको प्रतिवेदनमा १३ अनुच्छेद र ९ अनुसूची रहेको छ । ९ वटा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको… Continue reading सुन तस्करी जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई बुझायो प्रतिवेदन
गुल्मीको रेसुङ्गा विमानस्थलमा अब साताको तीन उडान हुने
काठमाडौं । गुल्मीको रेसुंगा स्थित विमानस्थलमा अब साताको तीन उडान हुने भएकोछ । अहिले नेपाल एयरलाइन्सले सातोको दुई उडान गर्दै आएको छ । आगामी सोमबार ृचैत ५ गते देखि हप्तामा तीन पटक उडान हुने भएको हो । यस विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले हप्तामा तीन पटक उडान भर्ने सहमति भएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले… Continue reading गुल्मीको रेसुङ्गा विमानस्थलमा अब साताको तीन उडान हुने
शरतसिंह भण्डारीले श्रममा गरेका अलोकप्रिय निर्णय उल्टिने
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले अघिल्ला श्रममन्त्री शरतसिंह भण्डारीले गरेका अलोकप्रिय निर्णयमाथि पुनर्विचार गर्ने भएका छन्। यसअघि भण्डारीले गरेका कतिपय निर्णयहरू श्रमिकको हित विपरीत भएको भन्दै चौतर्फी आलोचना भएको थियो। उनले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकलाई दिइने अभिमुखीकरण तालिम शुल्क सात सय रूपैयाँबाट बढाएर २८ सय (परीक्षा शुल्क समेत) रूपैयाँ पुर्याएका… Continue reading शरतसिंह भण्डारीले श्रममा गरेका अलोकप्रिय निर्णय उल्टिने
झिनो अंकले घट्यो नेप्से, अपर तामाकोशीको शेयर मूल्यमा नेगेटिभ सकिट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ विन्दुमा झरेको हो । यसदिन ३१० कम्पनीको ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँ बराबरको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेमा ‘हाफ सेञ्चुरी’को छलाङ, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११.२४ विन्दुमा पुगेको हो । यसदिन ३०५ कम्पनीको ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँ बराबरको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको… Continue reading नेप्सेमा ‘हाफ सेञ्चुरी’को छलाङ, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
उडिरहेको जहाजका दुबै पाइलट निदाएपछि….
काठमाडौं । इन्डोनेशियाको एउटा स्थानीय वायु सेवा बटिक एअरको एक उडानका क्रममा विमानमा भएका दुवै पाइलट निदाएको घटना सार्वजनिक भएको छ । त्यसबारे छानबिन थालेको यातायात मन्त्रालयले जनाएको छ। सूलवेसीदेखि राजधानी जकार्तासम्मको उडानका क्रममा एअरबस ए३२० उडानका दुवै चालकहरू झन्डै २८ मिनेटसम्म निदाउँदा विमान छोटो समयका लागि आफ्नो बाटोबाट बाहिर गएको बताइएको छ। यद्यपि यसले… Continue reading उडिरहेको जहाजका दुबै पाइलट निदाएपछि….
सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति
काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा सोमबार भएको वार्तामा मिटरब्याज पीडितको समस्या समाधानका लागि फेरि तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गौरीबहादुर कार्की नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । तर उक्त आयोगको… Continue reading सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति
उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना गर्ने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा उक्त जानकारी दिएका हुन् । अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवम व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिने उनले बताए । कम्पनीको… Continue reading उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने
नेपाली विदेश जाँदा बाहिरियो १ खर्ब ५ अर्ब, पर्यटकबाट आम्दानी ४५ अर्ब
काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा नेपालीले विदेश भ्रमणबापत १ खर्ब ५ अर्ब रुपैयाँ खर्च गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशत बढी हो। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरणअनुसार नेपालले भ्रमण आयस्वरूप ४५ अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा ३१ अर्ब ४१ करोड… Continue reading नेपाली विदेश जाँदा बाहिरियो १ खर्ब ५ अर्ब, पर्यटकबाट आम्दानी ४५ अर्ब
उपत्यकामा घट्यो महँगी, सबैभन्दा बढी पहाडमा
काठमाडौं । चालू वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । माघमा महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा… Continue reading उपत्यकामा घट्यो महँगी, सबैभन्दा बढी पहाडमा
शोधनान्तर स्थिति २ खर्ब ९७ अर्बले बचतमा
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को सात महिनासम्म शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनानुसार शोधनान्तर स्थिति गत वर्षको तुलनामा दुई गुणाले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१२८ अर्ब ५५ करोडले बचतमा रहेको… Continue reading शोधनान्तर स्थिति २ खर्ब ९७ अर्बले बचतमा
२१ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ८ खर्ब ३९ अर्ब भित्रियो
काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आवको ७ महिना तथ्यांक अनुसार विप्रेषण आप्रवाह २१ .६प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि… Continue reading २१ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ८ खर्ब ३९ अर्ब भित्रियो
दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २१.१० अंकले बढेर २०५२.६५ बिन्दुमा पुगेको छ । यसदिन ३०४ कम्पनीको २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये एक वटा बाहेक अरु सबै समूहको परिसूचक बढेको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
सुनको मूल्यमा दिनदिनै रेकर्ड, तोलाको १ लाख २६ हजार पुग्यो
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज थप १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख २६ हजार रूपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मै उच्च मूल्य हो । शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रूपैयाँमा… Continue reading सुनको मूल्यमा दिनदिनै रेकर्ड, तोलाको १ लाख २६ हजार पुग्यो
ब्रिटिश प्रधानमन्त्रीकी सासु भारतमा बनिन् सांसद
काठमाडौं । ब्रिटिश प्रधानमन्त्री ऋषि सुनककी सासूलाई भारतीय संसद्को माथिल्लो सदनकी सदस्यका रूपमा मनोनयन गरिएको छ। त्रिहत्तर वर्षीया सुधा मूर्तिले प्रविधि कम्पनी इन्फोसिसका सह-संस्थापक तथा अर्बपति एनआर नारायण मूर्तिसँग बिहे गरेकी थिइन्। उनकी छोरी अक्षताले सुनकसँग सन् २००९ मा बिहे गरेकी हुन्। सुनक सन् २०२२ देखि ब्रिटेनका प्रधानमन्त्री छन्। भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा अधिकांश… Continue reading ब्रिटिश प्रधानमन्त्रीकी सासु भारतमा बनिन् सांसद
भारतीय पर्यटकले नेपालमा अब क्यूआर मार्फत भुक्तानी दिन सक्ने
काठमाडौं । अब नेपालमा आउने भारतीयहरुले क्यूआर भुक्तानी गर्न पाउने भएका छन् । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरुले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका हुन् । भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया (यूपीसीआई) अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा दिने कम्पनी एनआईपीएल र नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले शुक्रबार युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत नेपाल–भारत क्रसबोर्डर… Continue reading भारतीय पर्यटकले नेपालमा अब क्यूआर मार्फत भुक्तानी दिन सक्ने
ऋण तिर्दैनौं भन्नेलाई छूट नदिने अर्थमन्त्रीको चेतावनी
काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । बधाई तथा शुभकामना दिन बिहीबार सिंहदरबार पुगेका नेपाल बैंकर्स संघका पदाधिकारीसँगको भेटमा मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने… Continue reading ऋण तिर्दैनौं भन्नेलाई छूट नदिने अर्थमन्त्रीको चेतावनी
दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब १९ करोडको कारोबार
काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५ बिन्दुमा पुगेको छ । यसदिन ३०९ कम्पनीको ४ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये तीनवटा बाहेक अरु सबै समूहको परिसूचक बढेको छ ।
सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख २५ हजार
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन प्रतितोला १५ सयले बढेर प्रतितोला १ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख २३ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको… Continue reading सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख २५ हजार
हवाई नीति संशोधन हुने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पदभार ग्रहण गरेका छन् । बुधबार सिंहदरवारस्थित मन्त्रालयमा पुगेर उनलेले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै पर्यटनमन्त्री तामाङले हवाई नीति २०६३ संशोधन गर्न सुझाव दिनका लागि सम्बन्धित महाशाखा प्रमुख एवम् सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । हवाई… Continue reading हवाई नीति संशोधन हुने
अन्तर-देशीय प्रसारण लाइन फास्ट-ट्रयाकमा अगाडि बढाउने एमसीएको निर्णय
काठमाडौं मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले १८ किलोमिटर लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डको काम फास्टट्रयाकमा अगाडि बढाउने निर्णय गरेको छ । एमसीए–नेपाल सञ्चालक समितिको २१ फागुनमा बसेको ४०औं बैठकले यस्तो निर्णय गरेको हो । यसअघि एमसीए नेपालअन्तर्गतको ३ सय १५ किलोमिटर लामो प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माणको तयारी गरिएको थियो । तर,… Continue reading अन्तर-देशीय प्रसारण लाइन फास्ट-ट्रयाकमा अगाडि बढाउने एमसीएको निर्णय
झिनो अंकले बढ्यो नेप्से
काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ बिन्दुमा पुगेको छ । यसदिन ३०८ कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० समूहको परिसूचकमा हरियाली छाएको छ भने ३ को घटेको छ… Continue reading झिनो अंकले बढ्यो नेप्से
सस्तियो नेपाल टेलिकमको डेटा रोमिङ सेवा
काठमाडौं । नेपाल टेलिकमले विदेशमा आफ्नो सिम प्रयोग गर्ने प्रयोगकर्ताका लागि पहिलेभन्दा सस्तो दरमा डेटा रोमिङ सेवा उपलब्ध गराएको छ । यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ता (आउटबाउन्ड रोमर)हरूले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डेटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरूसँग गरिएको सम्झौताअनुसार उक्त महसुल दरमा भारी… Continue reading सस्तियो नेपाल टेलिकमको डेटा रोमिङ सेवा
उत्तर-दक्षिण सडक आयोजनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुखहरू र मन्त्रालयका सहसचिवहरू बोलाएर छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवका उत्तर–दक्षिण सडक कोरिडोर आयोजनाहरूको आफूले… Continue reading उत्तर-दक्षिण सडक आयोजनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ